विशेष

बेनीको बजार बढ्यो तर व्यापार खस्कियो

म्याग्दी, ४ भदौ । कुनै समय ग्राहकको चापले खाना खाने समय नपाउने बेनी नगरपलिका–७ शान्तिटोलका व्यापारी भद्रबहादुर केसी अहिले फुर्सदिला छन् । विसं २०५० मा पर्वतको धादिङबाट बसाइँ सराइ गरेर आएका केसी पछिल्लो समय बेनीमा खुद्रा व्यापार खस्किँदै गएको अनुभव सुनाउँछन् । “बेनीमा केही सरकारी अड्डा र थोरै मात्र घर... पुरा पढ्नुहोस

वडा सदस्य कार्कीको निधन

बेनी, ४ भदौ । बेनी नगरपालिका वडानम्वर २ का वडा सदस्य कृष्णबहादुर कार्कीको निधन भएको छ । नेकपा माओवादी केन्द्रबाट वडासदस्यमा निर्वाचित कार्कीको उपचारको क्रममा पोखरामा निधन भएको हो । ज्यामरुककोटका बिकास निर्माण, लामो समय स्थानीय सामुदायिक विद्यालयको ब्यवस्थापन समितिको नेतृत्व गर्नुभएका कार्की शालिन स्वभाव र सहयोगी हुनुहुन्थ्यो। उहाँ नेकपा... पुरा पढ्नुहोस

निर्वाचनको तयारीमा जुटे म्याग्दीका दल

म्याग्दी ३ भदाै । म्याग्दीका राजनीतिक दलहरूले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारी थालेका छन् । चुनावको तयारीका लागि कार्यकर्ता र मतदाताको अपेक्षा बुझ्नका लागि नेताहरू गाउँ पसेका हुन् । गत वैशाखमा भएको स्थानीय तह चुनावपछि सुस्ताएको राजनीतिक गतिविधि बढ्न थालेको छ । प्रशिक्षण र... पुरा पढ्नुहोस

धवलागिरिमा मेला महोत्सवलाई व्यवस्थित बनाईने

म्याग्दी ३ भदौ । म्याग्दीको धवलागिरि गाउँपालिकाले स्थानीय स्तरमा आयोजना हुने मेला पर्व र महोत्सवहरुलाई व्यवस्थित बनाउन पहल थालेको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले विहिवार जनप्रतिनिधि र पालिकाभित्र रहेका युवा क्लबहरुबिच अन्तरक्रिया कार्यक्रम गरि मेला महोत्सवलाई व्यवस्थित बनाउने कार्यको थालनी गरेको हो । कार्यक्रममा गाउँपालिकाभित्र युवा क्लबहरुले... पुरा पढ्नुहोस

श्रीकृष्ण जन्माष्टमी पर्वमा ‘राधाकृष्ण’ को रथयात्रा

म्याग्दी, ३ भदौ । श्रीकृष्णको जन्माष्टमीको पर्वको अवसरमा बेनीमा ‘राधाकृष्ण’को रथयात्रा गरिएको छ । लिटल गार्डेन एकडेमीले शुक्रबार विहान बेनी बजारमा राधाकृष्णको रथयात्रा निकाले छ। श्रीकृष्णको बाल्यकालको अवस्थालाई चित्रण गर्दै लिटल गार्डेन एकेडमीले अध्ययनरत स–साना बालबालिकालाई राधा कृष्ण बनाएर भजनकृतनसहित बजारमा रथयात्रा गरेका छन् । आजका दिन भगवान् श्रीकृष्णको पूजा–आराधना,... पुरा पढ्नुहोस

श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

म्याग्दी, ३ भदौ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजन कीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ ।... पुरा पढ्नुहोस

मानिसकै लापबाहीका कारण बढ्दैछ प्राकृतिक विपत्ति

म्याग्दी २ भदाै । हिमाली जिल्ला म्याग्दीमा मानवीय लापबाहीका कारण प्राकृतिक विपत्ति बढ्दै जान थालेको छ । यस वर्षको बर्खा याममा प्राकृतिक विपत्तिमा परेर एकै परिवारका पाँचजनाको ज्यान गयो । भारी वर्षाले ग्रामीण क्षेत्र जोड्ने सडक अवरुद्ध हुँदा जनजीवन अस्तव्यस्त भएको छ । भोगौलिक बनावट कमजोर रहेको जिल्लाका विभिन्न भागमा... पुरा पढ्नुहोस

गुरुङलाई महासचिव बनाउने प्रस्ताव, पुन र शर्मालाई उपमहासचिवमा व्यवस्थापन

  नेकपा माओवादी केन्द्रका दुई नेता जनार्दन शर्मा र वर्षमान पुनबीचको प्रतिस्पर्धाबाट अध्यक्षपछिको शक्तिशाली पद महासचिवमा अर्का नेता देव गुरुङले बाजी मार्ने भएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार साँझ बस्ने स्थायी कमिटी बैठकमा पदाधिकारीको प्रस्ताव गर्दा विभिन्न विकल्पहरुमध्ये नेता गुरुङलाई महासचिवको प्रस्ताव गर्नसक्ने नेताहरुले बताएका छन् ।... पुरा पढ्नुहोस

कांग्रेस म्याग्दीको पालिकास्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण सुरु

म्याग्दी २ भदौ । नेपाली कांग्रेस म्याग्दीले बुधवार देखि पालिकास्तरीय कार्यकता भेटघाट, अन्तक्रिया तथा प्रशिक्षण सुरु गरेको छ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि लक्षित नेपाली कांग्रेसको पहिलो चरणको पालिका स्तरीय अभियान सुरु भएको हो । अभियान अन्तरगत बुधबार रघुगंगा गाउँपालिकास्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।... पुरा पढ्नुहोस

समुदायको रु १ करोड ६० लाख लगानीमा खोप्रा–खयर पदमार्ग निर्माण (फोटो फिचर)

कमल खत्री बेनी, १ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका स्थानीयबासीको अगुवाईमा समुदायको रु साढे १ करोड बढी लगानीमा खोप्रा–खयरलेक पदमार्ग निर्माण भएको छ । अन्नपूर्ण–धौलागिरी सामुदायिक पदमार्गले समेटिएको पाउद्धार–खोप्रा हुँदै खयरलेक सम्मको दुई दिनको पदयात्राको बाटोमा पदमार्ग, चौतारा, खानेपानी र थान पुननिर्माणमा सहयोगदाताहरुमार्फत रु १ करोड ६० लाख बढी... पुरा पढ्नुहोस