म्याग्दी समाचार
म्याग्दीमा पनि सुरु भयो चुनावी चहलपहल
- 3 बर्ष, 2 महिना अगाडि
- १२ भाद्र २०७९, आईतवार
संघ र प्रदेशको निर्वाचन आउन अबसाढे दूई महिना बाँकी रहँदा म्याग्दीमा विभिन्न राजनीतिक दलको चुनाव केन्द्रित चहलपहल सुरु हुन थालेको छ । मङ्सिर ४ गते हुने प्रदेश र संघको निर्वाचनलाई लक्ष्य गर्दै जिल्लाका राजनीतिक दलले चुनाव केन्द्रित भेला, छलफल र गोष्ठीजस्ता गतिविधि सञ्चालन गर्न थालेका छन् । चुनावको तयारीका लागि... पुरा पढ्नुहोस
पहिरोले बेनी–बागलुङ सडक अवरुद्ध
- 3 बर्ष, 2 महिना अगाडि
- १२ भाद्र २०७९, आईतवार
बेनी, १२ भदौ । पहिरोले बेनी–बागलुङ सडक अवरुद्ध बनेको छ । बेनी नगरपालिका–२ हाँडेभिरमा हालै विस्तार गरेर ढलान गरिएको सडक पहिरो खसेर पुरिएको हो । थप पहिरो खस्ने जोखिम भएकाले खसेको पहिरो पन्छाउन नसक्दा आवतजावत बन्द भएको छ । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बागलुङ–बेनी सडक बन्द भएपछि निर्माणाधीन... पुरा पढ्नुहोस
राखु भगवतीमा नेवारको पुर्खौली लाखे नाच
- 3 बर्ष, 2 महिना अगाडि
- ११ भाद्र २०७९, शनिबार
म्याग्दी, ११ भदौ । विभिन्न जातजातीको कलासस्कृतिले भरिपूर्ण रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा लाखे नाच देखाईएको छ । हटियामा रहेका नेवार समुदायले विगत देखाउदै आएको लाखे शनिबार देखाएका हुन् । युवा पस्ताको कारण विगत ५ बर्षसम्म हुन नसकेको लाखे नाच यस बर्ष युवाहरु मिलेर गरेको मिलन श्रेष्ठले बताए ।... पुरा पढ्नुहोस
भदौ १३ देखि १५ सम्म मतदाता नामावलीको त्रुटि सच्याउन सकिने
- 3 बर्ष, 2 महिना अगाडि
- ११ भाद्र २०७९, शनिबार
मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको तयारीको लागि आइतबारदेखि निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्दैछ । यस अन्तर्गत भदौ १२ गते सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित... पुरा पढ्नुहोस
बेनीमा सस्तोमा सम्झौता गरेको जग्गामा टहरा बनाएर महँगोमा भाडामा लगाउने प्रवृति
- 3 बर्ष, 2 महिना अगाडि
- ११ भाद्र २०७९, शनिबार
म्याग्दी ११ भदौ । म्याग्दीको सदरमुकाम बेनी बजारमा सार्वजनिक जग्गामा बिचौलियाको रजगज भएको छ । नियमन, अनुगमन र सार्वजनिक जग्गाको संरक्षणमा सरोकारवालाको ध्यान नपुग्दा सीमित व्यक्तिको कब्जामा सार्वजनिक जग्गा परेको हो । समयमा भाडा नतिर्ने, सम्झौता र प्रयोजन विपरीत संरचना बनाउने, सम्झौता अवधि सकिए पनि नछाड्ने, अस्थायी संरचना बनाएर अरुलाई... पुरा पढ्नुहोस
नतिजा पुनर्योगबाट लिटल गार्डेनका उत्सव सापकोटाको एसइईमा ४ जिपिए
- 3 बर्ष, 2 महिना अगाडि
- १० भाद्र २०७९, शुक्रबार
म्याग्दी १० भदौ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा ३.९५ जिपिए प्राप्त गरेका म्याग्दीका एक परीक्षार्थीले पुनर्योग गर्दा ४ जिपिए ल्याएका छन् । सदरमुकाम बेनीस्थित लिटल गार्डेन एकेडेमीका उत्सव सापकोटाले आफुले प्राप्त गरेको नतिजामा चित्त नबुझेपछि सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा पुनर्योगको आवेदन दिएकोमा उक्त पुनर्योगको नतिजामा सापकोटाको सर्वोत्कृष्ट ४ जिपिए... पुरा पढ्नुहोस
प्रेरक सङ्घर्ष : ‘जस्को भेडीगोठमै बित्यो जीवन’ (फिचर)
- 3 बर्ष, 2 महिना अगाडि
- १० भाद्र २०७९, शुक्रबार
कमल खत्री म्याग्दी १० भदौ । हरियाली लेकाली खर्क । आँखै अगाडी ठोकिने हिमाल । हिमाली बुकीका फाँटमा स–साना त्रिपाल टाँगेका गोठ । डाँडा र हिमालले घेरिएको बुकी र फाँटका चरनक्षेत्रमा सेताम्मे देखिन्छन भेडाका बथान । अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको खयरखोला क्षेत्रमा देखिने यो दृष्य निकै रमाईलो र लोभलाग्दो देखिन्छ ।... पुरा पढ्नुहोस
मकैबारीमा बाँदर धपाउन बसेका कुकुर (तस्विर)
- 3 बर्ष, 2 महिना अगाडि
- १० भाद्र २०७९, शुक्रबार
बेनी, १० भदौ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ नेपानेमा मकैबारीमा बाँदर धपाउनका लागि राखिएका कुकुर । यस क्षेत्रमा बाँदरले मकै लगायतका खाद्य बालीमा क्षति पु¥याउन थालेपछि स्थानीयले मकैबारीमा कुकुरलाई राख्न थालेका छन् । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस
म्याग्दीका केसीले बनाए कोरियामा ब्याट्रीबाट चल्ने गाडी
- 3 बर्ष, 2 महिना अगाडि
- ९ भाद्र २०७९, बिहीबार
म्याग्दी, ९ भदौं । रोजगारीका क्रममा दक्षिण कोरिया पुग्नुभएका म्याग्दीको बेनी नगरपालिका –६ का सुजन केसीले ब्याट्रीबाट गुड्ने गाडी बनाउनुभएको छ । पाँच महिनादेखि निरन्तर गरेको कोसिसपछि उहाँ चारपाङ्ग्रे गाडी बनाउन सफल हुनुभएको हो । विद्युत चार्ज गरेर चलाउन सकिने उक्त गाडीमा चारवटा ब्याट्री जडान गरिएका छन् । तीनदेखि... पुरा पढ्नुहोस
नजिकिँदै तीज, टाढिदै मौलिकता, मौलाउँदै विकृति
- 3 बर्ष, 2 महिना अगाडि
- ९ भाद्र २०७९, बिहीबार
तीजको बेलामा सबै जान्छन् मेलामा, म छोरीको आँशु खस्यो दैला ठेलामा । तीजको लहर आयो बरिलै । [caption id="attachment_62057" align="alignnone" width="850"] साँकेतिक तस्विर[/caption] केही वर्ष अघिसम्म नेपाली हिन्दू महिलाले मनाउने धार्मिक एवं सांस्कृतिक महत्व बोकेको पर्व हरितालिका तीज नजिकिँदै गर्दा गाउँ, सहर, गल्ली चोक, घरघरमा यस्तै गीतहरु गुञ्जन्थे । तीजका... पुरा पढ्नुहोस