मुक्तिधाम माविद्वारा एसइईमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान

  • २७ श्रावण २०८०, शनिबार
  • 431 पटक पढिएको

 

म्याग्दी, २७ साउन । रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा रहेको मुक्तिधाम माविले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालयले शुक्रबार सम्मान कार्यक्रम आयोजना गरी विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

एसइईमा सहभागि भएर ३.७६ जिपिए ल्याउने आस्था कार्कीलाई १० हजार, ३.५१ जिपिए ल्याउने सज्जन शर्मा, ३.४८ जिपिए ल्याउने दिप्सन भण्डारी र २.४० जिपिए ल्याउने रजनी सुनारलाई ५/५ हजार रुपैयाँले दरले सम्मान गरिएको थियो ।


उतकृष्ट जिपिए ल्याउने विद्यार्थीहरुलाई विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नरसिङ खत्री, पूर्व अध्यक्ष देवेन्द्रबहादुर मल्ल, प्रअ टेकबहादुर केसी र सदस्य भेषबहादुर भण्डारीले सयुक्त रुपमा नगदसहित सम्मान गर्नुभएको थियो ।

साथै गत शुक्रबार सम्पन्न निबन्ध लेखन प्रतियोगितामा प्रथम दितिय र तृतीय स्थान हासिल गर्ने आधारभूत तह र माध्यमिक तहका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

विद्यालयका भुपु विद्यार्थी रघुगंगा ३ पिप्ले हाल काठमाडौँ निवासी कमल कुमार शाहीले उपलब्ध गराउनुभएको २५ हजार रुपैयाँलाई एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई वितरण गरिएको प्रअ टेकबहादुर केसीले जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यालयबाट सरुवा भई जानु भएका शिक्षक लुक बहादुर घर्ती र कृषि प्रशिक्षक शिव आचार्यालाई विदाई र नयाँ शिक्षकको रुपमा आउनुभएका मेगा रिजाल र चन्द्रा विकलाई सम्मान गर्दै विदाई र स्वागत गरिएको थियो ।

सहायक प्रअ भगवान खत्रीको स्वागत र शिक्षक विष्णुप्रसाद रेग्मीको संचालनमा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष खत्री, प्रअ केसी, शिक्षक लुक घर्ती र उत्कृष्ट जिपिए ल्याउने सन्ध्या कार्कीले मन्तव्य राख्नुभएको थियो ।

कृषि प्राविधिक विषय अध्यापन हुने यस विद्यालयमा करिव चारसय विद्यार्थीहरु अध्ययनरत छन् ।