अन्नपूर्णको फुर्केरुख खर्कमा चट्याङ लागेर ३९ भेडा–बाख्रा मरे

  • ९ असार २०८०, शनिबार
  • 357 पटक पढिएको

 

म्याग्दी, ९ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,फुर्केरुख खर्कमा चट्याङ लागेर ३९ भेडा –बाख्रा मरेका छन् । अन्नपूर्ण–३, ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा–बाख्रा मरेका हुन् ।

अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले आज बिहान १ बजेतिर परेको चट्याङले लागेर ३९ भेडा–बाख्रा मरेको जानकारी दिनुभयो । उहाँले घटनास्थलमा आउदाँ खसी, थुमा र बाख्रासहित ३९ वटा भेडाबाख्रा मरेको भेटिएको बताउनुभयो ।


विहानै कृषकले भेडा मरेको जानकारी गराएपछि जनप्रतिनिधि, दानाका प्रहरी चौकीका प्रतिनिधि, प्राबिधिक र स्थानीबासीहरु घटनास्थलमा पुगेको थियो । वडा नम्बर ४ का वडा सदस्य श्याम पुर्जाले चरनका लागि लेकमा लगेका भेडा खर्कमा बास बसेको ठाउँमा चट्याङ पर्दा गोठाला पनि सामान्य घाइते भएको जानकारी दिनुभयो ।
पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले चट्याङले करिब ११ लाख रुपैयाँको पशुधनको क्षति भएको प्रारम्भिक अनुमान भएको बताउनुभयो ।