म्याग्दी समाचार

खाने हो सिस्नुको तरकारी ! (फोटो कथा)

बेनी, २२ असोज । म्याग्दी सदरमुकाम बेनीमा तरकारीको लागि सिस्नु टिप्दै गरेकी महिला । स्वादिलो र प्रोटिनयुक्त सिस्नुको सुपले शरीरमा गर्मी बनाउने भएकाले जाडो याममा सिस्नुको तरकारी खाने गरिन्छ । सिस्नुलाई तत्कालै र पाउडर बनाएर धुलो समेत गरि दुबै तवरले खान सकिन्छ । पाउडर बनाउन पहिले सिस्नुको कलिला मुन्टा र... पुरा पढ्नुहोस

बेनीमा निःशुल्क पाठेघर सम्बन्धी स्वास्थ्य शिविर हुँदै

बेनी २१ असोज । म्याग्दी सदरमुकाम बेनीमा महिलाहरुको लागि निःशुल्क पाठेघर सम्बन्धी स्वास्थ्य शिविर हुने भएको छ । गैरआवासीय नेपाली दिवसको अवसर पारेर एनआरएनएको महिला तथा युवा विभागको आयोजना र म्याग्दी प्रवासी नेपाली संघको समन्वयमा बेनी स्थित बेनी सामुदायिक माविको प्राङ्गढमा असोज २३ गते शनिवारका दिन शिविर आयोजना गरिएको हो... पुरा पढ्नुहोस

धानखेतको फाँटमा लुेकेको बस्ती (फोटो फिचर)

बेनी, २१ असोज । म्याग्दीको मंगला गाउँपालिका–५ को कुर्सिम्लामा गरिएको धानखेत र ग्रामीण बस्तीको मनमोहक दृष्य । धानखेतको फाँटमा बसेको बस्ती हरियाली धानखेतले लोभ्याउने देखिएको छ । कुर्सिम्ला संगै खारापानी, छिसबाङ लगायतका बस्तीमा धानखेतीको दृष्य लोभलाग्दो छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

कांग्रेस बेनी नगरको विजय दशमीको शुभकामना आदान-प्रदान

बेनी, २१ असोज । नेपाली कांग्रेस बेनी नगर कार्यसमितिले बेनीमा महान पर्व विजय दशमीको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै गण्डकी प्रदेश उद्योग, पर्यटन, वाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले विजयदशमी, शुभदिपावली र छठ पर्वको अवसरमा सुख, शान्ति, एकताको शुभकामना दिएका थिए । सो कार्यक्रममा मन्त्री... पुरा पढ्नुहोस

ताकमबाट देखिएको मनोरम दृष्य ( तस्बिर)

बेनी, २१ असोज । म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकमबाट देखिएको चुरेन र गुर्जा हिमाल, हिलापोखरी गाउँ र धानखेती गरेको फाँटको मनोरम दृष्य । धौलागिरि पदमार्ग अन्तर्गत पर्ने ताकमबाट चुरेन र गुर्जा हिमालसंगै धौलागिरि हिमाललाई समेत अवलोकन गर्न सकिन्छ । परम्परागत ढुंगाले छाएर बनाएका घरहरु गुजुमुज्ज मिलेर बसेको ताकम पर्यटकीय सम्भावनायुक्त गाउँ... पुरा पढ्नुहोस

नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना

म्याग्दी २१ असोज । नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित जमरा राखेर घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ... पुरा पढ्नुहोस

अस्पताल प्रशासनसंगको सहमतिपछि स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता

बेनी, २० असोज । बेनी अस्पतालमा कार्यरत कर्मचारीले साउन देखिको तलब नपाएपछि सुरु गरेको आन्दोलन फिर्ता भएको छ । अस्पताल ब्यवस्थापन समिति र अस्पताल प्रशासन वार्तामा तलव पाउने सहमती भएसंगै आन्दोलित बनेका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले आन्दोलन फिर्ता गरेका हुन् । बुधवार विहान तलबको माग गर्दै स्वास्थ्यकर्मीहरुले सेवा बन्द गर्दै... पुरा पढ्नुहोस

म्याग्दीमा विविध कार्यक्रम गरि प्रहरी दिवस मनाइयो (तस्बिर सहित)

म्याग्दी २० असोज । ६६ औँ प्रहरी दिवस म्याग्दीमा विविध कार्यक्रम गरि मनाईएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीको आयोजनामा बुधवार भूतपूर्व ज्येष्ठ प्रहरी, उत्कृष्ट प्रहरी कर्मचारी र सहयोगदातालाई सम्मान सहित विजया दशर्मी, दीपावली,छट पर्वको पावन अवसरमा शुभकामना आदान–प्रदान गरेर मनाइएको हो । दिवसको अवसरमा प्रमुख प्रहरी नायव उपरीक्षक श्याम... पुरा पढ्नुहोस

अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा सुदिन पौडेल चयन

  म्याग्दी, २० असोज । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा सुदिन पौडेल सर्वसम्मत चयन भएका छन् । असोज ९ गते भएको गण्डकी प्रदेशको सम्मेलनबाट पौडेल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्। अखिल क्रान्तिकारी गण्डकी प्रदेशको अध्यक्षका लागि नारायण बडालले आकांक्षा देखाएका थिए। तर, अन्तिममा पौडेलको नाममा... पुरा पढ्नुहोस

तलब नपाएपछि बेनी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित, सेवाग्राही समस्यामा

म्याग्दी २० असोज । म्याग्दी सदरमुकाममा रहेको बेनी अस्पतालमा कार्यरत कर्मचारीले तलब नपाएपछि आन्दोलित बनेका छन् । अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुले बिगत तीन महिनायता तलब नपाएपछि बुधवार विहादेखि आकस्मिक बाहेकको स्वास्थ्य सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन् । अस्पताल व्यवस्थापन समितिलाई दुई दिन अघि ४८ घण्ट अल्टिमेटम सहित... पुरा पढ्नुहोस