म्याग्दी समाचार

वौद्धिक अपाङ्गता स्रोत कक्षालाई सहयोग

समिर रोका बगुवाखोला, २२ माघ । बेनी नगरपालिका ५ बगुवाखोलामा रहेको बालजागृति आधारभुत विद्यालयमा सञ्चालित वौद्धिक अपाङ्गता स्रोत कक्षालाई मंगलबार खेलकुदका सामग्री सहयोग प्राप्त भएको छ । अन्नपूर्ण गाउँपालिका ६ खिवाङ घर भई हाल पोखरा बस्नुहुने लक्ष्मी पुनको पहलमा बेल्जियमको डिस्याबिलीटी इन्टरनेशनल सोलीडारीटी फाउण्डेशनले वौद्धिक अपाङ्ग विद्यार्थीहरुका लागि चार थान... पुरा पढ्नुहोस

निशूल्क शैक्षिक सामग्रीको व्यवस्था

बेनी २२ माघ । बेनी नगरपालिका १० पात्लेखेतको अनदेमा रहेको बराह आधारभूत विद्यालयलका विद्यार्थीहरुलाई एक व्यक्तिले निशूल्क शैक्षिक सामग्रीको व्यवस्था मिलाएका छन् । वाखेत घर भई हाल काठमाडौमा बसोबास गर्दै आउनुभएका भारतीय सेनाका सुवेदार प्रकाश पुनले विद्यालयका संस्थापक स्वर्गीय बुवा गम्मरबहादुर पुनको नाममा एक वर्षका लागि विद्यार्थीहरुलाई शैक्षिक सामग्री उपलब्ध... पुरा पढ्नुहोस

सार्वजनिक जग्गाको खोजि गर्दै रघुगंगा गाउँपालिका

बेनी, २२ माघ । म्याग्दीको रघुगंगा गाउँपालिकाले सार्वजनिक जग्गाको खोजी गर्ने भएको छ । गाउँपालिकाभित्र विभिन्न स्थानमा सार्वजनिक जग्गा अतिक्रमण भएको गुनासा आएपछि गाउँपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमणको पहिचानको लागि गाउँपलिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश थापाको संयोजकत्वमा समिति गठन गरेको हो । प्रमुख प्रशासकिय अधिकृत थापाको संयोजकत्वमा मालपोत अधिकृत,... पुरा पढ्नुहोस

चालू आर्थिक वर्षको बजेट संसोधन गर्दै मंगलाको चौथो गाउँसभा सकियो

सिजन रोका बाबियाचौर २२ मघ । चालू आर्थिक वर्षको बजेट संसोधन गर्दै मंगला गाउँपालिकाको चौथो गाउँसभा सोमबार बाबियाचौरमा सकिएको छ । सशर्त शिर्षक बाहेकका १४ करोड ८५ लाख ४८ हजार ४५२ रुपैयाँको बजेटलाई संसोधन गरेर चालूतर्फ चार करोड ८४ लाख ५१ हजार र पूजीगततर्फ दश करोड तीन लाख ९७ हजार... पुरा पढ्नुहोस

सरकार विरुद्ध बेनीमा काँग्रेसको प्रदर्शन (फाेटाे फिचर)

म्याग्दी, २१ माघ । नेपाली कांग्रेस म्याग्दीले सदरमुकाम बेनीमा सरकारविरुद्ध प्रर्दशन गरेको छ । दुईतिहाईको बलमा सरकारले जनताको भावना विपरित अधिनायकवादी चरित्र देखाएको भन्दै केन्द्रिय कार्यक्रम अन्तरगत सदरमुकाम बेनीमा आयोजित सभामा पार्टीका केन्द्रिय सदस्य भिष्मराज आङदेम्बेले लोकतान्त्रिक पद्धतीबाट सत्तामा पुगेको सरकारको चरित्र अधिनायकबादी भएको बताएका थिए । उनले वर्तमान सरकार... पुरा पढ्नुहोस

अपाङ्गता भएकालाई सहायता सामग्री वितरण

बेनी २१ माघ । बेनी नगरपालिकाको स्वास्थ्य शाखाले अपाङ्गता भएकाहरुलाई सोमबार सहायता सामग्री वितरण गरेको छ । अपाङ्ग संघ म्याग्दीसँगको समन्वयमा १९ जना अपाङ्गता भएकाहरुलाई बैशाखी, एल बैशाखी, सेतो छडी, पहेँलो बैशाखी, चर्पी चियर लगायतका सामग्रीहरु वितरण गरेको हो । अपाङ्ग संघ म्याग्दीका अध्यक्ष गोपाल केसीको अध्यक्षता र सचिव सुरेन्द्र... पुरा पढ्नुहोस

बिममा निर्मित लिफ्ट खानेपानी आयोजनाको अनुगमन (फोटो फिचर)

सन्तोष गौतम बेनी २१ माघ । म्याग्दीको मालिका गाउँपालीका ७ बिममा निर्माण भएको लिफ्ट प्रबिधिको खानेपानी आयोजनाको सोमबार सरोकारवालाहरुको टोलीले अन्तिम अनुगमन गरेको छ । मालिका गाउँपालीका मार्फत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना अन्तरगत डेढ वर्षअघिदेखि सुरु भएको आयोजनाको परियोजना र गाउँपालिकाका पदाधीकारीहरुको टोलीले स्थलगत अनुगमन निरिक्षण... पुरा पढ्नुहोस

राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि माउण्ट एभरेष्टलाई ( भिडियाे सहित)

https://www.youtube.com/watch?v=uSu3rebsHy8&feature=youtu.be म्याग्दी, २१ माघ ।  बेनी नगरपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७५ को उपाधि बेनीको माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले जितेको छ । सोमबार बेनीमा सम्पन्न अन्तर माध्यमिक छात्र/छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा १९ स्वर्ण ३ रजत र १३ काश्य पदक प्राप्त गरी माउण्ट बिजयी भएको... पुरा पढ्नुहोस

मंगलामा सार्वजनिक खरिद प्रक्रिया सम्बन्धी तालिम

सिजन रोका बाबियाचौर २१ माघ । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा सोमबार सार्वजनिक खरिद प्रक्रिया सम्बन्धी तालिम सम्पन्न भएको छ । मंगला गाउँपालिकाको आयोजनामा २ दिनसम्म सञ्चालन भएको तालिममा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । तालिमको प्रजिअ लीलाधर अधिकारी, म्याग्दीका जिल्ला समन्वय अधिकारी अर्जुनकुमार शर्मा, पर्वतका समन्वय अधिकारी बिष्णुप्रसाद... पुरा पढ्नुहोस

साइड दिनेबारे सवारी चालकहरुलाई यसरी दिईयो तालिम (फाेटाे कथा)

बेनी २१ माघ । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीको आयोजनामा सोमबार बेनीमा सवारी चालकहरुलाई ओभर टेक र साइड दिने विषयमा प्रशिक्षण दिइएको छ ।प्रहरी सहायक निरीक्षक मित्रलाल ढकालले जनपद प्रहरी समेतको उपस्थितीमा राजमार्गहरुमा सवारी साधन गुडिरहेको अवस्थामा ओभरटेक गर्ने र साइड दिने प्रक्रियाको बारेमा सहजिकरण गर्नुभएको थियो । साइड दिने... पुरा पढ्नुहोस