म्याग्दी समाचार

अभिभावकको स्मृतिमा चिमखोलामा पदमार्ग निर्माण

बेनी २८ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका ७ चिमखोलामा दुई महिलाले दिवंगत अभिभावकको स्मृतिमा पदमार्ग निर्माण गर्नुभएको छ । स्थानीय शान्तकला र तमाया तिलीजा पुनले स्वर्गीय बुवा धनीराम, आमा धनमाया, देउमाया र दाजु निरबहादुर तिलीजाको स्मृतिमा पदमार्ग निर्माण गर्नुभएको हो । तिलीजा दिदीबहिनीले २५÷२५ हजार रुपैयाँका दरले पदमार्ग निर्माणमा सहयोग... पुरा पढ्नुहोस

वडा अध्यक्षद्धारा विद्यालयमा सरस्वतिको मन्दिर निर्माण

बेनी २८ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाका वडा अध्यक्ष नरसिङ बहादुर पुर्जाले स्थानीय ज्ञानप्रकाश माविमा निजी लगानीमा सरस्वतीको मन्दिर निर्माण गर्नुभएको छ । विद्यालयका पूर्व प्रअ समेत रहनुभएका पुर्जाले व्यक्तिगत रुपमा दुई लाख पचास हजार रुपैयाँ खर्च गरेर मन्दिर निर्माण गरिदिनुभएका प्रअ शान्तबहादुर नेपालीले जानकारी दिनुभयो । अध्यक्ष... पुरा पढ्नुहोस

म्याग्देलीहरुको एकताका लागि युएईमा रमाइलो वनभोज

काजिमान बुढाथोकी मगर युएई ,सोमबार माघ २८ गते । म्याग्दी प्रबासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिती (मोना ) युएईको सामुहिक भाईचारा विकासका लागि आयोजना गरिएको वनभोज कार्यक्रम सम्पन्न भएको छ । मोना म्याग्दीको आयोजनामा शुक्रबार दुबैको माम्जार बिच पार्कमा विभिन्न कार्यक्रम गरि सामुहिक वनभोज कार्यक्रम सम्पन्न भएको हो । रोजगारिको... पुरा पढ्नुहोस

बेनीदेखि भगवती जाँदै गरेको जिप दुर्घटना हुँदा १३ जना घाईते, एकको अबस्था गम्भिर

https://www.youtube.com/watch?v=oY9nZFMA3uQ&feature=youtu.be म्याग्दी, २७ माघ । म्याग्दी सदरमुकाम बेनीदेखि रघुगंगा गाउँपालिका–२ भगवती जाँदै गरेको ग १ ज ५८९९ नम्बरको जिप दुर्घटना हुँदा १३ जना घाईते भएका छन् । आईतवार दिउँसो करिब ३ बजे सडकबाट करिब १ सय मिटर तल खसेर भएको सो दुर्घटनामा परि चालक गोपी परियार सहित १३ जना घाईते... पुरा पढ्नुहोस

स्वास्थ्य केन्द्रलाई उपकरण सहयोग

बेनी, २७ माघ । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्रमा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई उपकरण सहयोग प्राप्त भएको छ । लायन्स क्लव अफ पोखरा लेकसिटीले फोटो थेरापी र युपिस उपकरण सहयोग गरेको हो । नवजात शिशूमा जण्डिस भए, नभएको पहिचान गर्न फोटो थेरापी उपकरण प्रयोग गरिन्छ । लायन्स क्लव आफ दरवाङ... पुरा पढ्नुहोस

नेपाल महिला संघ म्याग्दीद्धारा सरकार विरुद्ध विरोध प्रदर्शन

म्याग्दी, २६ माघ । नेपाल महिला संघ म्याग्दीले सरकार विरुध प्रदर्शन गरेको छ । नेपाल महिला संघको आयोजनामा देशभर सरकार विरुद्ध कम्युनिष्ट सरकारको चमत्कार, मंहगी, बलात्कार र भष्टाचार शैलीका विरुद्ध दबाव मुलक कार्यक्रमको आयोजना गरेको हो । नेपाली काँग्रेसको पार्टी कार्यलय अगाडी एक कार्यक्रमको आयोजना गरि विरुद्ध पदर्शन गरेको हो... पुरा पढ्नुहोस

हिमपातले जनजिवन कष्टकर

सन्तोष गौतम बेनी, २६ माघ । तीन दिनदेखिको लगातारको हिमपात र बर्षातका कारण म्याग्दी र मुस्ताङ जिल्लाको जनजिवन कष्टकर बनेको छ । हिमपातका कारण सडक र हवाई यातायात सेवा अवरुद्ध भएको छ । उच्च पहाडी क्षेत्रमा लगाएको गहुँ, जौ, उवा, केराउ लगायत हिउँदेबालीको क्षति पु¥याएपछि कृषकहरु चिन्तित भएका छन ।... पुरा पढ्नुहोस

नेपाल रेडक्रस सोसाइटी शिख उपशाखाद्वारा राहत वितरण

सेते तिलिजा पुन म्याग्दी शिख, २६ माघ अन्नपूर्ण गाउँपालिका वडा नं ६ घारका भुपेन्द्र खड्काको घर मिति २०७५/१०/११ का दिनमा विद्युत सर्ट भएर आगो लाग्न गई पूरै घर ध्वस्त भएको थियो । त्यसमा जनको क्षती नभए पनि धनको भने निकै क्षती भएको थियो तर कति क्षती भयो भनेर बाहिर आएको... पुरा पढ्नुहोस

नगरपालिका क्षेत्रमा पनि हिमपात, धाराको पानी जम्यो, गाउँलेलाई समस्या

म्याग्दी, २६ माघ । म्याग्दी जिल्लाको तल्लो क्षेत्रमा पनि अहिले बिहानदेखि बाख्लो हिमपात भएको छ । अत्यधिक चिसोका कारण पानी जमेपछि धाराहरुमा पानी आएको छैन । विहान धारको पानी समेत जमेपछि स्थानीयलाई समस्या भएको छ । म्याग्दीको उपल्लो क्षेत्रमा पर्ने गुर्जा,मुदी,मुना, खोप्रा, घोडेपानी,पुनहिल लगाएतका क्षेत्रमा विहीवार साँझदेखिनै हिमपात भएपनि बेनी... पुरा पढ्नुहोस

जापानमा दुखत घटनाः एक महिनाकी छाेरीलाइ छाडेर संधैका लागि अस्ताइन प्रमिला

म्याग्दी, २५ माघ ।  जापानमा एक म्याग्देली चेलिको दुखत निधन भएको छ । अध्ययन र रोजगारिको शिलसिलामा श्रीमान संगै जापानको कुवानामा बस्दै आएकी म्याग्दीको रघुगंगा गाउँपालिका– ३ दुलेपानीकी प्रमिला दर्जीको उपचारको क्रममा विहिवार निधन भएको हो । एक महिना अघि अस्पतालमा छोरी जन्माएकी प्रमिलालाई ब्रेन ट्युमरको संक्रमण देखिएपछि अस्पतालमा भर्ना... पुरा पढ्नुहोस