म्याग्दी समाचार

नागपञ्चमी र जनैपूर्णिमा एकै दिन मनाइँदै

१३ साउन, काठमाडौं । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्परानुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजार्चना गरेर मनाइँदैछ । आजको दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चांग निर्णायक समिति... पुरा पढ्नुहोस

लोक बानिँयाद्वारा एन सि सी कोरियाको कोषाध्यक्षमा उम्मेद्वारी घोषणा

सौल। दक्षिण कोरियामा लामो समय देखि बस्दै आएका म्याग्दीका लोक बहादुर बाँनिया द्वारा नेपाली सम्पर्क समिती कोरियाको कोषाध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् । नयाँ दैनिकी मार्फत आफ्नो उम्मेद्वारी घोषणा गर्दै बानिँयाले कोरियाबासी नेपालीहरूको हितमा काम गर्ने संस्था बनाउन आफुले उम्मेद्वारी घोषणा गरेको बताए। म्याग्दी प्रवासी समाज ९मोना० कोरियाका अध्यक्ष समेत... पुरा पढ्नुहोस

बेनीमा भव्य साँस्कृतिक कार्यक्रम

विहिबार बेनीमा विविध साँस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । बेनी नगरपालिका ५ का कृष्ण क्षत्रीले बजारमा ल्याउन लागेको नयाँ गीति एल्बमका लागि सहयोर्थ आयोजना गरिएको कार्यक्रममा म्याग्दीका एक दर्जन भन्दा धेरै कलाकारहरुले साँगीतिक कोसेली पस्कीएका थिए । शारीरिक रुपमा असक्त क्षत्रीले नेपाली पप गीत गाउने गरेका छन् । ... पुरा पढ्नुहोस

प्रसिद्ध धार्मिक स्थल ऋखार क्षेत्रमा भक्तजनको भिड

म्याग्दी, १३ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमँगलेमा अवस्थित प्रसिद्ध धार्मिक स्थल ‘ऋखार क्षेत्र’ मा भक्तजनहरुको भिड लागेको छ । सप्तऋर्षिहरुले तपस्या गरी ज्ञान हासिल गरेको पवित्र तिर्थस्थलको रुपमा चिनिदै आएको ऋखार क्षेत्रमा आज विहानैदेखि भक्तजनहरुको भिड लागेको छ । पूर्णिमाको दिन साउन २३ गते चन्द्रग्रहण परेकाले नाग पञ्चमीको दिन... पुरा पढ्नुहोस

जिसस सभापतिमा मल्लको दाबेदारी

म्याग्दी, १३ साउन । साउन २० गते हुने जिल्ला समन्वय समिति निर्वाचनमा सभापतिका लागि नेपाली काँग्रेस नेता लोकबहादुर मल्लले उम्मेदवारी दिने भएका छन् । बिहिबार दरबाङमा सम्पन्न नेपाली काँग्रेसको मंगला, मालिका र धवलागिरि गाउँपालिकाको काँग्रेस इकाई सभापति, निर्वाचित वडाअध्यक्ष र सदस्यहरुको भेलाले मल्ललाई सभापतिका लागि अघि बढाउन काँग्रेस जिल्ला कार्य... पुरा पढ्नुहोस

मल्कबाङ्गको विकासमा यसरी बिनियोजन भयो बजेट

म्याग्दी, १२ साउन । धौलागिरी गाउँपालिका–५ मल्कबाङ्गमा चालु आर्थिक बर्षको लागि प्राप्त भएको बजेट विभिन्न योजनाहरुमा बिनियोजन गरिएको छ । कुल ५७ लाख ५० हजार बजेटलाई साविकको मल्कबाङ्ग गाविसका सबै गाउँबस्तीलाई समेटेर विनियोजन गरिएको वडा अध्यक्ष खर्क कुमारी छन्त्यालले बताउनुभयो । उहाँका अनुसार, तत्काल गाउँमा गर्नुपर्ने कामहरुलाई प्राथमिकता दिईएर बजेट विनियोजन गरिएको... पुरा पढ्नुहोस

गरिमा विकास बैँकको खुद मुनाफा ३४ करोड

म्याग्दी, १२ साउन । गरिमा विकास  बैंकले गत आर्थिक बर्ष २०७३÷०७४ मा ३४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । आक्रामक बजार विस्तार गरिरहेको गरिमाले ग्राहक सँख्या पनि ह्वात्तै बढाएको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको गरिमाले केहि समय अघि काठमाडौँमा केन्द्रीय कार्यालय स्थानान्तरण गरेको थियो । एक आर्थिक... पुरा पढ्नुहोस

पूर्वाधार निर्माणसंगै पर्यटक लोभ्याउँदै लभ्लीहिल (फोटो फिचर)

म्याग्दी, १२ साउन । म्याग्दी भम्रणमा आउने पर्यटकहरुलाई बेनीमा घुमाउने ठाउँहरुको खोजी भईरहेको समयमा लभ्लीहिललाई उपयुक्त गन्तव्य बनाउन सकिने देखिएको छ । सदरमुकाम बेनीको दक्षिणी मोहोडाको शिरमा रहेको लभ्लीहिलमा पर्यटकीय पूर्वाधार निर्माण हुन थालेपछि यो क्षेत्रको पर्यटकीय सम्भावनाबारे चर्चा सूरु भएको हो ।                     बेनीबाट ३० मिनेटभित्रै पुग्न सकिने बेनी नगरपालिका–२... पुरा पढ्नुहोस

मालिका गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता घरदैलोमै !

म्याग्दीको मालिका गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता घरदैलोमै वितरण गर्न सुरु गरेको छ । गरिमा विकास बैंक दरबाङ शाखा र वडा कार्यालयको समन्वयमा घरदैलोमै भत्ता वितरण प्रक्रिया सुरु गरिएको हो । बिहीबार गाउँपालिकाका प्रमुख श्रीप्रसाद रोका, गरिमा विकास बैंक दरबाङ शाखाका प्रबन्धक नारायणहरि शर्मा, वडा नम्बर १ निस्कोटका वडाअध्यक्ष टँक पुन... पुरा पढ्नुहोस

जिल्ला निर्वाचन कार्यालयको अत्यन्त्र जरुरी सूचना

आगामी प्रदेशसभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रयोजनको लागि यही २०७४ साल श्रावण १ गतेदेखि ३२ गतेसम्म जिल्ला निर्वाचन कार्यालय, म्याग्दीमा तथा श्रावण १६ गते देखि ३२ गतेसम्म पाँचवटै गाउँपालिकाको केन्द्रमा मतदाता नामावलीमा नाम समावेश गर्न नाम दर्ता कार्यक्रम सञ्चालन हुने हँदा यस अघि निर्वाचन आयोगबाट प्रकाशित मतदाता नामावलीमा आफ्नो... पुरा पढ्नुहोस