बेनी–जोमसोम सडकको सिरूबारी पहिरोमा खसेको ढुंगाले बसमा लाग्दा दुईजना घाईते
- ४ भाद्र २०८१, मंगलवार
- 2954 पटक पढिएको
म्याग्दी, ४ भदौ । बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ सिरुबारीमा मंगलबार दिउँसो पहिरोबाट खसेको ढुङ्गाले बस च्यापिदा २ जना यात्रु घाइते भएका छन् । पोखरा देखि बेनी हुदै जोमसोम तर्फ जादै गरेको ग १ ख ७७१७ नम्बरको बस गुडिरहेको अवस्थामा कुना तर्फबाट ठूलो ढुङ्गा खसेर च्यापिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
घाइते बेनी नगरपालिका–४ सिंगाकी २१ वर्षीया पुजा खड्का र गुल्मीको इस्मा गाउँपालिका–२ की ३१ वर्षीया मिना नेपालीलाई उद्धार गरेर उपचारका लागि बेनी अस्पतालमा ल्याईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सूचना अधिकारी राजन रायमाझीले बताउनुभयो । यो स्थान पहिराका कारण जोखिम छ । करिब १५० मिटर दुरीको सडकमा माथिबाट पहिरो खसिरहने समस्या छ । पहिराेमा बस ढुंगाले च्यापिएपछि यात्रुहरूले भागदाैड गरेर निस्कीएका थिए ।
तस्बिर राजु राम्जाली