विशेष

पर्वत र म्याग्दीका न्यायीक समितिलाई क्षमता अभिवृद्धि सम्वन्धी अन्तरक्रिया

  म्याग्दी, १५ असार । पर्वत र म्याग्दीका स्थानीय तहका न्यायीक समितिलाई क्षमता अभिवृद्धि सम्वन्धी अन्तरक्रिया गरिएको छ। मुख्य न्यायाधिबक्ताको कार्यालय गण्डकी प्रदेशको आयोजनामा शुक्रबार बेनीमा सहभागि भएका दुई जिल्लाका न्यायीक समितिलाई कानुन अनुसार जनतालाई सहज रुपमा न्याय उपलब्ध गराउने तरिकाबारे जानकारी गराईएको हो । अन्तरक्रिया कार्यक्रममा उच्च अदालत पोखरा... पुरा पढ्नुहोस

म्याग्दीमा करिब १२ प्रतिशत धान रोपाइँ, पानी परेपछी कृषकमा उत्साह

बेनी, १५ असार : समयमै प्रयाप्त बर्षा नभएको कारण म्याग्दीमा धान रोपाइँ प्रभावित बनेको छ । असार महिनाको सुरुवात संगै म्याग्दीका कृषकहरु धान रोपाइको चटारोमा जुटेपनि प्रयाप्त बर्षा नभएको कारण मध्य असार सम्म जम्मा करिब १२ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । मध्य असारदेखि नियमित पानी पर्न थालेपछि कृषकहरु... पुरा पढ्नुहोस

तरुण दलको केन्द्रीय सदस्यमा म्याग्दीका चार जना मनोनित

म्याग्दी १४ असार । नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलको केन्द्रीय सदस्यमा म्याग्दीका चार जना मनोनित हुनुभएको छ । तरुण दलका अध्यक्ष विद्धान गुरुङको अध्यक्षतामा गठित तरुण दलको केन्द्रीय सदस्यहरु पार्टी सभापति शेरबहादुर देउवाले मनोनयन गर्नुभएको हो । म्याग्दीबाट शिब केसी, मुकुन्द छन्त्याल, विक्रम बोगटी र सुमन श्रेष्ठ तरुण... पुरा पढ्नुहोस

पुलाचौरको फाँटमा धान रोपाइँ (तस्विर )

म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको फाँटमा धान रोपाइँ गर्दै गरेका स्थानीय बासिन्दा । पर्याप्त वर्षा नभएको कारण जिल्लामा पानीको सिँचाइ सुविधा भएका ठाउँमा मात्रै धान रोपाइँ भएको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

जलजलाको गाउँसभा : एमालेबाट निर्वाचित बहुमत कार्यपालिका सदस्यहरुको असन्तुष्टि

म्याग्दी १४ असार । पर्वतको जलजला गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरुले गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेटमा असहमती जनाएका छन् । गाउँपालिकाको नेतृत्वले एकलौटी रुपमा नीति तथा कार्यक्रम र बजेट तयार गरेको र कार्यपालिकाबाट स्विकृत गराएर सभामा पेश गर्नुपर्नेमा विधि मिचेको आरोप लगाउँदै गत असार १० गतेको गाउँसभामा एमालेबाट... पुरा पढ्नुहोस

म्याग्दीमा ‘लम्पी स्किन’ तीव्र रुपमा फैलियो

  म्याग्दी, १४ असार । म्याग्दीमा ‘लम्पी स्किन’ बाट एक हजार ६६९ गाईगोरु र भैसी बिरामी परेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु सेवा प्राविधिक गणेश रिजालले जिल्लाका ६ वटै स्थानीय तहमा लम्पी स्किन फैलिएको बताउनुभयो । ‘गाई, गोरु, बाच्छा र बाच्छीमा देखिएको यो रोग पछिल्लो... पुरा पढ्नुहोस

गण्डकी प्रदेशबाट उत्कृष्ट कृर्षि सम्मानका लागि बेनीका ढुंगाना छनौट

बेनी, १३ असार । बेनी नगरपालिका–७ कुरिलाखर्कका सुरेश ढुंगाना गण्डकी प्रदेशबाट उत्कृष्ट कृर्षि पुरस्कारबाट सम्मानित हुने भएका छन् । म्याग्दीका अगुवा कृषक ढुंगाना गण्डकी प्रदेश कृषि तथा भुमी ब्यवस्था मन्त्रालयबाट सार्वजनिक भएको उत्कृष्ट कृर्षि सम्मानको सूचिमा समावेश हुनुभएको हो । एक दशक खाडीमुलका विभिन्न देशमा विताएर स्वदेश फकिएपछि बि.स २०७०... पुरा पढ्नुहोस

सिँचाइ र पर्यटनका योजनामा म्याग्दीलाई उपेक्षा गरिएकोमा सांसद भण्डारीद्धारा ध्यानकर्षण

बेनी, १३ असार । पर्यटकीय र कृषि खेतिमा सम्भावनायुक्त म्याग्दी जिल्लामा सिँचाई र पर्यटन मन्त्रालयको योजनामा उपेक्षा गरिएकोमा गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारीले ध्यानकर्षण गराउनुभएको छ । गण्डकी प्रदेश सरकारले संसदमा पेश गरेको बजेटमाथिको छलफलका क्रममा सिँचाई र पर्यटन मन्त्रालयका योजनाहरुमाथिको छलफलमा भाग लिँदै बुधवार प्रदेश सभा सदस्य भण्डारीले असन्तुष्टि... पुरा पढ्नुहोस

कृषकलाई अनुदानमा कृषि प्रविधि वितरण

  म्याग्दी, १३ असार । अन्नपूर्ण गाउँपालिकाले अगुवा कृषकलाई र समूहलाई अनुदानमा हाते ट्याक्टर र सुन्तला टिप्ने भ¥याङ लगायतका प्रविधिहरु वितरण गरेको छ। बुधबार पालिकाले पोखरेबगरमा ब्यवसायीक रुपमा कृषि खेती गर्दै कृषकहरूलाई आधुनिक कृषि प्रणालीमा अघि बढाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा प्रविधिहरु वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो... पुरा पढ्नुहोस

कित्ताकाट खुलाउनका लागि बेनीमा जग्गा वर्गीकरण सम्पन्न

  म्याग्दी, १३ असार । बेनी नगरपालिकाले आगामी आर्थिक बर्षदेखि कित्ता काट खुलाउने गरी नगरभित्रको जग्गा वर्गीकरण सम्पन्न गरेको छ। आगामी आर्थिक बर्षदेखि कार्यान्वयनमा ल्याउने गरी जग्गा वर्गीकरणलाई कार्यापालिकाबाट निर्णय गरेर १३ औँ नगरसभाबाट अनुमोदन भएको नगरप्रमुख सुरत केसीले बताउनुभयो । नगरप्रमुख केसीका अनुसार, अनुमोदन गरेको जग्गा वर्गीकरण सहितको निर्णयलाई... पुरा पढ्नुहोस