प्रकाश माविद्वारा आयोजित विज्ञान प्रदर्शनीमा बेनी बोर्डिङ प्रथम 

  • ८ पुष २०७९, शुक्रबार
  • 590 पटक पढिएको

 

म्याग्दी ८ पुस । बेनीको प्रकाश माविले आयोजना गरेको विज्ञान प्रदशर्नी प्रतियोगितामा बेनी वोर्डिङ सेकेन्डरी स्कुल प्रथम भएको छ ।

विद्यालयको ७० औँ वार्षिक उत्सवको अवसरमा शुक्रबार आयोजित अन्तरमावि स्तरीय विज्ञान प्रदर्शनी प्रतियोगितामा प्रकाश मावि द्वितिय, बेनी सामुदायिक मावि र न्यु वेष्ट पोईन्ट आवासीय मावि तृतिय र फर्से धाईरिङ मावि सान्त्वना भएका छन ।

प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने विद्यालयले क्रमश ७ हजार, ५ हजार, ३ हजार र १ हजार ५ सय पुरस्कार प्राप्त गरेका विद्यालयका सहायक प्रधानाध्यापक विनय श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा ज्ञान प्रकाश मावि दाना, बालमन्दिर आधारभूत विद्यालय बेनी, माउन्ट एभरेस्ट आमावि बेनी र लिटिल गार्डेन एकेडेमी बेनी गरि ९ वटा विद्यालयले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको निर्णायकहरुमा प्रकाश माविका पूर्व प्रअ तथा विज्ञान शिक्षक हरिकृष्ण सुवेदी र धवलागिरि मावि सिंगाका पूर्व प्रअ तथा विज्ञान शिक्षक दण्डपाणी सापकोटा रहनुभएको थियो ।

कार्यक्रम शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख दल बहादुर थापाको प्रमुख आतिथ्यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविन कुमार श्रेष्ठको अध्यक्षता, विद्यालयका प्रधानाध्यापक लेख बहादुर हमाललको स्वागत र सहायक प्रधानाध्यापक विनय श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

प्रतियोगितामा विजेता विद्यालयलाई पुरस्कार वितरण शनिवार मुल समारोहको अवसरमा गरिने विद्यालयले जनाएको छ ।