विशेष

माओवादी रूपान्तरण अभियान: डाँडागाउँमा श्रमदान गरेर सडक मर्मत

म्याग्दीको मालिका गाउँपालिका–३, डाँडागाउँमा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले श्रमदान गरी सडक मर्मत गरेका छन् । जनतासँग माओवादी रूपान्तरण अभियान कार्यक्रमअन्तर्गत वर्षातका कारण अवरुद्ध सडक खुलाउन शनिबार र आइतबार श्रमदान गरेका हुन् । अधिभारादेखि वडा कार्यालय रहेको किटिनी जोड्ने सडक स्थानीयवासी, जनप्रतिनिधि र माओवादी पार्टीका कार्यकर्ताको सहभागितामा मर्मत गर्न श्रमदान... पुरा पढ्नुहोस

राहुघाट जलविद्युत् आयोजना १४ वर्षमा ६० प्रतिशत भौतिक प्रगति

म्याग्दी ७ असोज। नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण सुरु भएको १४ वर्षमा ६० प्रतिशत काम सकिएको छ । भारतीय आयात निर्यात ९एक्जीम० बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारकोे संयुक्त लगानीमा विसं २०६६ मा सो आयोजना निर्माण सुरु भएको थियो... पुरा पढ्नुहोस

 विकास निर्माणको कामलाई प्रभावकारी बनाउन माग 

म्याग्दी, ७ असोज । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७, विममा शनिवार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालय विमको आयोजनामा गएको आर्थिक वर्षको वार्षिक समीक्षासहित विकास निर्माणलगायत योजना तथा कार्यक्रममाथि सार्वजनिक सुनुवाइ गरिएको हो । सार्वजनिक सुनुवाइमा वडा सचिव नवीन पुनले गत आव २०७९/०८० मा वडा कार्यालयबाट सम्पादित काम... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालिकामा पर्यटन पूर्वाधार निर्माणमा पाँच करोड बजेट परिचालन हुँदै

म्याग्दी ७ असोज । अन्नपूर्ण गाउँपालिकामा पर्यटनसम्बन्धी योजना तथा कार्यक्रमका लागि चालु आर्थिक वर्ष २०८०\८१ मा पाँच करोड रुपैयाँ विनियोजन गरिएको छ । पर्यटन पूर्वाधार निर्माण, प्रचार–प्रसार र प्रवर्द्धनका लागि सो बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । पर्यटक आगमन बढाउन पूर्वाधार निर्माण र प्रवर्द्धनका लागि चालु आर्थिक वर्षमा गाउँपालिका,... पुरा पढ्नुहोस

घरपझोङमा प्रथम कृषि तथा पर्यटन महोत्सव हुने

सुशीलबाबु थकाली मुस्ताङ, ७ असोज ।  मुस्ताङको घरपझोङ गाउँपालिकाले यहिँ आउदो असोज १८, १९ र २० गते प्रथम कृषि तथा पर्यटन महोत्सवको आयोजना गर्ने भएको छ । स्थानीय कला, संस्कृति, भेषभुषा, धर्म, परम्परा, इतिहास, चालचलन र रहनसहन सहतिको तीन दिने महोत्सवको ओजना गर्न लागेको आयोजकले बताएको छ । मुस्ताङ जिल्लाको... पुरा पढ्नुहोस

प्रधानमन्त्रीको चीन भ्रमण : कोरला नाका खुलाउन मुस्ताङीको माग

कमल खत्री बेनी, ६ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक साता लामो चीन भ्रममा निस्किएपछि कोरला नाका सूचारु गराउने बिषय पुनः चर्चामा आएको छ । चीनको स्वशासित क्षेत्र तिब्बत र उपल्लो मुस्ताङको सीमाना ‘कोरला नाका’ सञ्चालन गर्ने दुई देशबीचको तयारीले मुर्तरुप लिन नसकिरहेको सन्दर्भमा प्रधानमन्त्रीको चीन भ्रमणले स्थानीयवासीमा नाका... पुरा पढ्नुहोस

म्याग्दीका सर्वोत्कृष्ट विद्यार्थीलाई स्टुडेण्ट भाइसको सम्मान

म्याग्दी, ६ असोज । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा तथा भाषा शिक्षण प्रदान गर्दै आइरहेको स्टुडेण्ट भाइस र सामाजिक संस्था रेखा मेमोरियल ट्रष्टले म्याग्दी जिल्लाबाट माध्यामिक शिक्षा परीक्षा (एसइइ) का सर्वोत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ ।शनिबार म्याग्दी सामुदायिक पुस्तकालयमा एसइइमा ४ जिपिए ल्याउने प्रकाश माविका... पुरा पढ्नुहोस

युवा पत्रकारिता पुरस्कारबाट बास्कुने सम्मानित

  बेनी, ६ असोज। प्रेस काउन्सिल नेपालले युवा पत्रकारिता पुरस्कारबाट म्याग्दीका क्रियाशिल पत्रकार अमृतप्रसाद पौडेल (बास्कुने)लाई सम्मान गरेको छ । पत्रकारितामार्फत राष्ट्रलाई योगदान पुर्‍याउन सफल पौडेललाई प्रेस काउन्सिलले नगद १० हजारसहित सम्मानपत्रले सम्मान गरेको हो । प्रेस काउन्सिल नेपालको ५४ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, सञ्चारमन्त्री रेखा शर्मा र... पुरा पढ्नुहोस

हेम्जामा माओवादीको म्याग्दी–पोखरा सम्पर्क मञ्चको इकाई

हेम्जा,६असोज । पोखरा महानगरपालिका–२५ हेम्जामा नेकपा माओवादी केन्द्रको म्याग्दी पोखरा सम्पर्क समिति अन्तरगत इकाई कमिटि गठन भएको छ । नेकपा माओवादी केन्द्रको म्याग्दी–पोखरा सम्पर्क समितिले शुक्रबार हेम्जाको सुइखेतमा आयोजना गरेको भेला तथा अन्तरक्रियापछि रणबहादुर श्रीपालीको अध्यक्षतामा ३१ सदस्यीय कमिटि गठन भएको हो ।    दिलकुमारी हर्मेल उपाध्यक्ष, अबिर बिक सचिव... पुरा पढ्नुहोस

मोना अस्ट्रेलियाद्वारा फोटो प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

  म्याग्दी, ५ असोज । प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना ) अष्ट्रेलियाको आयोजनामा ‘नदेखिएको म्याग्दी ’नामक फोटो प्रदर्शनी ,अन्तरक्रिया ,पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी जेसीजको समन्वयमा भएको कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले गर्नुभएको थियो । कार्यक्रममा फोटो... पुरा पढ्नुहोस