म्याग्दी समाचार

मिर्गौला पिडित भण्डारीको उपचारमा सहयोगको याचना

म्याग्दीको रघुगंगा गाउँपालिका–३ फुलवारीका मिर्गौला पिडित चन्द्रबहादुर भण्डारीको उपचारमा सहयोगको याचना गरिएको छ । दुबै मिर्गौला फेल भएर गण्डकी क्षेत्रीय अस्पतालमा उपचार गराइरहनुभएका ४२ बर्षिय भण्डारीको आन्द्रामा समेत समस्या देखिएको र उपचारमा ठूलो खर्च लाग्ने भएकाले आफ्नो क्षमताले उपचार गराउन समस्या भएपछि घरपरिवारले सहयोग गर्न आग्रह गरेका हुन् । दसैँ... पुरा पढ्नुहोस

रघुगंगामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु (तस्बिर /भिडियो)

म्याग्दी ८ कात्तिक : म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाभित्रका विभिन्न १२ वटा विद्यालयले सहभागीता जनाएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजाले उद्घाटन गर्नुभएको छ । प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य गर्वुजाले विद्यार्थीहरुमा रहेको खेल प्रतिभाको पहिचान गर्न र प्रतिस्पर्धी... पुरा पढ्नुहोस

जेसिज कप फुटवल मंसिर १७ गतेदेखि २२ गतेसम्म हुने

म्याग्दीमा विद्यालय तहमा लोकप्रिय प्रतियोगिताको रुपमा चिनिएको जेसिज कप फुटवल मंसिर १७ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने भएको छ । म्याग्दी जेसिजको आयोजनामा सञ्चालन हुँदै आएको जेसिज कप फुटवल प्रतियोगिताको २२ औँ संस्करणलाई सम्पन्न गर्नका लागि विभिन्न उपसमिति गठन गरेर तयारीलाई तिब्र पारिएको जनाईएको छ । शनिवार बेनीमा आयोजित पत्रकार... पुरा पढ्नुहोस

धौलागिरि हिमालमा ज्यान गुमाएका पर्वतारोहीको शव सङ्कलन

म्याग्दी, असोज ३० गते । म्याग्दीको धवलागिरि गाउँपालिका ४ मुदीस्थित ८ हजार एकसय ६७ मिटर अग्लो धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच जना रसियन पर्वतारोहीको शव सङ्कलन गरी आधार शिविर ल्याइएको छ । बुधबार बिहान एभरेष्ट एयरको होलिकोप्टरबाट पुगेको उद्धार र टोलीले घटनास्थलबाट शव सङ्कलन गरी आधारशिविर ल्याएको हो... पुरा पढ्नुहोस

मुस्ताङमा कार र मोटरसाइकल ठोक्कियो, एकको मृत्यु

जोमसोम : मुस्ताङमा कार र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ। जोमसोमबाट लेतेतर्फ जाँदै गरेको ग१च ७६९२ नम्बरको कार र बेनीबाट जोमसोमतर्फ आउँदै गरेको मोटरसाइकल घरपझोङ-३ पुथाङ एअरपोर्ट नजिक मंगलबार साँझ ठोक्किएको प्रहरीले जानकारी दिएको छ।                     घटनामा आरु चनौटे-९ गोरखाका... पुरा पढ्नुहोस

साहसिक पदयात्राका लागि थोराङ्ला पास

म्याग्दी । शरद यामको सुरुआत र मनसुन निष्क्रिय हुँदै गएपछि खुल्न थालेको आकाश । अग्ला र नाङ्गा डाँडाको पृष्ठभूमिमा जता हेरे पनि देखिने हिमशृङ्खला । हिमाली बुकीको चरन खर्कबाट बेसी झर्दै गरेका चौँरी, याक, भेडाच्याङ्ग्रा र घोडाका बथान । विविधतायुक्त भूगोल, संस्कृति, प्रकृतिको सङ्गम र साहसिक मानिने थोराङ्ला झञ्ज्याङको पदयात्राको... पुरा पढ्नुहोस

पाँच आरोहीको शव एक सातादेखि धौलागिरि हिमालमै

२७ असोज, म्याग्दी । धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच पर्वतारोहीको शव एक हप्तासम्म पनि सङ्कलन हुन सकेको छैन । सात हजार एक सय मिटर उचाइमा मृत भेटिएका रुसका पाँच पर्वतारोहीको शव उठाउन र ल्याउन समस्या भएको छ । प्रतिकूल मौसम र भूगोलका कारण धौलागिरि हिमालबाट शव ल्याउने प्रयास... पुरा पढ्नुहोस

भगवती कोत मन्दिरमा राँगोको मार हान्न ४ लाख ७१ हजार रुपैयाँको बोलकबोल !

म्याग्दी ,२५ कात्तिक  ः  म्याग्दीको रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दिरमा नवमीका दिनमा बली चढाईने सरकारी राँगोको मार हान्न (काट्न) चार लाख ७१ हजार रुपैयाँको बोलकबोल भएको छ । विहिवार राती भएको कालरात्रीमा खुला बडीबढाउ मार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । ४५ मिनेटको समय सिमामा सुरु भएको... पुरा पढ्नुहोस

अमर माविका शिक्षकहरुद्धारा कोरला नाकाको अध्ययन अवलोकन

  म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा रहेको अमर माध्यमिक विद्यालयका शिक्षक कर्मचारीहरुले कोरला नाकाको अध्ययन अवलोकन भ्रमण गरेका छन् । नेपाल चीन सीमा क्षेत्र कोरोला नाकामा पुगेको दुई देश बिचको नाका सञ्चानको अवस्था, सम्भावना र निर्माण भैरहेको पूर्वाधारको अध्ययन अवलोकन गरिएको विद्यालयले जनाएको छ । बेनी–जोमसोम सडकखण्डमा पर्ने रुप्से झरना, संसारकै... पुरा पढ्नुहोस

मुस्ताङ यात्राको थकान मेटाउने भुरुङ्ग तातोपानी

२३ असोज, म्याग्दी । उपल्लो मुस्ताङको भ्रमण गरेर फर्किएका तनहुँका सुदीप न्यौपाने मङ्गलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानीको पोखरीमा दुई घण्टासम्म शरीर डुबाएर स्नान गरे । ‘मुस्ताङ यात्राको चिसो र थकान तातोपानीमा स्नान गरेपछि मेटियो’, उनले भने, ‘थकित शरीरमा तातोपानी नुहाएपछि स्फूर्ति आयो ।’ उनी जस्तै बेनी–जोमसोम सडक भएर... पुरा पढ्नुहोस