विशेष

दुर्गम बस्ती मलम्पार सडक सञ्जालले जोडियो

बेनी २५ माघ । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङको दुर्गम बस्ती मलम्पार सडक सञ्जालले जोडिएको छ । अघिल्लो बर्ष मल्कबाङको दैडाँडामा पुगेर रोकिएको सडकलाई यस बर्ष विस्तार गरि मलम्पार बस्तीमा पु¥याइएको हो । सडक निर्माणका लागि चालु आर्थिक बर्षमा गाउँपालिकाबाट रु २५ लाख र गण्डकी प्रदेश सरकार मार्फत विनियोजन भएको रु... पुरा पढ्नुहोस

कालीगण्डकी करिडोर आधाभन्दा कम सम्पन्न

काठमाडौँ, २५ माघ । आयोजना सम्पन्न गर्ने लक्षित समय दुई वर्ष बाँकी हुँदा कालीगण्डकी करिडोर आधाभन्दा कम मात्रै सकिएकोे छ । राष्ट्रिय गौरवको सो सडक आयोजना भौगोलिक विकटता, वन क्षेत्रको प्रक्रियागत झन्झट, बजेट अपर्याप्तता, निर्माण व्यवसायीको ढिलाइलगायतका कारण अपेक्षाकृत प्रगति हुन नसकेको हो । आर्थिक वर्ष २०८१÷८२ मा सम्पन्न गर्ने... पुरा पढ्नुहोस

हरियालीमा आर्गानिक रेष्टुरेण्ट सञ्चालन

बेनी, २५ माघ । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा सञ्चालनमा रहेको ‘हरियाली कृषि फार्म’ले अर्गानिक रेष्टुरेन्ट सञ्चालनमा ल्याएको छ । आधुनिध प्रविधिको प्रयोग गरि तरकारी खेतीसंगै माछा, कुखुरा, कालीज लगायतको व्यावसायिक पालन गर्दै आएको फार्मले सिंगामा अर्गानिक रेष्टुरेण्ट सञ्चालनमा ल्याएको हो । फार्मको भ्रमणमा आउने आगन्तुक र अर्गानिक उत्पादनको स्वाद लिन... पुरा पढ्नुहोस

“बेनीको बजार” पञ्चेबाजा गीत बजारमा ( भिडियो सहित )

म्याग्दी २४ माघ ।  म्याग्दीका उदयीमान लोक गायक बाबुराम रसाइलीले फेरि अर्को कोसेली "बेनीको बजार" पञ्चेबाजा गीत बजारमा ल्याएका छन्। https://youtu.be/ulPVQH_LXgQ   निरन्तर गीतसङ्गीतमा खटिरहेका रसाइलीको यो छैठौँ गीत हो। म्याग्दी जिल्लाको बाबियाचौर दुखु , बेनी, रत्नेचौर लगायतका स्थानमा छायाङ्कन गरिएको यस पञ्चेबाजा गीतमा उनलाई लोकप्रिय गायिका अमृता नेपालीले साथ... पुरा पढ्नुहोस

कालीगण्डकी नदीः ‘जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ’

म्याग्दी २४ माङ । ‘जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ’ भनेर ओम गुरुङले गाएको गीत सुनिएकै हो । तर त्यसको भाव बुझ्न नेपालको गौरवपूर्ण विगत पढ्नुपर्छ या त त्यो पढेका, बुझेका मान्छेहरुको कुरा सुन्नुुपर्छ । वैदिक सभ्यताको जननी, ऋषि–महर्षि आदि पुण्यात्माको तपस्यास्थल भनेर वर्णन गरिएको देवभूमि, अलौकिक धार्मिक आस्थाको पुञ्ज... पुरा पढ्नुहोस

महिला शिक्षकको लोभलाग्दो नाच (तस्बिर र भिडियो)

बेनी, २३ माघ । म्याग्दीको धवलागिरी गाउँपालिकामा आयोजित अन्तरमावि तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको अवसरमा आयोजित समारोहमा नृत्य देखाउँदै हेम माविका महिला शिक्षकहरु । https://www.youtube.com/watch?v=QQZJznjmY7o   पछिल्लो समय सामुदायिक विद्यालयहरुमा विद्यार्थीसंगै शिक्षकहरुले नृत्य प्रस्तुत गर्न थालेका छन् । शिक्षकहरुको नृत्यलाई विद्यार्थी र अभिभावकहरुले समेत रुचिका साथ अवलोकन गर्ने गरेका... पुरा पढ्नुहोस

म्याग्दीमा एम्बुलेन्स अभाव

[caption id="attachment_62929" align="alignnone" width="2508"] फाइल तस्बिर[/caption] म्याग्दी २३ माघ ।  एम्बुलेन्स नपाउँदा म्याग्दीका बिरामीलाई अस्पताल पु¥याउन समस्या हुन थालेको छ । सदरमुकाममा रहेको बेनी अस्पतालमा भएको एम्बुलेन्स पुरानो भएर बिग्रन थालेपछि ‘रिफर’ भएका बिरामीलाई समस्या भएको हो । अस्पतालका प्रमुख डा शङ्करराज लामिछानेले भएको एउटामात्र एम्बुलेन्स बिग्रिन थालेपछि समस्या भएको... पुरा पढ्नुहोस

धवलागिरीको राष्ट्रपति रनिङ शिल्ड हेम माविलाई

शिवाङ, २२ माघ । धवलागिरी गाउँपालिकाले आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी हेम नमुना आवसीय मावि शिवाङले जितेको छ । माघ १९ देखि शिवाङमा शुरु भएको प्रतियोगिता आइतबार सकिएको हो । १३ स्वर्ण, ६ रजत र ४ कास्य पदक जितेको हेम माविले रनिङ शिल्ड, ट्रफी, मेडल, प्रमाणपत्र... पुरा पढ्नुहोस

अयोध्या लगिएको देवशिला उत्खननस्थलमा उद्यान बनाइने

  https://www.youtube.com/watch?v=kfZIhojBc3k&t=44s     म्याग्दी २२ माघ । भारतको अयोध्यामा निर्माणाधीन भगवान श्रीरामको मन्दिरमा राखिने मूर्ति बनाउन लगिएको देवशिला उत्खननस्थलमा उद्यान बनाइने भएको छ । धार्मिकस्थल गलेश्वर नजिकै पर्ने बेनी नगरपालिका–६ सेतीपहिरोस्थित कालीगण्डकी नदी किनारबाट दुई शिला अयोध्या र एक जनकपुर लगिएको थियो । गण्डकी प्रदेश सरकारले मधेस र मधेस... पुरा पढ्नुहोस

प्रेस चौतारीको २५औं स्थापना दिवसमा बिरामीलाई फलफुल वितरण

म्याग्दी २२ माघ । प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले २५औं स्थापना दिवस मनाएको छ । प्रेस चौतारी म्याग्दी शाखाले बेनी अस्पतालमा उपचाररत बिरामीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै फलफुल वितरण गरी स्थापना दिवस मनाएको हो । दिवसको अवसरमा बेनी अस्पतालमा उपचाररत विभिन्न १८ जना बिरामीहरुलाई मौसम अनुकुल हुने गरी स्याउ,... पुरा पढ्नुहोस