म्याग्दी समाचार

शिख र सिवाङमा नमूना आवासीय विद्यालय बनाउने योजना अलपत्र

बेनी, ४ भदौ । गण्डकी प्रदेश सरकारले म्याग्दीका दुई विद्यालयमा बनाउन लागेको नमूना आवासीय विद्यालयको योजना अलपत्र परेको छ । दुई बर्ष अघिबाट प्रदेश सरकारले जिल्लाको धवलागिरि गाउँपालिका ७ सिवाङमा रहेको हेम मावि र अन्नपूर्ण गाउँपालिका– ५ शिखमा रहेको शिख माविलाई नमूना आवासीय विद्यालयका लागि छनौट गरि पूर्वाधार निर्माण सुरु... पुरा पढ्नुहोस

बेनीमा फोहोर ब्यवस्थापन प्रभावकारी बन्दै

म्याग्दी, १ भदौँ । म्याग्दीको बेनी नगरपालिकाले बेनीबजारका घरधनीलाई वितरण गरेको बाल्टीन (डसविन)ले कुहिने र नकुहिने फोहोर ब्यवस्थापनमा सहज भएको छ। बेनी नगरपालिकाको वडानम्वर –७ र ८ मा बसोबास गर्नेलाई फोहोर ब्यवस्थापनका लागि डसविन वितरण गरेको हो । बेनी नगरपालिकाले गतबर्ष बजारका घरधनीलाई फोहोर ब्यस्थापनका लागि बाल्टी वितरणले सहयोग पुगेको... पुरा पढ्नुहोस

रिखारमा स्वास्थ्य सावधानी अपनाएर जनैपूर्णिमा पुजा हुने

बेनी, ३ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–८ मा अवस्थित पवित्र धार्मिक स्थल रिखारमा जनैपूर्णिमाको अवसरमा हुने पुजालाई स्वास्थ्य मापदण्डको पालना गरि निरन्तरा दिईने भएको छ । कोरोना महामारीको कारण अघिल्लो बर्षको पुजा प्रभावित भएपनि यस बर्ष भने स्वास्थ्य सावधानीलाई अपनाएर पुजालाई निरन्तरता गर्ने निर्णय भएको हो । रिखार संरक्षण समितिको... पुरा पढ्नुहोस

ग्यारेजमा ढिस्को खस्दा एक जनाको मृत्यु

बेनी, ३ भदौ । पर्वतको जलजला गाउँपालिकामा– ३ वारीबेनीमा रहेको रारा अटोमोवाईल्सको ग्यारेज माथिबाट खसेको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ । ग्यारजेमा बोलेरो जिप मर्मतको लागि आएका म्याग्दीको अन्नपुर्ण गाउँपालिका–८ राम्चेका ३७ बर्षिय टेकमान गर्वुजाको निधन भएको इलाका प्रहरी कार्यालय वारी बेनीका सइ भरत गौतमले जानकारी दिए । ग्यारेजमा... पुरा पढ्नुहोस

म्याग्दीमा ३६ जना कोरोना संक्रमित पुष्टि

  म्याग्दी, ३ भदौ । म्याग्दीमा ३६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। मंगलबार पिसिआर विधिबाट २७ जना र एन्टीजेन विधिबाट ९ जनामा कोरोना पुष्टि भएको हो । पिसिआर विधिबाट बेनी नगरपालिकामा १८ जना, गाउँपालिका अन्तरगत मंगलामा २ जना, मालिकामा १ जना, धौलागिरीमा १ जना, रघुगंगामा ३ जना, अन्रपुर्णमा १... पुरा पढ्नुहोस

प्रदेश सरकारबाट बजेट कटौती र म्याद थप नहुँदा म्याग्दीका दर्जनबढी योजना अलपत्र

कमल खत्री बेनी ३ भदौ । मंगला गाउँपालिका–३ बरंजामा रहेको महेन्द्ररत्न माध्यमिक विद्यालयमा छात्रबास भवन निर्माण योजना अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारले निर्माण गर्न लागेको यस योजनामा बजेट अभाबले योजना नै अलपत्र बनेको हो । रु २ करोड लागत अनुमान गरिएको यस योजनामा गत आर्थिक बर्षको अन्तमा रु... पुरा पढ्नुहोस

पहिरोले आवतजावत अबरुद्ध भएपछि राहुघाटको बाँध निर्माण रोकियो

म्याग्दी ३ भदौ । पहुँचमार्गमा पहिरो खसेपछि नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित राहुघाट जलविद्युत् आयोजनाको बाँध निर्माण कार्य रोकिएको छ । रघुगङ्गा गाउँपालिका–४ बुग्लको पहिरोका कारण मजदूर र ढुवानीका साधन आवतजावत गर्न नसकेपछि ४० मेगावाट क्षमताको राहुघाटको बाँध र १ नम्बर अडिटबाट सुरुङ निर्माण रोकिएको हो । बुग्लमा करिब ३०० मिटर... पुरा पढ्नुहोस

नयाँ गन्तव्य खोज्दै अन्नपूर्ण गाउँपालिका, पूर्वाधार र प्रचार प्रसारमा जोड (तस्बिर सहित)

म्याग्दी १ भदौ । पुरानो पदमार्गलाई सडकले विस्थापित गरेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका नयाँ गन्तव्यको पहिचान र प्रवर्द्धनमा जुटेको छ । अन्नपूर्णको भूगोललाई समेटेको विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको अन्धगल्छी–तातोपानी–घार–शिख–घोडेपानी–पुनहिल खण्डसडकले विस्थापित र छोटिएको छ । सडकले छोटिएको पदयात्रा र पर्यटकको बसाइ लम्ब्याउन नयाँ पर्यटकीयस्थल पहिचान, पूर्वाधार निर्माण र प्रवर्द्धनमा जोड दिएको... पुरा पढ्नुहोस

८८ बर्षिया बृद्धाले होम आईसोलेसन बसेरै जित्नुभयो कोरोना

म्याग्दी ३२ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँत निवासी ८८ बर्षिया बृद्धा जसी पाईजा पुनले होम आईसोलेसनबाटै कोरोना जित्नुभएको छ । गाउँपालिकाका स्वास्थ्यकर्मीहरुको टोलीले गरेको एन्टीजेन परिक्षणमा कोरोना संक्रमण पुष्टि भएपनि स्वास्थ्य अवस्था सामान्य भएपछि पुन होम आईसोलेनमै बस्नुभएको थियो । टाउको दुख्ने लगायतका सामान्य लक्षण देखिएकाले घरमै आईसोलेसन राखेर... पुरा पढ्नुहोस

धौलागिरि अस्पतालमा डायलासिस सेवा विस्तार

बागलुङ ३२ साउन । धौलागिरि अस्पतालले प्रदान गर्दै आएको डायलासिस सेवा विस्तार गरिएको छ । यसका लागि गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई थान डायलासिस मेसिन (डाइलोजर)अस्पताललाई पठाएको थियो । चार श्यामा सञ्चालमा आएको सो सेवा अब छ श्ययामा प्रदान गरिने छ । अस्पतालमा डायलासिस गर्ने बिरामीको चाप उच्च... पुरा पढ्नुहोस