म्याग्दी समाचार

देवीस्थानमा पाँच करोडको खानेपानी आयोजना सुरु

म्याग्दी, चैत ५ । म्याग्दीको मालीका गाउँपालिका– ४ देवीस्थानमा रु पाँच करोड लागतको खानेपानी तथा सरसफाइ आयोजना निर्माण सुरु भएको छ । रु पाँच करोड ६० लाख लागत अनुमान गरिएको आयोजनाबाट साविकको देवीस्थान गाविसको २, ३, ४, ५, ६ र ७ नम्बर वडाका चार सय ७३ घरधुरी लाभान्वित हुने खानेपानी... पुरा पढ्नुहोस

काँग्रेसले निर्वाचन केन्द्रीत अभियान सञ्चालन गर्ने

म्याग्दी,४ चैत । नेपाली काँग्रेस म्याग्दीले निर्वाचन लक्षित अभियान सञ्चालन गर्ने भएको छ । शुक्रबार बेनीमा बसेको वैठकले वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचनलाई लक्षित गरि जिल्लाका एक नगरपालिका सहित पाँच वटै गाउँपालिकामा टोली परिचालन गर्ने निर्णय गरेको हो । काँग्रेसका सभापति खमबीर गर्बुजाले बेनीनगरपालिकामा पार्टीका सचिब हरिकुमार श्रेष्ठ,... पुरा पढ्नुहोस

राखु र बेगबासीको सुझाबः मौवाफाँट केन्द्र नभए नगरपालिकामा समाबेश गर

म्याग्दी, ४ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका अन्र्तगतका पिप्ले, भगवती र बेगखोलाका बासिन्दाहरुले गाउँपालिकाको केन्द्र मौवाफाँट नभए तिन गाविसलाई छुट्टै गाउँपालिका घोषणा गर्न माग गर्दै त्यसो हुन नसके बेनी नगरपालिकामा समावेश गर्न सरोकारवालाको ध्यानकर्षण गराएका छन् । संयुक्त नागरिक आन्दोलन संघर्ष समितिका अगुवाहरुसंगको अन्र्तक्रियामा बोल्दै साविकको तीन गाविसका बासिन्दाहरुले उक्त... पुरा पढ्नुहोस

म्याग्दीमा एकहप्ते सहकारी शिविर सुरु

म्याग्दी,४ चैत । डिभिजन सहकारी कार्यालय बागलुङकोे आयोजनामा विहिबारदेखि म्याग्दीमा  एकहप्ते सहकारी शिविर सुरु भएको छ । डिभिजन सहकारी कार्यालय नभएको जिल्लामा  संचालनमा  भएका सहकारी तथा संघसस्थाको काम सेवाप्रवाह प्रभावकारी पु¥याउने उद्देश्यले म्याग्दीमा चैत ३ गते देखि १० गतेसम्म एकहप्ते सहकारी शिविर निशुल्क रुपमा संचालन गरिएको डिभिजन सहकारी कार्यालय बाग्लुङका... पुरा पढ्नुहोस

माओवादी केन्द्रको मालीका गाउँपालीका सम्मेलन

म्याग्दी,४ चैत । नेकपा माओवादी केन्द्रको मालीका गाउँपालीकाको सम्मेलन बिहीबार दरवाङमा सम्पन्न भएको छ । सम्मेलनले कमल केसीको अध्यक्षतामा ४१ सदस्यीय गाउँपालीका कमिटी निर्माण गरेको छ । कमिटिको उपाध्यक्षमा थिरदेवी पुन, सचिवमा गोविन थापामगर र कोषाध्यक्षमा डमप्रकाश बस्याल रहनुभएको छ । सदस्यहरुमा भिमप्रकाश मल्ल, हिरा पुन, रेशम पुन, हर्कमान जुक्जाली,... पुरा पढ्नुहोस

तरुण दल म्याग्दीका अध्यक्ष छन्त्याललाई मातृशोक

चैत ४, बेनी । तरुण दल म्याग्दीका अध्यक्ष एवँ महाधिवेशन प्रतिनिधी मुकुन खड्का छन्त्याललाई मातृशोक परेको छ । लामो समयदेखि पाठेघरको क्यान्सरबाट पीडित छन्त्यालका माता मनदेवी खड्का छन्त्यालको ६९ बर्षको उमेरमा बिहीबार बिहान बेनीस्थित आफ्नै निवासमा निधन भएको हो । वि.स २००४ सालमा जन्मेकी मनदेवीकी एक सुपुत्र र तीन सुपुत्री... पुरा पढ्नुहोस

कालिगण्डकी देखि भेरी नदी सम्मकोे पश्चिम धौलागिरी पदमार्गको नक्सा तयार (फोटो फिचर)

म्याग्दी, २ चैत  । हिमाली क्षेत्रमा पर्यटक भित्र्याउनको लागि म्याग्दी हुँदै रुकुम र डोल्पा जोड्ने गरि पहिचान गरिएको ‘पश्चिम धौलागिरी’ पदमार्गको नक्सा तयार गरिएको छ । रुकुमका युवा पर्वतारोही मन बहादुर खत्रीको प्रयासमा हिमाली क्षेत्रलाई समेटेर विभिन्न रुट पहिचान गरिएको उक्त पदमार्गको हालै  विभिन्न निकाय र संघसंस्थाको आर्थिक सहयोगमा नक्सा... पुरा पढ्नुहोस

आर्चरी प्रतियोगिता सम्पन्न

बेनी २ चैत । बेनीमा बुधबार आर्चरी (तारो हान्ने खेल) प्रतियोगिता सम्पन्न भएको छ । थकालीहरुको प्रमुख चाड तोरन्हको अवसरमा थकाली सेवा समिती बेनी क्षेत्रले प्रतियोगिताको आयोजना गरेको हो । थकाली समुदायका चारचन समूहबीच भएको प्रतियोगितामा शेरचन समूह प्रथम र गौचन समूह दितृय भएका छन् । शेरचन समूहका रामप्रसाद शेरचन... पुरा पढ्नुहोस

पाँच दिनसम्म पनि पग्लिएन गुर्जाको हिउँ (फोटो फिचर)

म्याग्दी, २ चैत्र । म्याग्दीको गुर्जामा भएको हिमपातले सेताम्मे भएको दृष्य । धौलागिरी गाउँपालिका अन्र्तगत चुरेन, गुर्जा र पुथा हिमालको काखमा रहेको गुर्जामा यस पटक फागुन २६ र २७ गते बैमौसमी हिमपात भएको थियो । गुर्जा संगै जिल्लाको माथिल्लो भेगमा भारी हिमपात भएको थियो । हिमपातले बालीनाली सप्रने भएपनि लामो... पुरा पढ्नुहोस

समाचार प्रभावः दृष्टिविहीन विक दम्पतीका छोरीहरुलाई नेविसंघले पु¥यायो विद्यालयमा

म्याग्दी, २ चैत। म्याग्दीको धौलागिरी गाउँपालिका अन्र्तगत ताकमको रातमाटाका दृष्टिविहीन दम्पती जलन र सुस्मीता विकका तिन छोरीहरु पाँच महिनापछि बुधवारदेखि विद्यालयमा जान थालेका छन् । दृष्टिविहीन विक दम्पतीका चार छोरीहरु मध्ये विद्यालय उमेर समुहका तीन छोरीहरु घरपरिवारको आर्थिक अबस्था कमजोर भएपछि विद्यालय जान छाडेको बिषयमा म्याग्दीअनलाईन डटकम र समृद्ध साप्ताहीक... पुरा पढ्नुहोस