उज्वेकिस्तानलाई हराउँदै नेपाल च्याम्पियन

  • १३ पुष २०७८, मंगलवार
  • 678 पटक पढिएको

म्याग्दी, १३ पुस । नेपालले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फको उपाधि जितेको छ । बंगलादेशको ढाका मंगलबार उज्वेकिस्तानलाई ३-२ को सेटमा हराउँदै नेपाल च्याम्पियन बनेको हो ।

मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा साविक विजेता समेत रहेको नेपालले पहिलो सेट २५-२४ ले जितेको थियो ।दोस्रो सेटमा उज्वेकिस्तान २५-२४ ले विजयी भयो । तेस्रो सेट नेपालले २५-१५ ले जित्यो । चौंथो सेट उज्वेकिस्तानले २५-२२ ले जित्दै खेल २-२ को अवस्थामा पुर्राए ।त्यसपछि पाँचौं सेटमा नेपालले १५-१० ले आफ्नो बनाउँदै उपाधि रक्षा गरेको हो ।

यससँगै नेपाल अपराजित रहदै च्याम्पियन बनेको हो । यस्तै सेन्ट्रल जोनको महिलातर्फ नेपाल लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । पुरुषतर्फ नेपालले तेस्रो स्थानका लागि उज्वेकिस्तानसँग खेल्नेछ । नेपाल र उज्वेकिस्तानबीचको खेल अपरान्ह १ः१५ बजे सुरु हुनेछ ।