म्याग्दी समाचार
मालिका गाउँपालिकामा कार्यालय समयमा कर्मचारीलाई सामाजिक सञ्जाल चलाउन रोक
- 3 बर्ष, 1 महिना अगाडि
- ११ श्रावण २०७९, बुधबार
म्याग्दी, ११ साउन । म्याग्दीको मालिका गाउँपालिकामा कार्यालय समयमा कर्मचारीलाई सामाजिक सञ्जाल चलाउन रोक लगाईएको छ । मालिका गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हेमराज काफ्लेले बुधबार सामािजक सञ्जाल सञ्चालन सम्वन्धमा सूचना जारी गर्दै गाउँ कार्यपालिका कार्यालय, स्वास्थ्य केन्द्र र एकाईका सबै कर्मचारीलाई कार्यालय समयमा फेसबुक, ईस्टाग्राम, टिकटक, लगायतको सामाजिक सञ्जाल... पुरा पढ्नुहोस
म्याग्दीमा छ हजार नागरिकता वितरण
- 3 बर्ष, 1 महिना अगाडि
- १० श्रावण २०७९, मंगलवार
म्याग्दी १० साउन । जिल्ला प्रशासन कार्यालयले एक वर्षको अवधिमा करिब छ हजार जनालाई नयाँ नागरिकता वितरण गरेको छ । गत आर्थिक वर्ष २०७८÷७९ मा पाँच हजार ७०४ जनालाई वंशजका आधारमा नयाँ र पाँच हजार ८९९ जनालाई प्रतिलिपी नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । एक जनाले वैवाहिक... पुरा पढ्नुहोस
म्याग्दीका पाँच हजार बढी घरधुरीमा खानेपानीको सुविधा विस्तार
- 3 बर्ष, 1 महिना अगाडि
- १० श्रावण २०७९, मंगलवार
बेनी, १० साउन । म्याग्दीमा चारवर्षको अवधिमा पाँचहजार भन्दा बढी घुरधुरीमा ‘एक घर एक धारा’ खानेपानीको सुविधा विस्तार भएको छ । गण्डकी प्रदेश सरकारले सुरुवात गरेको हरेक घरधुरीमा खानेपानीको पहुँच पुर्याउने अभियान अन्तरगत हालसम्म पाँच हजार एकसय ३७ घरधुरीमा खानेपानी पुर्याइएको हो । खानेपानी,जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय म्याग्दी... पुरा पढ्नुहोस
जब कृषकले गाउँपालिका परिसरमै सुन्तलाका विरुवा राखेर विरोध गरे……
- 3 बर्ष, 1 महिना अगाडि
- १० श्रावण २०७९, मंगलवार
बेनी, १० साउन । रघुगंगा गाउँपालिका–२ भगवतीका युवा कृषक बालकृष्ण कटुवाल यस क्षेत्रमा व्यावसायिक सुन्तला खेतीको सुरुवात गर्ने युवा कृषकको रुपमा परिचित हुनुहुन्छ । उहाँले सुन्तलाको खेती संगै सुन्तलाका विरुवा उत्पादनका लागि ‘भगवती सुन्तला कृषि फर्म’ स्थापना गर्नुभएको छ । कटुवालको फर्ममा करिब ४५ हजार सुन्तलाका विरुवा उत्पादन भएका छन्... पुरा पढ्नुहोस
गुर्जामा जुवातास बन्दको सकारात्मक प्रभाव
- 3 बर्ष, 1 महिना अगाडि
- ९ श्रावण २०७९, सोमबार
म्याग्दी, ९ साउन । म्याग्दीको धवलागिरी गाउँपालिका– १ गुर्जामा जुवातास बन्द गर्ने निर्णयलाई आगामी दिनमा निरन्तर कार्यान्वयन गरिने भएको छ । सोमबार गुर्जामा बसेको वडाका जनप्रतिनिधिहरुको बैठकले वडामा जुवातास बन्द र विहान ५ बजेदेखि बेलुका ५ बजेसम्म मदिरा सेवन नगर्ने निर्णयलाई आगामी दिनमा निरन्तर कार्यान्वयन गरिने निर्णय गरेको हो ।... पुरा पढ्नुहोस
म्याग्दीमा एक वर्षको अवधिमा ७७० घरधुरीमा विद्युत् सुविधा विस्तार
- 3 बर्ष, 1 महिना अगाडि
- ९ श्रावण २०७९, सोमबार
म्याग्दी ९ साउन । म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा ७७० घरधुरीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले आर्थिक वर्ष २०७८/७९ मा जिल्लाका विभिन्न ठाउँमा सो सङ्ख्यामा उपभोक्ता थपिएका जनाएको छ । केन्द्रका प्रमुख प्रशान्त झाले थप ११ किलोमिटर ११ केभी र... पुरा पढ्नुहोस
पूर्वाधार निर्माण गर्दै बगरफाँटवासी
- 3 बर्ष, 1 महिना अगाडि
- ९ श्रावण २०७९, सोमबार
म्याग्दी ९ साउन । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका बासिन्दा गाउँलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्य बनाउन जुटेका छन् । म्याग्दी नदीको किनारमा विशाल खेतको फाँटमा दुर्गा भगवतीको मन्दिर निर्माण गरेका उनीहरुले अहिले मन्दिर वरपरको क्षेत्रलाई धार्मिक पर्यटकमैत्री पूर्वाधार निर्माणमा व्यस्त छन् । वरिपरि धान खेतको फाँट, बीचमा अग्लो भूभाग, त्यही अग्लो... पुरा पढ्नुहोस
प्रेस युनियनको केन्द्रीय सदस्यमा म्याग्दीका ध्रुवसागर शर्मा निर्वाचित
- 3 बर्ष, 1 महिना अगाडि
- ९ श्रावण २०७९, सोमबार
म्याग्दी ९ साउन । नेपाल प्रेस युनियनको केन्द्रीय सदस्यमा म्याग्दीका ध्रुवसागर शर्मा निर्वाचित हुनुभएको छ । हेटौडामा सम्पन्न ९ औँ महाधिवेशनबाट गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै शर्मा लोकप्रिय मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै निर्वाचित हुने दूई जनाको कोटामा तीन जनाबिच प्रतिस्पर्धा भएको थियो ।... पुरा पढ्नुहोस
जेमका १०० घरमा सोलार जडान
- 3 बर्ष, 1 महिना अगाडि
- ८ श्रावण २०७९, आईतवार
म्याग्दी ८ साउन । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित मालिका गाउँपालिका–२ जेमका एक सय घरमा सोलार जडान गरिएको छ । गण्डकी प्रदेश सरकारको ‘उज्यालो प्रदेश कार्यक्रम’अन्तर्गत खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले ५० वाट क्षमताको सोलार जडान गरेको हो । कार्यालयका ईञ्जिनीयर अञ्जन खत्रीले कार्यविधिअनुसार कार्यालयको ७५ प्रतिशत... पुरा पढ्नुहोस
ल्याम्हःपुचःको नयाँ नेतृत्व चयन
- 3 बर्ष, 1 महिना अगाडि
- ८ श्रावण २०७९, आईतवार
म्याग्दी ८ साउन । पौराणिक कला ,संस्कृतीको संरक्षण एवं जगेर्ना गर्दै समाजमा रहेका बिभिन्न जातजातिहरुसंग हातेमालो गरी म्याग्दी जिल्लाकै पहिचान बोकेको कला संस्कृतीको प्रर्वद्धनमा अगाडी बढीरहेको नेपाल भाषा मंकाःखलःअन्तर्गत यूवाहरुको संस्था ल्याम्हःपुचःको चौथो अधिवेशन मंकाःखलःको भवनमा शनिवार सम्पन्न भएको छ । चौथो अधिवेशनले जेनेस श्रेष्ठको नेतृत्वमा २१ सदस्यीय समिति सर्वसम्मत... पुरा पढ्नुहोस