ज्ञानोदय माविद्धारा भारतीय भूपू सैनिक सम्मान

  • २६ श्रावण २०८०, शुक्रबार
  • 313 पटक पढिएको

म्याग्दी, २७ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयले समाजमा महत्वपूर्ण योगदान पु¥याएका भारतीय भूपू सैनिकहरुलाई सम्मान गरिएको छ । विद्यालयले शुक्रवार आयोजना गरेको सेवानिवृत्त भारतीय सैनिकहरुसंगको अन्तरक्रिया कार्यक्रममा उहाँहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद सुवेदी, प्रअ बिजय शर्मा लगायत विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुले मौवाफाँटमा रहनुभएका भुपु भारतीय सैनिक र उहाँहरुका दम्पतीलाई स्वागत तथा सम्मान गर्नुभएको थियो । कार्यक्रममा विद्यालयको भौतिक र सैक्षिक विकासमा समुदाय र भूपु सैनिकहरुबिचको सहकार्यको सन्दर्भमा समेत छलफल भएको थियो । उक्त कार्यक्रममा सहभागी भूपु सैनिकहरुले विद्यालयमा व्यवस्थित च्यानल गेट निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

एसइई परिक्षामा उत्कृष्ट नतिजा ल्याएको अवसरमा ज्ञानोदय माविले मनायो हर्षोल्लास
म्याग्दी १९ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयले एसइई परिक्षा २०७९ मा उत्कृष्ट ततिजा ल्याएको उपलक्षमा शुक्रवार विविध कार्यक्रम सहित हर्षोल्लास मनाएको छ । यस विद्यालयले एसइईमा यस बर्षको नतिजामा औषत जिपिए २ दशमलब ७७ जिपिए सहित जिल्लामा सामुदायिक विद्यालयतर्फ दोस्रो हुन सफल भएको थियो ।
विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावकहरुले मौवाफाँटमा प्रभातफेरी सहित हर्षोल्लास मनाएका हुन भने विद्यार्थी, शिक्षक र विशिष्ट व्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो । विद्यालयमा आयोजित कार्यक्रममा एसइईमा उर्तिण विद्यार्थीहरुलाई अविर, फुलमाला लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा पिप्ले घर भई हा काठमाण्डौमा बसोबास गर्नुहुने कुमार शाहीले उपलब्ध गराउनुभएको उत्कृष्ट जिपिए ल्याएर उर्तिण हुने चार जना विद्यार्थीलाई नगद रु ५ हजारका दरले पुरस्कार प्रदान गरिएको थियो ।
त्यसैगरि नेपाली बिषय शिक्षक दुर्गादक्त रिजालले नेपाली बिषयमा उत्कृष्ट जिपीए ल्याउने विद्यार्थीहरुलाई व्यक्तिगत रुपमा नगद पुरस्कार प्रदान गर्नुभएको थियो भने एसइईमा बिषयगत रुपमा नेपाली बिषयमा विद्यार्थीहरुलाई उत्कृष्ट जिपिए दिलाउन सफल भएकोमा उत्कृष्ट शिक्षकका रुपमा विशाल हमाल छात्रवृत्तिकोषबाट नगद रु ५ हजार सहित शिक्षक रिजाललाई कोषका संरक्षक कमला केसीले पुरस्कृत गर्नुभएको थियो ।
कार्यक्रममा एसइईमा उर्तिण विद्यार्थी, बिषयगत शिक्षक, विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी पुन, विद्यालयका सल्लाहकार बालकृष्ण सुवेदीले गाउँपालिकामा प्रथम र जिल्लामा सामुदायिक तर्फ दोस्रो उत्कृष्ट नतिजा ल्याएको ज्ञानोदयको शैक्षिक गुणस्तर सधारको नीरन्तरता र थप शैक्षिक वातावरण सुधारमा सबै क्षेत्रको रचनात्मक सहयोग र सहकार्यको आबश्यकता औल्याउनुभएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद सुवेदीले गाउँपालिकाको केन्द्रमा रहेको यस विद्यालयको चौतर्फि विकासका लागि व्यवस्थापन समिति लागिपरेको बताउँदै स्थानीय तह र अन्य निकायबाट समेत आबश्यक सहयोग रहेकोमा जोड दिनुभयो । कार्यक्रममा विद्यालयबाट सरुवा भई जानुभएका शिक्षक रमेश शाही ठकुरीलाई विदाई समेत गरिएको थियो ।
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष रमेश सुवेदी, शिक्षक दुर्गादक्त रिजाल, विदाई हुनुभएका शिक्षक ठकुरी, एसइईमा उर्तिण विद्यार्थी सुस्मीता शर्मा लगायतले मन्तव्य राख्नुभएको थियो । विद्यालयका प्रअ बिजय शर्माले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन शिक्षक रामजी भण्डारीले गर्नुभएको थियो ।
कार्यक्रममा रघुगंगा गाउँपालिकाले विद्यालयलाई साँस्कृतिक पोशाकका सामाग्री प्रदान गरेको थियो ।