एमालेको रुम, चिमखोला र पिप्लेमा चुनावी सभा

  • २५ कार्तिक २०७९, शुक्रबार
  • 381 पटक पढिएको

 

म्याग्दी, २५ कात्तिक । चार मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले चुनाव प्रसार प्रसार कमिटीको आयोजनामा विहिबार मालिकाको रुम र रघुगंगाको चिमखोला र पिप्लेमा संचालित चुनावीसभा भएको छ ।

प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हरिकृष्ण श्रेष्ठले चुनावी सभामा जिल्लाको शिक्षा, स्वास्थ्य, सडक, कृषि, पर्यटन लगायतका क्षेत्रमा परिवर्तनका गर्ने प्रतिवद्धता सहित मंसिर ४ गते सूर्य चिन्हमा मतदान गर्न मतदातालाई अपिल गर्नुभएको छ ।

‘मेरो लामो राजनैतिक जीवन म्याग्देली जनताकै लागि समर्पित गरेको छ’ु, उम्मेदवार श्रेष्ठले भन्नुभयो । ‘शासक होइन सेवक बनेर जनता संगै हुनेछु । जिल्ला हरेक क्षेत्रमा समानता र सुशासन कायम गर्नका लागि भूमिका खेल्ने छु ।’

त्यस्तै प्रदेश क का उम्मेदवार देवेन्द्र बहादुर कटुवालले चिमखोलालाई धार्मिक तथा सांस्कृतिक पर्यटनको रुपमा विकास गर्नका लागि आवश्यक पूर्वाधार निर्माणका लागि पहल गर्ने बताउनुभयो ।

निर्वाचन क्षेत्र अन्तर्गतको रघुगंगा गाउँपालिकामा थुप्रै सम्भावनाहरु भएकाले स्थानीय श्रोत र साधनको उच्चतम प्रयोग गरि विकासका लहर ल्याउने गरि आफु निर्वाचनमा उत्रिएकाले अमूल्य मत प्रदान गरि विजयी गराउनु अनुरोध गर्नुभयो ।

त्यस्तै प्रदेशसभा क्षेत्र ख का उम्मेदवार याम बहादुर गर्वूजाले मालिका २ रुममा भएको चुनावीसभालाई सम्वोधन गर्दै जनताको आवश्यकता, र भावना अनुसारको काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।