म्याग्दी समाचार
चौतारी संरक्षणमा जुट्दै म्याग्दीका स्थानीय तह र समुदाय
- 3 बर्ष, 1 महिना अगाडि
- १० आश्विन २०७९, सोमबार
म्याग्दी १० असाेज । म्याग्दीका स्थानीय तह र समुदायका व्यक्ति पछिल्लो समय ग्रामीण सौन्दर्यका अभिन्न अङ्ग मानिने चौतारी संरक्षणमा जुटेका छन् । लेक–बेंसी,गाउँ–सहर गर्ने बटुवाको थकाइ मेटाउने थलो, गर्मीमा दौतरी बसेर शीतल हावा लिँदै गफिने र आनन्द लिने चौतारी पछिल्लो समय नासिदै गएपछि ग्रामीण क्षेत्रका युवा र जनप्रतिनिधि यस्ता सम्पदाको... पुरा पढ्नुहोस
महङ्गा भएर बेनी झरे मुस्ताङ्गी च्याङ्ग्रा
- 3 बर्ष, 1 महिना अगाडि
- १० आश्विन २०७९, सोमबार
म्याग्दी १० असोज । नेपालीहरुको महान् पर्व दसैँ आजदेखि सुरु भएको छ । दसैँलाई लक्षित गरेर मुस्ताङ्गी भेडाच्याङ्ग्रा पनि बेँसी झार्न सुरु गरिएको छ । मुस्ताङ्गी भेडाच्याङ्ग्राको मूल्य बर्सेनि वृद्धि हुँदै गएपछि दसैँमा मुस्ताङ्गी च्याङ्ग्राको स्वादिलो मासु खाने रहर सर्वसाधारणको पहुँचभन्दा टाढा बन्दै गएको छ । यस वर्ष पनि प्रशस्त... पुरा पढ्नुहोस
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्धारा रु १० लाख बढी मृत्युदाबी रकम हस्तान्तरण
- 3 बर्ष, 1 महिना अगाडि
- १० आश्विन २०७९, सोमबार
बेनी १० असोज । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मालिका गाउँपालिका–६ दुखीका राजकुमारी रोकाको आफन्तलाई मृत्यु रकम भुक्तानी गरेको छ । रु १० लाखको विमा गर्नुभएकी रोकाले एक पटक मात्रै प्रिमियम बुझाउनुभएको थियो । कम्पनीले रोकाले विमा गर्नुभएको रु १० लाख सहित काजकृया खर्च रु ५० हजार र एक बर्षको बोनस... पुरा पढ्नुहोस
एघारौँ बेनी बोर्डिङ कप फुटवल प्रतियोगिताको उपाधी बेनी सामुदायिकलाई (फोटो फिचर)
- 3 बर्ष, 1 महिना अगाडि
- १० आश्विन २०७९, सोमबार
म्याग्दी १० असोज । म्याग्दी सदरमुकाम बेनीमा आज सम्पन्न एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिताको उपाधी बेनी सामुदायिकले हात पारेको छ । बेनी वोर्डिङ सेकेन्डरी स्कुलमा रहेको युवा रेडक्रस सर्कलद्वारा आयोजिते प्रतियोगिताको फाइनलमा साविक बिजेता बुद्ध एकेडेमिलाई शुन्यका विरुद्ध दुई गोल गर्दै बेनी सामुदायिकले उपाधी चुमेको हो । पहिलो हाफको... पुरा पढ्नुहोस
हिमालका फेदीबाट पहाड झरे भेडीगोठ
- 3 बर्ष, 1 महिना अगाडि
- १० आश्विन २०७९, सोमबार
बेनी, १० असोज : बर्खायाममा चरनका लागि हिमालका बुकीहरुमा पुगेका भेडीगोठहरु पहाडतर्फ झर्न थालेका छन् । गर्मि बढेसंगै गत असारमा चरनका लागि हिमालका फेदीसम्म पुगेका भेडीगोठलाई असोज पहिलो सातादेखि नै पहाडीभेगतर्फ झार्न लागिएको हो । हिमालका बुकीहरुमा चिसो बढेसंगै भेडीगोठलाई विस्तारै तलतीर सार्न लागिएको भेडीगोठालाहरु बताउँछन् । म्याग्दीका गुर्जा, मुदी,... पुरा पढ्नुहोस
बेनी बोर्डिङ कपमका लागि बुद्ध एकेडेमी र बेनी सामुदायिक मावि भिड्दै
- 3 बर्ष, 1 महिना अगाडि
- १० आश्विन २०७९, सोमबार
म्याग्दी १० असोज । बेनीमा जारी एघारौँ बेनी बोर्डिङ्ग कपको फाइनलमा बुद्ध एकेडेमी र बेनी सामुदायिक माविले प्रतिस्पर्धा गर्दै छन् । म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित फुटबल प्रतियोगिताको आज विहान फाइनल भिडन्त हुँदै छ । आइतबार सम्पन्न सेमिफाइनल खेलमा प्रतिस्पर्धीलाई निकै कसिलो... पुरा पढ्नुहोस
चोयाका पोशाक लगाएका भरीबहादुर बने भाइरल
- 3 बर्ष, 1 महिना अगाडि
- ९ आश्विन २०७९, आईतवार
म्याग्दी ९ असोज । बाँस र निगालाको चोयाबाट बनाइएका घरायसी प्रयोजनका समाग्रीहरु त हामी सबैले प्रयोग गर्दै आएका छौँ तर शिरदेखि पाउसम्मै चोयाबाट बुनेका पोशाक लगाएर गाउँका मेलापातदेखि सहरमा हुने पर्व, महोत्सवमा पुग्नाका साथै सोही पोशाकबाट आम्दानीसमेत गर्ने कोही व्यक्ति देख्नुभएको छैन भने म्याग्दीको मालिका गाउँपालिका वडा नं २ रुमको... पुरा पढ्नुहोस
म्याग्दीका पाँच सय जना उम्मेदवारलाई जरिवाना
- 3 बर्ष, 1 महिना अगाडि
- ९ आश्विन २०७९, आईतवार
बेनी, ९ असोज । गत स्थानीय तहमा उम्मेदवार बनेका यहाँका पाँच सय जनालाई निर्वाचन आयोगले जरिवाना गरेको छ । स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवार बनेर खर्च विवरण नबुझाएका पाँच सय सात जनालाई रु एक लाख ५० हजारदेखि रु चार लाख ५० हजारसम्म जरिवाना तोकेको हो । जिल्ला निर्वाचन... पुरा पढ्नुहोस
विद्यार्थी र शिक्षकलाई भित्ते पत्रिका लेखन तालिम, भित्ते पत्रिका प्रर्दशनी मेला हुने
- 3 बर्ष, 1 महिना अगाडि
- ९ आश्विन २०७९, आईतवार
म्याग्दी ९ असोज । म्याग्दीको मालिका गाउँपालिका–२,रुमको बेलीमा शनिबार भित्ते पत्रिका लेखन तथा भाषण कला तालिम सम्पन्न भएको छ । ज्ञान विकास आधारभुत विद्यालयको आयोजनामा आयोजित तालिममा उद्घाटन गदैं वडा अध्यक्ष उदयकुमार बुढाथोकीले बालबालिकाको ज्ञान, सीप र क्षमतामा अभिवृद्धि गराउन भित्रे पत्रिकाले ठूलो भूमिका खेल्ने भएकाले वडाभित्रका सबै विद्यालयमा भित्ते... पुरा पढ्नुहोस
म्याग्दी सहकारीको १५औं वार्षिक साधारणसभा सम्पन्न,सदस्यहरुलाई १० प्रतिशत लाभाँश प्रदान गर्ने
- 3 बर्ष, 1 महिना अगाडि
- ८ आश्विन २०७९, शनिबार
काठमाण्डाै ८ असाेज । राजधानीमा १५ वर्ष पहिले स्थापना भएको म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि.को १५औं वार्षिक साधारणसभा आज राजधानीको सामाखुशीमा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष थदेवी पुनको अध्यक्षतामा सम्पन्न यस साधारणसभाको उदघाटन संस्थाका बरिष्ठ सल्लाहकार डा. ज्योति शेरचनले गर्नु भएको थियो । संस्थाले आर्थिक वर्ष २०७८/७९... पुरा पढ्नुहोस