विशेष

ज्ञानोदय माविद्धारा भारतीय भूपू सैनिक सम्मान

म्याग्दी, २७ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयले समाजमा महत्वपूर्ण योगदान पु¥याएका भारतीय भूपू सैनिकहरुलाई सम्मान गरिएको छ । विद्यालयले शुक्रवार आयोजना गरेको सेवानिवृत्त भारतीय सैनिकहरुसंगको अन्तरक्रिया कार्यक्रममा उहाँहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद सुवेदी, प्रअ बिजय शर्मा लगायत विद्यालय व्यवस्थापन... पुरा पढ्नुहोस

राहुघाट–बेगखोला खण्डको बैकल्पिक सडक मर्मत गर्न भौतिक मन्त्री जुग्जालीको निर्देशन

बेनी, २५ साउन । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिकाको राहुघाट देखि बेगखोला खण्डको बैकल्पिक सडक मर्मत गरिने भएको छ । रघुगंगा गाउँपालिका–२ बैसरी अधेरीखोला क्षेत्रमा निरन्तरको पहिरोका कारण आइतबारदेखि अवरुद्ध बेनी–जोमसोम सडकमा यातायात सञ्चालन सहज बनाउन पहिरो नियन्त्रणका साथै वैकल्पिक सडक मर्मतको काम अघि बढाइएको... पुरा पढ्नुहोस

थामडाँडा सामुदायिक वनलाई उत्कृष्ट सामुदायिक वनको राष्ट्रिय पुरस्कार

बेनी २६ साउन । म्याग्दीको बेनी नगरपालिका–४ थामडाँडामा रहेको थामडाँडा सामुदायिक वन देशभरमै उत्कृष्ट सामुदायिक वनहरुमा दोस्रो हुन सफल भएको छ । सामुदायिक वन दिवस २०८० को अवसरमा वन तथा भू–संरक्षण विभागले थामडाँडा सामुदायिक वनलाई देशभरमा उत्कृष्टहरुमध्ये दोस्रो भएकोमा नगद रु ७५ हजार र प्रमाणपत्रद्धारा पुरस्कृत गरेको हो ।  ... पुरा पढ्नुहोस

ब्यवस्थित बन्दै कालीपुल बसपार्क

  म्याग्दी, २५ साउन । सदरमुकाम बेनी स्थित कालीपुल बसपार्क पछिल्लो समय सरसफाई र भौतिक पूर्वाधारले ब्यवस्थित र चिटिक्क बन्दै गएको छ । अब्यवस्थित संरचना हटाएर आवश्यक संरचना निर्माणसंगै सरसफाई गर्ने कर्मचारी राखेपछि कालीपुल बसपार्क सफा र ब्यवस्थित बन्न थालेको हो । देशका विभिन्न ठाउँबाट सवारीसाधन आवातजावात गर्र्ने कालीपुल बसपार्क... पुरा पढ्नुहोस

बैकल्पिक सडक उपेक्षामा, पहिरोमा जोखिम मोलेर वारपार

कमल खत्री बेनी, २५ साउन: बेनी–जोमसोम सडकखण्ड अन्तरगत रघुगंगा गाउँपालिका–२ बैसरीमा गुडीरहेको बोलेरो जीपमाथि पहिरो खस्दा चालक गम्भिर घाईते हुनुभयो । बुधबार साँझ करिब ६स् १० बजेको समयमा ग १ ज ६८२० नम्वरको बोलेरो जीपमाथि खसेको ढुङ्गा लाग्दा जीप चालक ४० बर्षिय लुकजन शेरपुजा घाइते हुनुभयो । बेनी अस्पतालमा प्राथमिक... पुरा पढ्नुहोस

घारमा जीप र्दुघटना, घारखोला जलविद्युतका लेखापाल घाईते, हेलिकप्टरमार्फत पोखरा

  म्याग्दी, २५ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ घारमा जीप दुर्घटना भएको छ। घारखोला जलविद्युत आयोजना ९१४।२मेगावाट० को बा १८ च ८५९० नम्वरको बोलेरो जीप दर्घटना हुदाँ आयोजनाका लेखापाल शुरेश पराजुली गम्भिर घाईते भएका छन् । आयोजनाको पोखरबगरेस्थित कार्यालयबाट सोही वडाको अमिलाकाफलस्थित आउटलेटमा जानेक्रममा घुम्तीमा गाडी घुमाउन खोज्दा ब्रेक... पुरा पढ्नुहोस

म्याग्दीका छ हजार बढी घरधुरीमा खानेपानीको पहुँच विस्तार

बेनी, २५ साउन : म्याग्दीका छ हजार बढी घरधुरीमा खानेपानीको पहुँच विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयले जिल्लामा सञ्चालन गरेका खानेपानी आयोजनाहरुबाट छ हजार २२५ घरधुरीमा खानेपानीको पहुँच पुगेको हो । जिल्लामा कार्यालय स्थापना भएको छ बर्षको अवधिमा सञ्चालित खानेपानी आयोजनाहरुबाट ६ हजार २२५ घरधुरीका... पुरा पढ्नुहोस

बैसरीको पहिरोबाट खसेको ढुङ्गा लागेर चालक घाईते

  म्याग्दी २४ साउन । बेनी–जोमसोम सडकखण्ड अन्तरगत बैसरीमा गएको पहिरोबाट खसेको ढुङ्गा लागेर एक जना सवारी चालक घाईते भएका छन् । रघुगंगा गाउँपालिका– २ बैसरीमा गुडिरहेको बोलेरो जीपमा खसेको ढुङ्गा लाग्दा जीप चालक अन्नपूर्ण गाउँपालिका– ७ महभिरका ४० बर्षिय लोक्चन गर्वुजा घाईते भएका छन् । बेनीबाट अन्नपूर्ण गाउँपालिका –... पुरा पढ्नुहोस

बेनीमा तिज गित प्रतियोगिता हुने

  म्याग्दी, २४ साउन । राष्ट्रिय संगीतकर्मी संघ, म्याग्दीले महिलाहरुको पर्व हरितालिका तिजको अवसरमा बेनीमा खुल्ला तिज गित प्रतियोगिता आयोजना गरेको छ। आगामी भदौ २९ गते जिल्ला समन्वय समितिको सभाहलमा हुने कार्यक्रममा महिला अधिकार, बाल विवाह न्युनीकरण तथा समसामयिक विषयमा आधारित जिल्लास्तरिय खुल्ला तिज गित प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष... पुरा पढ्नुहोस

मालपोत कार्यालय म्याग्दीको राजस्व संकलन घट्यो

  म्याग्दी, २४ साउन । जिल्ला मालपोत कार्यालय म्याग्दीको घरजग्गाको कारोबारबाट एक वर्षको अवधिमा रु. चार करोड ६८ लाख राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा रु. चार करोड ६८ लाख २१ हजार दुई राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । मालपोत कार्यालय म्याग्दीका निमित्त प्रमुख कलादेवी शर्मा... पुरा पढ्नुहोस