म्याग्दी समाचार

हिस्तानको औलामा पशुपंक्षि पालन तालिम सम्पन्न

औला १९ माघ । अन्नपूर्ण गाउँपालिका ७ हिस्तानको औलामा शनिबार दुई दिने पशु पंक्षीपालन सम्बन्धि स्थलगत तालिम सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखा पोखरेबगरले आयोजना गरेको तालिममा हिस्तानको औला, दोसल्ले, रिमा, टिकोट, घराम्दी र महभिरका २५ जना कृषकहरुको सहभागिता रहेको थियो । वडा सदस्य टिका घतानेको अध्यक्षतामा... पुरा पढ्नुहोस

प्रवासीको सहयोगमा मिलनचोकमा सिसिटिभी क्यामेरा जडान

सन्तोष गौतम मिलनचोक १९ माघ । जलजला गाउँपालिकाको मिलचोक र मोहनचोकमा एक प्रवासीको व्यक्तिगत लगानीमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । मिलनचोक घर भई व्यवसायको शिलशिलामा अस्टे«लियामा रहेका तुलबहादुर पुन (संसार)को सहयोगमा मिलनचोकमा तीन र मोहनचोकमा एक वटा सिसिटिभी क्यामेरा जडान गरिएको हो । मालढुङ्गा–बेनी सडक अन्तरगत पर्ने मिलन र... पुरा पढ्नुहोस

दुर्लभ दान : म्याग्दीका चन्द्रकुमार केसीद्धारा ९ महिनाकी सियानालाई कलेजो दान

कमल खत्री बेनी, १९ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानकी ९ महिने बालिका सियाना रन्तीजाको जिवन बचाउन यहाँका एक समाजसेवीले कलेजो दान गर्नुभएको छ । म्याग्दीमा क्रियाशिल परोपकारी संस्था ओमकुमारी शान्ति कोषका संस्थापक अध्यक्ष समेत रहनुभएका चन्द्रकुमार केसीले कलेजोको समस्याबाट ग्रसित बालिकाको जिवन बचाउन आफ्नो कलोजोको केही अंश दान गर्नुभएको... पुरा पढ्नुहोस

बेनी नगरपालिको चौथो नगर सभाबाट विपद् जोखिम न्युनिकरण विद्येयक पारित

बेनी १८ माघ । प्राकृतिक विपद्का हिसाबले जोखिमयुक्त रहेको जिल्ला सदरमुकाम समेत रहेको बेनी नगरपालिकाले विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन विद्येयक पारित गरेको छ । विहिवार सम्पन्न चौथो नगरसभाले विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन बिधेयक २०७५ पारित गरेको हो । प्राकृतिक विपद्को जोखिम न्युनीकरण र विपद्को अवस्थामा व्यवस्थापन, राहत, उद्धार... पुरा पढ्नुहोस

अन्नपूर्णमा सम्पति तथा भूमिकर सम्बन्धि प्रशिक्षण

सुरेन गुरूङ बेनी १८ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा शुक्रबारदेखि सम्पति तथा भुमिकर सम्बन्धि अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । अन्नपूर्ण गाउँपालिका र नगर विकास प्रशिक्षण केन्द्रले आयोजना गरेको तीन दिनसम्म सञ्चालत हुने कार्यक्रमको गाउँपालिका अध्यक्ष क्याटेन डमबहादुर पुनले उद्घाटन गर्नुभएको थियो । गाउँपालिकाका अध्यक्ष पुनको अध्यक्षता, सामाजिक... पुरा पढ्नुहोस

दलित सचेतना प्रशिक्षण

बेनी १८ माघ । संयुक्त राजनितीक दलित संघर्ष समिति म्याग्दीको आयोजनामा रघुगंगा गाउँपालिका र वडा न. ३ पिप्लेको सहयोगमा शुक्रबारदेखि दलित जनप्रतिनिधी तथा दलित अगुवाहरुलाई दुई दिने दलित सचेतना सम्बन्धि प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।   नन्दबहादुर विकको अध्यक्षता, बलबहादुर विश्वकर्माको सञ्चालन र छवी विकको स्वागत मन्तब्यमा भएको कार्यक्रमको... पुरा पढ्नुहोस

बेनीमा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड सुरु ( फोटो फिचर)

म्याग्दी, १८ माघ । म्याग्दी सदरमुकाम बेनीमा शुक्रवारदेखि बेनी नगरपालिका स्तरीय अन्तर माध्यमिक छात्र÷छात्रा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७५ सुरु भएको छ । बेनी नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा नगरपालिका भित्रका विभिन्न २४ वटा विद्यालयले सहभागीता जनाएका छन् । प्रतियोगिताको उद्घाटन खेल अन्र्तगत १५ सय मिटरको दौडमा छात्रतर्फ राष्ट्रिय... पुरा पढ्नुहोस

थाकनपोखरीमा सहरी स्वास्थ्य केन्द्र स्थापना (फोटो फिचर)

सन्तोष गौतम बेनी १८ माघ । बेनी नगरपालिका ६ थाकनपोखरीमा शुक्रबार सहरी स्वास्थ्य केन्द्र स्थापना भएको छ । बेनी नगरपालिकाले ग्रामिण क्षेत्रका बासिन्दालाई सहज र सर्वसुलभ रुपमा आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरेको केन्द्रको पूर्व सांसद गोविन्द पौडेलले उद्घाटन गर्नुभयो । सो अवसरमा नेकपाका नेता समेत रहनुभएका पौडेलले... पुरा पढ्नुहोस

पुरस्कार वितरण तथा हिज्जे प्रतियोगिता सम्पन्न

कर्णबहादुर खत्री म्याग्दी, १८ माघ । सदरमुकाम बेनी बजार स्थित बेनी सामुदायिक माध्यमिक विद्यालयमा शुक्रबार दोस्रो चौमासिक परिक्षाको पुरस्कार वितरण गरिएको छ । गत पौषको अन्तिम साता सञ्चालन गरिएका परिक्षामा बाल कक्षा देखि कक्षा नौ सम्मका कक्षा प्रथम , द्धितिय र तृतिय हुने विद्यार्थिहरुलाई विव्यस अध्यक्ष नारायणबहादुर कार्की , अभिभावक... पुरा पढ्नुहोस

ब्रेनट्यूमर पीडित प्रमिलाको उपचारका लागि जापानवासी म्याग्देलीको सहयोग

धु्रबसागर शर्मा म्याग्दी, १८ माघ । जापनमा ब्रेनट्यूमरका कारण सिकिस्त एक म्याग्देली चेलीको उपचारका लागि जापानमा रहेका म्याग्देलीहरुले आर्थिक सहयोग अभियान संचालन गरेका छन् । जिल्लाको रघुगंगा गाउँपालिका वडा नं ३ पिप्लेकी प्रमिला दर्जीको उपचारका लागि मोना जापानमा आवद्ध म्याग्देलीहरुले सहयोग अभियान संचालन गरेको र हालसम्म ५० हजार रुपैयाँ सहयोग संकलन... पुरा पढ्नुहोस