म्याग्दी समाचार

मन्त्रीसँग महिलाहरुको भेटघाट तथा अन्तरक्रिया

म्याग्दी, ९ असार । म्याग्दी जिल्लाको विभिन्न क्षेत्रमा क्रियाशिल महिलाहरुले शुक्रबार महिला बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापासँग भेटघाट गरेका छन् । बेनी नगरपालिकाको आयोजनामा सम्पन्न भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सामाजिक क्षेत्रमा आबद्ध महिलाहरुको सहभागिता रहेको थियो । भेटघाटमा मन्त्री थापाले महिलाहरुलाई आयआर्जनका क्षेत्रमा आबद्ध गराउनुपर्ने बताएकी छिन् । उनले... पुरा पढ्नुहोस

सरकारी बजेटमा समुदायको लगानी बढाउँदै विकासमा अग्रसर हुँदै घार ( भिडीयो सहित)

https://www.youtube.com/watch?v=ZerBH409uik&feature=youtu.be म्याग्दी, ९ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घार सरकारी बजेटमा समुदायको लगानी  जनश्रमदान र जनसहभागीता  बढाएर विकास निर्माणलाई उपलब्धीमुलक बनाउनेतर्फ अग्रसर बनेको छ । स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि गाउँको विकासमा फ्ड्को मारेको छ । आर्थिक बर्ष २०७४/०७५ मा वडा कार्यालयको सिफारिसमा गाउँपालिका मार्फत सञ्चालन भएका विकास निर्माण योजनाहरु मध्ये... पुरा पढ्नुहोस

स्वास्थ्य शिवीरबाट एघार सय लाभान्वित

सन्तोष गौतम बेनी ९ असार । समाज कल्याण परिषद् अन्तरगतको राष्ट्रिय स्वास्थ्य कोषको आयोजनामा म्याग्दीमा सञ्चालीत निशूल्क स्वास्थ्य परिक्षण तथा बिशेषक्ष शिवीरबाट एक हजार जना भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् । मालीका गाउँपालीकाको केन्द्र दरवाङमा बिहीबार, अन्नपूर्णको पोखरेबगरमा शुक्रबार र बेनी अस्पतालमा शनिबार सञ्चालन भएको शिवीरबाट एक हजार १००... पुरा पढ्नुहोस

रुईसे –भेडिओढारमा आन्तरिक पर्यटकको संख्या बढ्यो

म्याग्दी, ९ असार । छोटो दुरि, प्राकृतिक दृष्यले रमणिय ठाउँ । रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकिय स्थल रुईसे– भेडिओढारमा आन्तरिक पर्यटकको संख्या बढेको छ । नजीकबाट उदाएको सुर्यका किरण, पश्चिममा रहेको धौलागिरी, चुरेन र गुर्जा जस्ता दर्जनौ मुस्कुराइरहेको हिमालको लोभलाग्दो दृष्यले गर्दा आन्तरिक पर्यटकको संख्या बढ्दै गएको हो । समन्द्री सतहदेखि... पुरा पढ्नुहोस

छोरा गुमाएकी गायिका परियारलाई ४५ हजार रुपौयाँ सहयोग

म्याग्दी, ९ असार । म्याग्देली लोक गायिका शान्ता परियारलाई लोक दोहोरीगीत प्रतिष्ठान म्याग्दीले ४५ हजार दुई सय ३० रुपौयाँ सहयोग गरेको छ । आषाढ ३ गते लोकदाहोरी प्रतिष्ठान म्याग्दीको अयोजना र लोकदोहोरी प्रतिष्ठान धौलागिरी अञ्चल कमिटीका कोषाध्यक्ष नहकुल ढकालको संयोजनमा म्याग्दीको सदरमुकाम बेनि बजारमा आर्थिक राहत संकलन गरीएको थियो ।... पुरा पढ्नुहोस

ताकममा घरघरमा धारा (फोटो फिचर)

ताकम ९ असार । धौलागिरी गाउँपालीका ७ ताकममा कोतखोला तेस्रो खानेपानी तथा सरसफाई आयोजना निर्माण भएपछि घरघरमा खानेपानी सुबिधा पुगेको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना र भारतीय दुतावासको सहयोगमा ताकमका बासिन्दाले करिब दुई वर्ष लगाएर निजी धाराको सुबिधा सहितको खानेपानी आयोजना निर्माण गरेका हुन् । दुई... पुरा पढ्नुहोस

कर्मचारी र जनप्रतीनिधि मिलेर काम गरे मात्रै राज्यको संम्रचना सफल हुन्छ : मन्त्री थापा

म्याग्दी, ८ असार । महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री थममाया थापाले कर्मचारी र जनप्रतीनिधी मिलेर काम गरे मात्रै राज्यको संरचना सफल हुने बताउनु भएको छ । शुक्रबार जिल्ला प्रसाशन कार्यलय म्याग्दीको सदरमुकाम बेनि बजारमा रहेको कार्यलय प्रमुखहरु सँग भेटघाट गर्दै मन्त्रि थापाले राज्यमा अहिले तिन तहको संरचनामा रहेको र तिनै... पुरा पढ्नुहोस

पोखरेबगरमा नेकपाको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण

पोखरेबगर, ८ असार । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीले शुक्रबार अन्नपूर्ण गाउँपालीकाको केन्द्र पोखरेबगरमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पार्टी एकताको सन्देश कार्यकर्ता तहसम्म पु¥याउने, अन्तरघुलन र एकतालाई बलीया बनाउने, निती तथा कार्यक्रम र योजना जानकारी गराउने, कार्यकर्ताको गुनासो,... पुरा पढ्नुहोस

माउण्टमा जिल्लास्तरीय खेलकुदसम्बन्धी हाजिरीजवाफ प्रतियोगिता

म्याग्दी, ८ असार । म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयमा शुक्रबार अन्तरमावि जिल्लास्तरीय खेलकुदसम्बन्धी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । शैक्षिक गतिविधि सँगसँगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागी बनाएर उनीहरुको अन्तनिर्हित प्रतिभाको प्रस्फुटन गराउने उद्देश्यसहित हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको हो । [caption id="attachment_22140" align="alignnone" width="800"] ?[/caption] कुल ९... पुरा पढ्नुहोस

म्याग्दीको शैक्षिक अवस्थाबारे अन्तरक्रिया तथा छलफल

म्याग्दी, ८ असार । म्याग्दी जिल्लाको शैक्षिक अवस्थाबारे शुक्रबार बेनीमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । उच्च शिक्षामा गुणस्तर सुधार तथा समग्र म्याग्दी जिल्लाको शैक्षिक अवस्थाको विषयमा सरोकारवालाहरुबीच अन्तरक्रिया तथा छलफल गरिएको हो । म्याग्दी बहुमुखी क्याम्पसको आयोजनामा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा म्याग्दी जिल्लास्थित विभिन्न माध्यमिक विद्यालयका... पुरा पढ्नुहोस