लियो क्लब अफ बेनीद्धारा जेष्ठ नागरिकलाई भोजन
- २६ श्रावण २०७४, बिहीबार
- राकेश शर्मा
- 2537 पटक पढिएको
म्याग्दी, २६ साउन । लियो क्लब अफ बेनी म्याग्दीको आयोजनामा गलेश्वरका बृद्धवृद्धाहरुलाई भोजन गराईएको छ । सेवा नै धर्म हो भन्ने आर्दशलाई आत्मसाथ गर्दैे लियोले वृद्धा संगै संस्कृत बद्यिालयका बटुक गरि ९० जनालाई भोजन गराएको हो । खिरको महिना भनेर मानिने साउन महिनामा खिर खाएमा राम्रो मानिने धार्मीक परम्परा रहेकोले नजिकिदै गरेको तिजलाई लक्षित गररे उक्क्त भोजन गराएको क्लवले जनाएको छ ।
तिज नजिदै जादा सबै ठाउँमा दर खाने कार्यक्रम सुरु भएको छ । जेष्ठ नागरिक आश्रममा रहेका बृद्धबृद्धाहरुलाई तिजको अबसर पारेर निशुल्क भोजन गराएको क्लवका अध्यक्ष निर्मल खत्रिले बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी क्लवका सल्लाकार सन्तोस रावलले लियोले गरेको कार्यक्रमले समाजमा हुने बिभिन्न खालको कार्यहरुलाई सहयोग हुने गरेकोले यस्ता कार्यको निरन्तरता हुनुपर्ने बताउनु भयो ।
गलेश्वर अन्न क्षेत्रका अध्यक्ष भिमनाथ पराजुलीले असाहय र जेष्ठ नागरिकलाई भोजन गराउनु कार्य राम्रो भएको बताउदै क्लवलाई धन्यवाद व्यक्त गर्नुभयो। क्लवका सचिव झलक जिसीको संञ्चालन उपाध्यक्ष बिशाल खत्रीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।