विशेष

जोमसोमबाट पोखरातर्फ जाँदै गरेको बस कालिगण्डकी नदीमा खस्यो,४ जना गम्भिर घाईते

जोमसोम३ फागुन । मुस्ताङको जोमसोमबाट पोखरातर्फ जाँदै गरेको म्याग्दी कोरला यातायात प्रा.लि.को यात्रु वाहक बस मुस्ताङको थासाङ गाउँपालिका–३  धम्पु स्थित कालोपत्रे सडकमा दुर्घटना भएको छ ।  जोमसोमबाट १७ जना यात्रु लिएर पोखरातर्फ जाँदै गरेको ना ७ ख ७४४० नम्बरको यात्रु बाहक बस बुधबार बिहान ८ः३० बजेको समयमा दुर्घटना भएको जिल्ला... पुरा पढ्नुहोस

धौलागिरि चक्रीय पदमार्गको विकास र प्रर्वद्धनमा चासो

  म्याग्दी, २ फागुन । संसारको सातौ (८१६७) मिटर अग्लो धौलागिरि हिमाललाई फेरो लगाउने चक्रीय पदमार्गको विकास र प्रर्वद्धनमा गाउँपालिका, प्रदेश सरकार र पर्यटन व्यवसायीले चासो देखाएका छन् । म्याग्दी स्थित धौलागिरि चक्रीय पदमार्गमा पूर्वाधार विकास र प्रर्वद्धनका लागि सरकार र निजी क्षेत्रले साझेदारी गर्ने विषयमा पोखरामा छलफल भएको हो... पुरा पढ्नुहोस

प्रथम सहिद लखन थापामगरको १४६ औँ स्मृती दिवसमा बेनीमा दीप प्रज्वलन

  बेनी, २ फागनु । नेपाल मगर विद्यार्थी संघ म्याग्दीको आयोजनामा प्रथम सहिद लखन थापाको १४६ औं स्मृती दिवसको अवसरमा बेनीमा दिप प्रज्वलन गरिएको छ । नेपाल मगर संघ जिल्ला समितिका अध्यक्ष लोकेश पुनमगरले सहिद थापाको तस्वीरमा माल्याअर्पण र दिपप्रज्वल गर्नुभएको थियो । विरेन्द्रचोकमा गरिएको दीप प्रज्वलनमा मगर संघ म्याग्दीका... पुरा पढ्नुहोस

बोटबाटै दुई करोडको सुन्तला बिक्री

गलेश्वर, २ फागुन । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा यसवर्ष बोटबाटै रू दुई करोडको सुन्तला बिक्री भएको छ । सुन्तला राम्रो फलेको र रोग, कीराको प्रकोप पनि नदेखिएकाले विगतका वर्षको तुलनामा यसवर्ष सुन्तला बिक्री गरेर दोब्बर बढी आम्दानी भएको किसानले बताएका छन् । दोसल्लेकी किसान मायादेवी पुनका अनुसार गत वर्ष... पुरा पढ्नुहोस

बन्द भएका चिज उद्योग तीन वर्षपछि पुनःसञ्चालन

म्याग्दी, २ फागुन । म्याग्दीका चिज उद्योग तीन वर्षपछि पुनः सञ्चालन भएका छन् । कोरोना (भाइरस)को महामारी सुरु भएपछि विसं २०७६ चैतदेखि अन्नपूर्ण गाउँपालिकाको पाउद्वार, घार र राम्चेमा सञ्चालित चिज उद्योग बन्द भएका थिए । राम्चेको आरडिसी डेरी तथा चिज र पाउद्वारको सामुदायिक चिज उद्योग सञ्चालनमा आइसकेका छन् भने घारको... पुरा पढ्नुहोस

गलेश्वर बजारमा ‘सडक बत्ती’ जडान

म्याग्दी, १ फागुन । बेनी नगरपालिका–९ स्थित गलेश्वर बजारमा सडक बत्ती जडान गरिएको छ। रातको समयमा बजारलाई उज्यालो राख्ने उद्देश्यले प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा भक्तजनले चढाएको भेटीबाट गलेश्वरको प्रवेशद्वारदेखि राहुघाट नदीमा रहेको मोटरेबल पुलसम्मको बजारमा सडक बत्ती जडान गरिएको हो । गलेश्वर शिवालय क्षेत्र विकास कोषको गत पुष २७ गते भएको... पुरा पढ्नुहोस

बर्षा र हिमपात नहुँदा हिमाली क्षेत्रसम्म डढेलोको जोखिम बढ्दै

  म्याग्दी, १ फागुन । म्याग्दीमा मानवीय लापर्बाहीले डढेलोको जोखिम बढ्दै गएको छ । घाँस पलाउने बाहना, अवैध शिकार र आगोको जथाभावी प्रयोगले वन जङ्गलमा डढेलोको जोखिम बढेको हो । विगतका वर्षमा यो समयमा हिउँले ढाकिने धौलागिरि, अन्नपूर्ण, नीलगिरि र गुर्जा हिमाल आसपासका पहाड र जङ्गल डढेलोले काला पहाडमा परिणत... पुरा पढ्नुहोस

बेनी अस्पतालमा ज्येष्ठ नागरिक कक्ष सञ्चालन (तस्बिर सहित)

बेनी १ फागुन । म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालमा ज्येष्ठ नागरिकहरुको उपचारमा सहजताको लागि ‘ज्येष्ठ नागरिक कक्ष’ सञ्चालनमा ल्याइएको छ । संघीय सरकारको सहयोगमा अस्पताल व्यवस्थापन समितिले सोमबारदेखि ६० बर्ष उमेर पुगेका ज्येष्ठ नागरिकहरुको उपचारका लागि ज्येष्ठ नागरिक बहिरङ्ग कक्ष र वार्ड सञ्चालनमा ल्याएको हो । अस्पतालको ओपीडि तर्फ... पुरा पढ्नुहोस

म्याग्दी क्याम्पसमा अखिल क्रान्तिकारीको सम्मेलन आयोजक कमिटि गठन

बेनी, १ फागुन । बेनीको म्याग्दी बहुमुखी क्याम्पसमा अनेरास्ववीयू क्रान्तिकारीको सम्मेलन आयोजक कमिटि गठन भएको छ । क्याम्पसमा आइतबार भएको विद्यार्थीहरुको भेलाले सन्दिप खत्रीको अध्यक्षतामा २५ सदस्यीय सम्मेलन आयोजक कमिटि गठन गरेको हो । भेलाले छिट्टै सम्मेलन आयोजना गरेर पदाधीकारी चयन र संकाय तथा कक्षागत कमिटि गठन गर्ने निर्णय गरेको... पुरा पढ्नुहोस

लागुऔषध र साईबर अपराध रोकथाम र नियन्त्रण प्राथमिकतामाः प्रनाउ कुँवर

म्याग्दी २९ माघ । म्याग्दीमा नवआगन्तुक प्रहरी नायब उपरीक्षक मदन कुँवरले जिल्लामा शान्ति सुरक्षालाई मजवुद बनाउने कार्य संगै लागुऔषध दुव्र्यसन र साइबर अपराध नियन्त्रण र रोकथाममा आफुले प्राथमिकता दिने बताउनुभएको छ । आइतवार जिल्ला स्थित पत्रकार तथा सञ्चारकर्मीहरुसंग अन्तरक्रिया गर्दै प्रनाउ कुँवरले म्याग्दीमा समेत लागुऔषध र साइबर अपराधको घटना बढ्दो... पुरा पढ्नुहोस