म्याग्दी समाचार

राहुघाट र बगरखोलामा ‘बेलीब्रिज’

म्याग्दी, ८ भदौ । जिल्लाको रघुगंगा गाउँपालिकास्थित राहुघाट र बगरखोलामा मोटर चल्ने दुईवटा पुल (बेलीब्रिज) निर्माण भएको छ । राहुघाट नदीमा एकैसाथ ८३.५ मेगावाट क्षमताका दुई जलविद्युत् आयोजना निर्माण गरिरहेको तुदी पावर कम्पनीले बनाएको बेलीब्रिजबाट स्थानीयवासीलाई पनि सुविधा पुगेको छ । आयोजनाका इञ्जीनियर नरोत्तम कार्कीले रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको बगरखोलामा ३०... पुरा पढ्नुहोस

दुधेखोलामा बाढी : एक घर बगायो, खानेपानी, विद्यूत र सडक अवरुद्ध

म्याग्दी, ७ भदौ । म्याग्दीको बेनी नगरपालिका– ३ स्थित दुधेखोलामा गए राती आएको बाढीले एक घर बगाएको छ । बाढीले बस्तीनै जोखिममा पारेको छ । बाढीले स्थानीय दीपा पुनको घर बगाउँदा करिब १७ लाख बराबरको क्षति भएको छ । राती १२ बजे आएको बाढीले बाढीले घरमा रहेका लत्ता कपडा,खाद्यान्न र... पुरा पढ्नुहोस

गुर्जामा जडीबुटीको व्यावसायिक खेती विस्तार

म्याग्दी ५ भदौ । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा जडीबुटीको व्यावसायिक खेती विस्तार गरिएको छ । स्थानीय हिमाली कृषि सहकारी अन्तर्गत रहेको कृषक समूहले सामुहिक रुपमा जडीबुटीको खेती सुरु गरेका हुन् । गत बर्षदेखि जडीबुटी खेती सुरु गरेको समूहले यस बर्ष करिब २ रोपनी जग्गामा अतिसको खेती विस्तार गरिएको छ ।... पुरा पढ्नुहोस

चिमखोला–राहुघाट प्रसारण लाइन आयोजना अघि बढ्यो

म्याग्दी ४ भदौ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलादेखि पिप्लेको राहुघाट जोड्ने २२० केभी क्षमताको चिमखोला–राहुघाट प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढेको छ । मङ्गले र अपर (माथिल्लो) राहुघाट जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्न दुवै आयोजनाको प्रबद्र्धक तुँदी पावर कम्पनीले चिमखोलादेखि राहुघाट सवस्टेशनसम्म १३ किलोमिटर दूरीको प्रसारण लाइन बनाउन... पुरा पढ्नुहोस

नाङ्गी बराहीमा जनैपूर्णिमा पुजा स्थगीत

बेनी, ४ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नाङ्गीमा मा अवस्थित पवित्र थार्मिक स्थल नाङ्गी बराही थानमा जनैपूर्णिमा पर्वको अवसरमा हुने विशेषपुजा स्थगीत गरिएको छ । यस बर्ष कोरोना संक्रमणको जोखिमका कारण भदौ ६ गते परेको जनैपूर्णिमाको अवसरमा कुनैपनि पुजा आजा नहुने र सबै पुजाआजा स्थगीत गरिएको पुजा समितिका संयोजक खरबहादुर... पुरा पढ्नुहोस

शिख र सिवाङमा नमूना आवासीय विद्यालय बनाउने योजना अलपत्र

बेनी, ४ भदौ । गण्डकी प्रदेश सरकारले म्याग्दीका दुई विद्यालयमा बनाउन लागेको नमूना आवासीय विद्यालयको योजना अलपत्र परेको छ । दुई बर्ष अघिबाट प्रदेश सरकारले जिल्लाको धवलागिरि गाउँपालिका ७ सिवाङमा रहेको हेम मावि र अन्नपूर्ण गाउँपालिका– ५ शिखमा रहेको शिख माविलाई नमूना आवासीय विद्यालयका लागि छनौट गरि पूर्वाधार निर्माण सुरु... पुरा पढ्नुहोस

बेनीमा फोहोर ब्यवस्थापन प्रभावकारी बन्दै

म्याग्दी, १ भदौँ । म्याग्दीको बेनी नगरपालिकाले बेनीबजारका घरधनीलाई वितरण गरेको बाल्टीन (डसविन)ले कुहिने र नकुहिने फोहोर ब्यवस्थापनमा सहज भएको छ। बेनी नगरपालिकाको वडानम्वर –७ र ८ मा बसोबास गर्नेलाई फोहोर ब्यवस्थापनका लागि डसविन वितरण गरेको हो । बेनी नगरपालिकाले गतबर्ष बजारका घरधनीलाई फोहोर ब्यस्थापनका लागि बाल्टी वितरणले सहयोग पुगेको... पुरा पढ्नुहोस

रिखारमा स्वास्थ्य सावधानी अपनाएर जनैपूर्णिमा पुजा हुने

बेनी, ३ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–८ मा अवस्थित पवित्र धार्मिक स्थल रिखारमा जनैपूर्णिमाको अवसरमा हुने पुजालाई स्वास्थ्य मापदण्डको पालना गरि निरन्तरा दिईने भएको छ । कोरोना महामारीको कारण अघिल्लो बर्षको पुजा प्रभावित भएपनि यस बर्ष भने स्वास्थ्य सावधानीलाई अपनाएर पुजालाई निरन्तरता गर्ने निर्णय भएको हो । रिखार संरक्षण समितिको... पुरा पढ्नुहोस

ग्यारेजमा ढिस्को खस्दा एक जनाको मृत्यु

बेनी, ३ भदौ । पर्वतको जलजला गाउँपालिकामा– ३ वारीबेनीमा रहेको रारा अटोमोवाईल्सको ग्यारेज माथिबाट खसेको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ । ग्यारजेमा बोलेरो जिप मर्मतको लागि आएका म्याग्दीको अन्नपुर्ण गाउँपालिका–८ राम्चेका ३७ बर्षिय टेकमान गर्वुजाको निधन भएको इलाका प्रहरी कार्यालय वारी बेनीका सइ भरत गौतमले जानकारी दिए । ग्यारेजमा... पुरा पढ्नुहोस

म्याग्दीमा ३६ जना कोरोना संक्रमित पुष्टि

  म्याग्दी, ३ भदौ । म्याग्दीमा ३६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। मंगलबार पिसिआर विधिबाट २७ जना र एन्टीजेन विधिबाट ९ जनामा कोरोना पुष्टि भएको हो । पिसिआर विधिबाट बेनी नगरपालिकामा १८ जना, गाउँपालिका अन्तरगत मंगलामा २ जना, मालिकामा १ जना, धौलागिरीमा १ जना, रघुगंगामा ३ जना, अन्रपुर्णमा १... पुरा पढ्नुहोस