म्याग्दी समाचार

म्याग्दीमा ३६ जना कोरोना संक्रमित पुष्टि

  म्याग्दी, ३ भदौ । म्याग्दीमा ३६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। मंगलबार पिसिआर विधिबाट २७ जना र एन्टीजेन विधिबाट ९ जनामा कोरोना पुष्टि भएको हो । पिसिआर विधिबाट बेनी नगरपालिकामा १८ जना, गाउँपालिका अन्तरगत मंगलामा २ जना, मालिकामा १ जना, धौलागिरीमा १ जना, रघुगंगामा ३ जना, अन्रपुर्णमा १... पुरा पढ्नुहोस

प्रदेश सरकारबाट बजेट कटौती र म्याद थप नहुँदा म्याग्दीका दर्जनबढी योजना अलपत्र

कमल खत्री बेनी ३ भदौ । मंगला गाउँपालिका–३ बरंजामा रहेको महेन्द्ररत्न माध्यमिक विद्यालयमा छात्रबास भवन निर्माण योजना अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारले निर्माण गर्न लागेको यस योजनामा बजेट अभाबले योजना नै अलपत्र बनेको हो । रु २ करोड लागत अनुमान गरिएको यस योजनामा गत आर्थिक बर्षको अन्तमा रु... पुरा पढ्नुहोस

पहिरोले आवतजावत अबरुद्ध भएपछि राहुघाटको बाँध निर्माण रोकियो

म्याग्दी ३ भदौ । पहुँचमार्गमा पहिरो खसेपछि नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित राहुघाट जलविद्युत् आयोजनाको बाँध निर्माण कार्य रोकिएको छ । रघुगङ्गा गाउँपालिका–४ बुग्लको पहिरोका कारण मजदूर र ढुवानीका साधन आवतजावत गर्न नसकेपछि ४० मेगावाट क्षमताको राहुघाटको बाँध र १ नम्बर अडिटबाट सुरुङ निर्माण रोकिएको हो । बुग्लमा करिब ३०० मिटर... पुरा पढ्नुहोस

नयाँ गन्तव्य खोज्दै अन्नपूर्ण गाउँपालिका, पूर्वाधार र प्रचार प्रसारमा जोड (तस्बिर सहित)

म्याग्दी १ भदौ । पुरानो पदमार्गलाई सडकले विस्थापित गरेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका नयाँ गन्तव्यको पहिचान र प्रवर्द्धनमा जुटेको छ । अन्नपूर्णको भूगोललाई समेटेको विश्वप्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको अन्धगल्छी–तातोपानी–घार–शिख–घोडेपानी–पुनहिल खण्डसडकले विस्थापित र छोटिएको छ । सडकले छोटिएको पदयात्रा र पर्यटकको बसाइ लम्ब्याउन नयाँ पर्यटकीयस्थल पहिचान, पूर्वाधार निर्माण र प्रवर्द्धनमा जोड दिएको... पुरा पढ्नुहोस

८८ बर्षिया बृद्धाले होम आईसोलेसन बसेरै जित्नुभयो कोरोना

म्याग्दी ३२ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँत निवासी ८८ बर्षिया बृद्धा जसी पाईजा पुनले होम आईसोलेसनबाटै कोरोना जित्नुभएको छ । गाउँपालिकाका स्वास्थ्यकर्मीहरुको टोलीले गरेको एन्टीजेन परिक्षणमा कोरोना संक्रमण पुष्टि भएपनि स्वास्थ्य अवस्था सामान्य भएपछि पुन होम आईसोलेनमै बस्नुभएको थियो । टाउको दुख्ने लगायतका सामान्य लक्षण देखिएकाले घरमै आईसोलेसन राखेर... पुरा पढ्नुहोस

धौलागिरि अस्पतालमा डायलासिस सेवा विस्तार

बागलुङ ३२ साउन । धौलागिरि अस्पतालले प्रदान गर्दै आएको डायलासिस सेवा विस्तार गरिएको छ । यसका लागि गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई थान डायलासिस मेसिन (डाइलोजर)अस्पताललाई पठाएको थियो । चार श्यामा सञ्चालमा आएको सो सेवा अब छ श्ययामा प्रदान गरिने छ । अस्पतालमा डायलासिस गर्ने बिरामीको चाप उच्च... पुरा पढ्नुहोस

पर्यटकियस्थल मुन्द्रा चढाउने डाँडामा पुग्ने पदमार्ग निर्माण

म्याग्दी, ३१ साउन । अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर २ स्थित भुरुङ्ग–तातोपानी कुण्ड म्याग्दी जिल्लाकै प्रमुख पर्यटकीय गन्तब्य स्थलको रुपमा परिचिति छ । अन्नपूर्ण गाउँपालिकाले भुरुङ–तातोपानीमा आउने पर्यटकको बसाई लम्बाउन मान्द्रेढुङ्गा हुँदै बराहगुफादेखि मुन्द्रा चढाउने डाँडासम्म पदमार्गसंगै पर्यटकिय पुर्वाधार निर्माणमा जोड दिएको छ। धौलागिरी आइसफल पदमार्गमा पर्ने भुरुङ्ग तातोपानीको शिरमा रहेको... पुरा पढ्नुहोस

मुक्तिनाथ बहुउदेश्यीय सहकारीको सेवा केन्द्र सुभारम्भ

मौवाफाँट ३१ साउन । म्याग्दी सदरमुकाम बेनीबाट सञ्चालित मुक्तिनाथ बहुउदेश्यीय सहकारी संस्थाले रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सेवा केन्द्र विस्तार गरेको छ । सहकारीको सेवालाई स्थानीय तहहरुमा विस्तार गर्ने योजना अन्तर्गत मौवाफाँटमा पहिलो सेवा केन्द्र विस्तार गरिएको सहकारीले जनाएको छ । बचत तथा ऋणको कारोबार संगै अन्य आधुनिक वित्तिय सेवा समेत... पुरा पढ्नुहोस

बेनीका सबै वडामा माओवादीको वडा कमिटी पुर्नगठन

  बेनी, ३० साउन । नेपाल कम्युनिष्ट पार्टी .(नेकपा) माओवादी केन्द्रले बेनी नगरपालिकाको दश वटै वडामा कमिटी पुर्नगठन गरेको छ । नगर कमिटीका अध्यक्ष शेरबहादुर केसीले केन्द्रिय कार्यक्रम अनुसार सबै वटामा बिस्तारित भेला गरेर वडा कमिटी पुर्नगठन गरेको बताउनुभयो । रत्नेचौरमा हिराबहादुर बोगटी (सुरत) अध्यक्ष, नरबहादुर थापा (निशान) सचिब रहेको २९... पुरा पढ्नुहोस

धाइरिङमा माओवादीको वडा कमिटी पुर्नगठन

  पर्वत, ३० साउन । जलजला गाउँपालिका–७ धाइरीङमा शनिबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको वडा कमिटी पुर्नगठन भएको छ । बाँसबोटमा भएको वडा कमिटीको बिस्तारित भेलाले हरिप्रसाद आचार्य अध्यक्ष र सन्तोष परियार सचिब रहेको २९ सदस्यीय कमिटी पुर्नगठन गरेको हो । माओवादी केन्द्रका गाउँपालिका कमिटी अध्यक्ष दिपक आचार्यको प्रमुख आतिथ्यतामा... पुरा पढ्नुहोस