सुमन स्मारीका गुञ्जिएपछि बेनी गजलमय

  • २९ भाद्र २०७६, आईतवार
  • धिरन खत्री
  • 3511 पटक पढिएको

म्याग्दी, २९ भदौँ । कालीगण्डकी नदीले संगित दिदै बगिरहेको थियो । आकाशमा हल्का बादलसहित शितल मौसममा बेनीमा सिमसिम पानी परिरहेको थियो । सिमसिम पानीसंगै साहित्यिक कार्यक्तममा सुमन स्मारीका गुञ्जिएपछि बेनी गजलमय भएको हो । चन्द्रसुय साहित्य संचार बेनी म्याग्दीको आयोजनामा साहित्यप्रेमीको उपस्थितमा भएको कार्यक्रममा स्मारिका गुञ्जिएपछि शिखर होटलमा भरिभराउ साहित्यप्रेमीहरु यो होनी गजल भनिरहेका थिए ।


त्यती ठुलो अवसर त्यती ठुलो चुनौती लाग्दैन
दुइचार ठक्कर नखाउन्जेल जिन्दगीलाई
बच्चामा आमाले खेलौना मात्र दिदा कति खुशी भइन्थ्यो
अचेल कसैले जिन्दगी दिदापनी खुशी लाग्दैन ।
मेरा पछि मेरा आफन्त छन् भनेर
कसरी ढुक्क बनु
जवकी मेरो छाया मेरै पछि लाग्दैन् ।

नवनाउ त्यो मुहार मलिन मिल्दैन
तिमि अग्लो आकाश म जमिन मिल्दैन

यस्तैयस्तै चोटीला शब्दहरु भएको १२ ओटा गजल प्रस्तुत गर्दै साहित्यप्रेमीहरुको मनलाई गजलमय बनाएकी थिइन् । समाजमा भएका मानविय स्वभाव, महत्व, जीवनको अस्तित्व र मायाको भावहरुसहितको शब्दहरु संयोजक गर्दै गजल प्रस्तुत गरेकी थिईन ।


चन्द्रसुर्य साहित्य संचारका अध्यक्ष बादल शाहीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अग्रज साहित्यकार धुव्रलाल शर्मा, भक्त काकी, शिव सस्मित लगायतले जिल्लामा साहित्यको अवस्था र महत्वबारे जानकारी गराएका थिए ।  संचारका उपाध्यक्ष एवम् कार्यक्रमका संयोजक दपर्ण रोकाको स्वागत, सचिव समिर रोका मगरको संचालनमा भएको कार्यक्तममा साहित्यप्रेमी साहित्यकार, विद्यार्थी, पत्रकार, ब्यवसायि लगायतको उपस्थित थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l