म्याग्दी समाचार
बाँझो जग्गा उपयोगमा ल्याउन घरेलु उद्योग महासंघको माग
- 3 बर्ष, 7 महिना अगाडि
- ३० जेष्ठ २०७९, सोमबार
म्याग्दी ३० जेठ । नेपाल घरेलु तथा साना उद्योग महासंघ म्याग्दीले बाँझो जग्गामा युवाहरुलाई परिचालन गरि उपयोगमा ल्याउन माग गरेको छ । सोमबार बेनी नगरपालिकाका प्रमुख सुरत केसीलाई ज्ञापन पत्र बुझाउँदै महासंघ म्याग्दीका अध्यक्ष अमर बानियाँले नगर क्षेत्र भित्रका खेतियोग्य तर बाँझो रहेका जग्गाको पहिचान गरि बेरोजगार युवा परिचालन गरेर... पुरा पढ्नुहोस
रघुगङ्गामा सूचना प्रविधिको प्रयोग गरेर सेवा प्रवाह : ‘सफ्टवेयरबाट रसिद’
- 3 बर्ष, 7 महिना अगाडि
- ३० जेष्ठ २०७९, सोमबार
म्याग्दी ३० जेठ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले सूचना प्रविधिको प्रयोग गरेर सेवा प्रवाहमा सुधारको प्रयास गरेको छ । सफ्टवेयरबाट राजस्वको बिल काट्ने, अभिलेखलाई सर्भर बनाएर भण्डारण गर्ने, विद्युतीय माध्यमबाट व्यक्तिगत घटना दर्ता, कार्यालयमा उपस्थित भएर औँठाछाप लगाउनुपर्ने बाहेकका सेवाका लागि इमेलबाट निवेदन लिने र सेवा दिने गरेको हो । सूचना... पुरा पढ्नुहोस
बुकुखोला जलविद्युत आयोजनाका लागि म्याग्दीमा लगानी जुटाईदै
- 3 बर्ष, 7 महिना अगाडि
- २९ जेष्ठ २०७९, आईतवार
म्याग्दी, २९ जेठ । ओखलढुङ्गामा निर्माण हुने लागेको ६ मेगावाट क्षमताको बुकुखोला जलविद्युत आयोजनाको लागि म्याग्दीमा लगानी जुटाउन लागिएको छ । एपोलो हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको उक्त आयोजनाका संचालक समेत रहनुभएको म्याग्दीका उद्यमी प्रमोद श्रेष्ठको नेतृत्वमा आयोजनाका लागि संस्थापक शियर रुपमा लगानी जुटाउन लागिएको हो । ओखलढुङ्गाको खिजीडेम्वा गाउँपालिकाको... पुरा पढ्नुहोस
बेनीमा किशोरी सम्मेलन
- 3 बर्ष, 7 महिना अगाडि
- २९ जेष्ठ २०७९, आईतवार
बेनी, २९ जेठ । म्याग्दीको सदरमुकाम बेनीमा गण्डकी प्रदेशस्तरीय किशोरी सम्मेलन गरिएको छ। संगम म्याग्दीको आयोजना र गल्स फस्ट फन्टको आर्थिक सहयोग र धवलागिरी गाउँपालिकाको समन्वयमा गण्डकी प्रदेशस्तरीय किशोरी सम्मलेन भएको हो । जिल्ला समन्वय समितिको सभाहलमा म्याग्दीको धवलागिरी गाउँपालिकाको ११ वटा स्कूल, बेनी नगरपालिकाको ९ वटा स्कुल र तनहु,... पुरा पढ्नुहोस
हङकङका लागि पर्यटन दूतमा म्याग्दीका प्रकाश पुन नियुक्त
- 3 बर्ष, 7 महिना अगाडि
- २८ जेष्ठ २०७९, शनिबार
म्याग्दी, २८ जेठ । म्याग्दीका प्रकाश पुन हङकङका लागि नेपाली पर्यटन दूतमा नियुक्त हुनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारको मन्त्रीस्तरीय बैठकबाट हङकङमा व्यवसाय गर्दै आउनुभएका पुनलाई पर्यटन दूतमा नियुक्त गरेको हो । दुई दशक अघि ब्रिटीस आर्मीबाट अवकास प्राप्त गर्दै हङकङबाट ब्यापार ब्यवसाय शूरु गर्नुभएको पुन... पुरा पढ्नुहोस
बेगखोलामा झोलुङ्गे पुल निर्माण
- 3 बर्ष, 7 महिना अगाडि
- २८ जेष्ठ २०७९, शनिबार
म्याग्दी २८ जेठ । बर्खामा बाढी आएर आवतजावतनै बन्द हुने म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बेगखोलामा बाढी आउँदा आवतजावत आवरुद्ध हुने र जोखिमपुर्ण यात्रा गर्नुपर्ने समस्या हटाउन झोलुङ्गे पुल बनाइएको हो । पूर्वाधार विकास कार्यालयले ठेक्कामार्फत ८०... पुरा पढ्नुहोस
भकिम्लीलाई छुवाछुतमुक्त वडा घोषणा
- 3 बर्ष, 7 महिना अगाडि
- २७ जेष्ठ २०७९, शुक्रबार
म्याग्दी २७ जेठ । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीलाई जातीय छुवाछुत मुक्त वडा घोषणा गरिएको छ । शुक्रबार वडामा आयोजित कार्यक्रममा जातीय उत्पीडनको अन्त्यसँगै छुवाछुतमुक्त वडा घोषणा गरिएको हो । बि.स २०७४ सालदेखि सुरू भएको अभियानमा जातिय छुवाछुतमुक्त क्षेत्र घोषणाको लागि आवश्यक सबै सूचक पुरा भएपछि वडा अध्यक्ष पदम पुनले औपचारीक... पुरा पढ्नुहोस
चिमखोलामा बहुआयामिक नमूना ग्राम कार्यक्रम लागू
- 3 बर्ष, 7 महिना अगाडि
- २७ जेष्ठ २०७९, शुक्रबार
म्याग्दी , २७ जेठ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा बहुआयामिक नमूना ग्राम कार्यक्रम लागू भएको छ । विपन्न, सीमान्तकृत समुदायलाई समेटेर लैङ्गिक समानताउन्मुख नमूना गाउँ स्थापना गर्ने उद्देश्यले दलित र मगर समुदायको बसोबास भएको चिमखोलामा नमूना ग्राम कार्यक्रम सञ्चालन गरिएको हो । सडक, खानेपानी, विद्युत्, सञ्चार, पैदलमार्ग, भवनलगायत भौतिक पूर्वाधार... पुरा पढ्नुहोस
म्याग्दीमा दुई तिहाइभन्दा बढी पुँजीगत बजेट खर्च हुन बाँकी
- 3 बर्ष, 7 महिना अगाडि
- २७ जेष्ठ २०७९, शुक्रबार
म्याग्दी, २७ जेठ । चालु आर्थिक वर्ष २०७८÷७९ सकिन करिब एक महिना बाँकी रहँदा म्याग्दीमा भित्रिएको दुई तिहाइभन्दा बढी विकास बजेट खर्च हुन बाँकी छ । आर्थिक वर्षको करिब ११ महिनाको अवधिमा म्याग्दीमा सङ्घीयको पुँजीगततर्फ १९.८७ प्रतिशत र प्रदेशको पुँजीगततर्फ ३२.३६ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयले... पुरा पढ्नुहोस
बेनीको खुलामञ्चमा ‘मिनी रंगशाला’ बनाउने योजना अलपत्र
- 3 बर्ष, 7 महिना अगाडि
- २६ जेष्ठ २०७९, बिहीबार
धिरन खत्री म्याग्दी २५ जेठ । म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा लामो समयदेखि युवाहरुले खेलकुद अभ्यास गर्न पाएका छैनन् । खुलामञ्चलाई स्तरोन्नती गरि मिनी रंगशाला बनाउने काम सुरु भएको बर्षौ बितेपनि बजेट अभावले योजना अलपत्र बनेको छ । खुलामञ्चमा खेल अभ्यास गर्ने खेलाडीहरु यस अघि राष्ट्रिय र अन्तराष्ट्रियस्तर सम्म पुगिसकेको भएपनि... पुरा पढ्नुहोस