म्याग्दी समाचार

माओवादी केन्द्र मंगला गाउँपालिकाको अध्यक्षमा कुल प्रसाद पुन चयन

म्याग्दी, ९ पुष । नेकपा (माओवादी केन्द्र) मंगला गाउँपालिका कमिटिको अध्यक्षमा कुल प्रसाद पुन चयन हुनुभएको छ । गाउँपालिकाको केन्द्र बावियाचौरमा मंगलवार सम्पन्न तेस्रो सम्मेलनबाट पुनको नेतृत्वमा सर्वसम्मत रुपमा ४५ सदस्यीय पालिका कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा प्रेम गिरी, अर्जुन शाही, मुक्त हरमेल, सचिबमा मिलन रोका चयन हुनुभएको... पुरा पढ्नुहोस

मिर्गौला पिडित भण्डारीको उपचारमा राखु समाज युकेको रु १ लाख ६० हजार सहयोग

म्याग्दीको रघुगंगा गाउँपालिका–३ फुलवारीका मिर्गौला पिडित चन्द्रबहादुर भण्डारी (एकेन्द्र)को उपचारमा राखु समाज युकेले रु १ लाख ६० हजार सहयोग गरेको छ । युकेमा रहेका राखु भगवती र राखु पिप्लेका बासिन्दाहरुले मिर्गौला पिडित भण्डारीको लागि उक्त सहयोग गरेका हुन् ।  राखु समाज युकेले पठाएको उक्त सहयोग रकम राखु समाज काठमाण्डौका अध्यक्ष... पुरा पढ्नुहोस

साझापानीमा निशुल्क पशु स्वास्थ्य शिविरबाट औषधी वितरण र गोवर परिक्षण सेवा प्रदान

म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतीको साझापानीमा आयोजित निशुल्क पशु स्वास्थ्य शिविरबाट तीन हजार दुई सय बढी पशुपंक्षिका लागि औषधी वितरण गरिएको छ । रघुगंगा गाउँपालिका र नेपाल रेडक्रस सोसाईटीको जीविकोपार्जन प्रबद्र्धन कार्यक्रमबाट सोमबार आयोजित शिविरमा लक्षणको आधारमा पशुपंक्षिका लागि आबश्यक पर्ने औषधी वितरण गरिएको हो । शिविरमा भेडाबाख्रा, कखुरा ,... पुरा पढ्नुहोस

म्याग्दीका सन्दिप खत्री नेपाल जेसीजको उपाध्यक्षमा निर्वाचित

म्याग्दी ९ पुस । नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा म्याग्दीका सन्दिप खत्री बिजयी हुनुभएको छ । पुस इटहरीमा सम्पन्न नेपाल जेसीजको ५१ औँ राष्ट्रिय महाधिवेशनमा म्याग्दी जेसीजका पूर्व अध्यक्ष समेत रहनुभएका खत्री राष्ट्रिय उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । निर्वाचनमा खत्रीले सर्वाधिक लोकप्रिय मत १ हजार ६८ प्राप्त गर्नुभएको थियो... पुरा पढ्नुहोस

मराङबेँसीमा कृषिबाट आत्मनिर्भर बन्ने अभियान(फाेटाे फिचर)

https://www.youtube.com/watch?v=881KtuYDChs कमल खत्री बेनी, पुस ८ गते । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङबेँसीका स्थानीय कृषिबाट आत्मनिर्भर बन्ने अभियानमा लागेका छन् । केही वर्षअघि सम्म अन्नबाली मात्र लगाउने यहाँका स्थानीय अहिले व्यावसायिक रूपमा तरकारी र फलफूलखेतीमा आकर्षित भएका हुन् । बेँसी जडीबुटी तथा कृषि समूह गठन गरेर हिउँदे र बर्खे ‘सिजन’मा व्यावसायिक... पुरा पढ्नुहोस

भकिम्ली र पुुलाचौरमा माओवादीको वडा सम्मेलन

बेनी, ६ पुुष । बेनी नगरपालिका–३ भकिम्ली र वडा नं. –५ पुलाचौरमा शनिबार नेकपा (माओवादी केन्द्र) को तेस्रो वडा सम्मेलन सम्पन्न भएको छ । भकिम्लीमा भएको सम्मेलनबाट रत्नबहादुर जिसीको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा बर्षा रोका, सचिवमा पूूर्णमाया जिसी, सहसचिवमा होम बहादुर पुन र... पुरा पढ्नुहोस

नेकपा (माओवादी केन्द्र) मालिका गाउँपालिका अध्यक्षमा गौचन सर्वसम्मत चयन

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मालिका गाँउपालिका कमिटीको अध्यक्षमा अनुप गौचन चयन हुनुभएको छ । शनिवार दरबाङमा सम्पन्न तेस्रो पालिका अधिवेशन बाट गौचनको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कमिटी चयन भएको हो । गौचन यसअघि पनि कमिटी अध्यक्ष हुनुहुन्थ्यो । अधिवेशनबाट उपाध्यक्षहरुमा दिपक जुग्जाली , मोती प्रसाद बुढा र हर्कलाल दर्जी... पुरा पढ्नुहोस

नेकपा (माओवादी केन्द) रघुगंगाको अध्यक्षमा शेरपुञ्जा चयन (तस्बिर र/भिडियो)

म्याग्दी, ६ पुस । नेकपा (माओवादी केन्द्र)रघुगंगा गाउँपालिका कमिटीको तेस्रो सम्मेलन शनिवार सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न अधिवेशनले भबिन्द्र शेरपुञ्जाको अध्यक्षतामा ४१ सदस्यीय पालिका कमिटी सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । कमिटीको उपाध्यक्षमा नरबहादुर भण्डारी, नारायण सुवेदी र मिना विक, सचिबमा होमबहादुर दर्जी, सहसचिबमा निशा घर्ति खत्री... पुरा पढ्नुहोस

म्याग्दीको नयाँ गन्तव्य : ‘टोड्के–धौलागिरि पानोरमा साँस्कृतिक पदमार्ग’

कमल खत्री म्याग्दी , ६ पुस । कालीगण्डकी नदीको तीरदेखि धौलागिरिको शिरसम्मको भूगोलमा फैलिएको म्याग्दी पर्यटन विकासका अथाह सम्भावनाले भरिपूर्ण छ । हिमाल, पहाड र वेशीको विविधतायुक्त विशाल भुगोलमा रहेका अनगिन्ती सुन्दर दृष्यहरु म्याग्दीका चिनारी हुन् । जिल्लाका चर्चित पर्यटकीय गन्तव्यहरुमध्ये उदाउँदो पर्यटकीय गन्तव्य हो टोड्के–धौलागिरी पानोरमा पदमार्ग। रघुगंगा र... पुरा पढ्नुहोस

मुक्तिधाम माविमा आधारभूत तहको अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा अवस्थित मुक्तिधाम माध्यमिक विद्यालयमा कक्षा ५ सम्मको आधारभूत तहको अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ । प्रतियोगितामा मुक्तिधाम मावि प्रथम, ज्ञानोदय मावि द्धितिय र नर्थ स्टार बोडिङ स्कुल तृतीय हुन सफल भएका छन् । प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुन सफल विद्यालयका विद्यार्थीहरुलाई... पुरा पढ्नुहोस