मुस्ताङको बोक्सी खोलामा हिम पहिरो खस्यो
- ७ भाद्र २०८१, शुक्रबार
- 1649 पटक पढिएको
मुस्ताङको थासाङ गाउँपालिका २ बोक्सी खोलामा हिमपहिरो खसेको छ। कोवाङमाथि धौलागिरी आइसफल नजिकै हिमपहिरो खसेको हो।
हिमपहिरोले पुरिएर बोक्सीखोला थुनिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए। दुई घण्टा पहिले बोक्सेखोला थुनिएपछि निरीक्षणमा पुग्दा हिमपहिरो खसेको फेला परेको उनको भनाइ छ।
‘तल खोला बन्द भाको कारणले के कारणले बन्द भयो भनेर आउँदा माथि हिमपहिरो खसेको रहेछ’, पहिरोस्थल नजिकै पुगेका उनले भने। हिमपहिरो खसेकै ठाउँमा भने पुग्न नसकेको उनले सुनाए।
हिमपहिरो खसेपछि बोक्सी खोलाको तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी पन्तले बताए।