जनसेवी लघुवित्त शाखाको लगानी ५ करोड

  • ९ आश्विन २०७५, मंगलवार
  • धिरन खत्री
  • 2150 पटक पढिएको


म्याग्दी, ९ असोज । जनसेवी लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय म्याग्दीले ५ करोड ५ लाख ५६ हजार ३५१ रुपैया कर्जा लगानी गरेको छ । म्याग्दी र पर्वत जिल्ला कार्य क्षेत्र बनाएको संस्थाले एक नगरपालिका र ३ गाउँपालिकाका ४सय ७७ जनालाई कर्जा लगानी गरेको छ ।

बेनी नगरपालिका, मंगला, रघुगंगा र जलजला गाउँपालिकामा सेवा विस्तार गरेको संस्थामा १ हजार ४१ जना ग्राहक रहेको छन् । संस्थामा सदस्यहरुको १ करोड ७६ लाख ७९ हजार ३८३ रुपैया बचत रहेकोे शाखा प्रमुख गणेश पौडेलले जानकारी गराए । ८८ केन्द्रमार्फत छरिएर रहेको पुजीलाई संकलन गरि उद्योग ब्यपार र कृषि क्षेत्रमा लगानी गरि ग्रामिण भेगका दिदिबहिनीहरुलाई ब्यवसायिक बनाउन तर्फ लगानी गर्दै आएको शाखा प्रमखु पौडेलले बताए ।


संस्थाले मंगलबार बेनीमा गरेको गोष्ठी कार्यक्तममा संस्थाका सिइओ कमल खत्रीले २१ शाखाबाट सेवा विस्तार गर्दै आएको संस्थामा १३ हजार दिदिबहिनीहरुलाई आवद्ध गराएको जानकारी दिए ,। ८५ करोड १ लाख लगानी गरेका संस्थाले ५१ करोड रकम उठिसकेको छ । भने ४५ करोड ४६ लाख उठन् बाकी रहेको सिईओ खत्रीले बताए । लघुवित्तबाट ऋण लिएर महिलाहरुले कुखरापालन, सिलाई कटाई, गाईभैसीपालन, तरकारी, फलफुल खेती, ब्यापार ब्यवसाय र उद्यममा लगानी गरेका छन् ।

संस्थाका संचालक समितिका अध्यक्ष विकास गौचन, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्मचार्य, बेनी नगरपालिका– ८ का वडाअध्यक्ष रामकृष्ण बराईलीले दिदिबहिनीहरुको जीवनस्तर सुधार संगै ग्रामिण भेगको समाज विकास सहयोग पुग्ने क्षेत्रमा लगानी गर्न आग्रह गरेका थिए ।
संस्थाका अध्यक्ष गौचनको अध्यक्षता र फडीन्द्र पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा सिइओ खत्रीले ७७ जिल्लामा शाखा विस्तारसंगै चार करोड २० लाख रुपैया मूल्य बराबरको चार लाख बिस हजार कित्ता सेयर जारी गर्न लागिएको जानकारी दिए । केन्द्र प्रमुख, उपप्रमुख र ग्राहक सदस्यहरुको उपस्थितमा गुणस्तर सेवा विस्तार सम्वन्धि अन्तक्रिया गरिएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l