उद्घोषण तालिम
- ९ आश्विन २०७५, मंगलवार
- 2230 पटक पढिएको
बेनी ९ असोज । बेनीमा मंगलबार युवा महिलाहरुलाई शशक्तिकरण र लैङगीक बिभेद विरुद्ध पैरवीका लागि उद्घोषण तालिम सम्पन्न भएको छ ।प्लान ईन्टरनेशनल नेपालको सहयोगमा सिविन म्याग्दीको संयोजन र बेनी नगरपालिले आयोजना गरेको तालीममा नगर पालिकाका महिला जनप्रतिनिधिका साथै बेनी बजारका महिला सम्बद्ध संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
चालिस जना सहभागि तिन दिनसम्म सञ्चालन भएको तालिमको सञ्चारिका समूहको गण्डकी प्रदेश संयोजक जमुना शर्मा बर्षाले सहजिकरण गर्नुभएको थियो । महिलाहरुको क्षमत्ता विकास गरि आफ्ना कुरा प्रभावकारी रुपमा व्यक्त गर्न सक्ने बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले बताउनुभयो ।
सिवीन म्याग्दीका जिल्ला संयोजक प्रेम सोङमेनको अध्यक्षता र नगर कार्यपालिकाका सदस्य गौरी थापाको सञ्चालनमा सम्पन्न समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ भुषाल, बेनपा ८ का वडा अध्यक्ष रामकृष्ण बराईली, सहभागी हिरा पौडेल र मैना कार्की बानियाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।