म्याग्दी समाचार
कालीपुल बसपार्क क्षेत्रको सडक कालोपत्रे गर्ने काम सुरु
- 3 महिना, 21 दिन अगाडि
- १४ फाल्गुन २०८१, बुधबार
बेनी नगरपालिका–८, कालीपुल बसपार्क क्षेत्रको सडक कालोपत्रे गर्ने काम सुरु गरिएको छ । योजनाको ठेक्का सम्झौता अवधि सकिएपछि निर्माण कम्पनीले सडक कालोपत्रे गर्न थालेको हो । राष्ट्रिय गौरव कालीगण्डकी कोरिडोर सडक, बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत पर्वत हुँदै म्याग्दी प्रवेश गर्ने कालीगण्डकी पक्की पुलदेखि बगरफाँट जोड्ने झोलुङ्गे पुलसम्म पाँच सय मिटर सडक ११... पुरा पढ्नुहोस
सिचाई मन्त्रालयको उच्च स्तरीय टोलीद्धारा म्याग्दीका योजना अनुगमन
- 3 महिना, 22 दिन अगाडि
- १३ फाल्गुन २०८१, मंगलवार
बेनी, १३ फागुन । गण्डकी प्रदेश सरकारको उर्जा, जलस्रोत, सिचाई तथा खानेपानी मन्त्रालयको उच्च स्तरीय टोलीले मंगलबार म्याग्दीमा सञ्चालित योजनाहरुको अनुगमन गरेको छ । उर्जा, जलस्रोत, सिचाई तथा खानेपानी मन्त्री फडिन्द्र देवकोटा, मन्त्रालयका सचिव डा. राजन भट्टराई र खानेपानी, सिचाई तथा जलस्रोत डिभिजन कार्यालय म्याग्दीका प्रमुख झलकमोहन ओझाको टोलीले बेनी... पुरा पढ्नुहोस
सिस्नेरा र बाजगरामा ‘एक घर, एक धारा’ सहितको खानेपानी योजना उद्घाटन
- 3 महिना, 22 दिन अगाडि
- १३ फाल्गुन २०८१, मंगलवार
सिंगा, १३ फागुन : म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको सिस्नेरा र बाजगरा टोलमा निर्माण भएको ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजनाको मंगलबार उद्घाटन गरिएको छ । योजनाको बेनी नगरपालिका–४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान)ले उद्घाटन गर्नुभएको हो । बेनी नगरपालिकाको अनुदान र उपभोक्ताहरुको श्रमदानमा रु. १२ लाखको लागतमा निर्माण... पुरा पढ्नुहोस
रघुगंगाको दोस्रो चौमासिकसम्मको सार्वजनिक सुनुवाई, ३३ प्रतिशत वित्तीय प्रगती
- 3 महिना, 22 दिन अगाडि
- १३ फाल्गुन २०८१, मंगलवार
म्याग्दीको रघुगंगा गाउँपालिकाले सात महिनाको अवधिमा ३३ प्रतिशत वित्तिय प्रगति हाँसिल गरेको छ । मंगलवार गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाले चालु आर्थिक बर्ष २०८१/०८२ को हालसम्म कुल ४८ करोड ६५ लाख ३९ हजार बजेटमध्ये ३३ दशमलब ३१ प्रतिशत वित्तीय प्रगती भएको जानकारी गराइएको हो । गाउँपालिकाले चालुतर्फ ३८ दशमलब... पुरा पढ्नुहोस
दुखुबेशीकी जसमतीले ७६ वर्षको उमेरमा पाइन नागरिकता
- 3 महिना, 22 दिन अगाडि
- १३ फाल्गुन २०८१, मंगलवार
म्याग्दी १३ फागुन । म्याग्दीको मालिका गाउँपालिका–६ स्थित दुखुबेशीकी जसमती सुनारले मङ्गलबार ७६ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाउनुभएको छ । वि.सं. २००५ साल मङ्सिर महिनाको १६ गते जन्मनुभएकी जसमतीले मङ्गलबार जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको हो । श्रीमान बलबहादुर विकले पहिला नै कान्छी श्रीमती ल्याएर बेवास्ता... पुरा पढ्नुहोस
बिहानै म्याग्दीमा दुई पटक भूकम्पको धक्का महसुस
- 3 महिना, 22 दिन अगाडि
- १३ फाल्गुन २०८१, मंगलवार
म्याग्दी, १४ फागुन । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको दुई छुट्टाछुट्टै स्थानमा मङ्गलवार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ५ बजेर ५२ मिनटमा मालिका–३,डाँडा गाउँमा ३.४ म्याग्निच्यूडको भूकम्प र वडा नं ५ देवस्थानमा बिहान ६ बजेर १३ मिनेटमा ३.४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका रविन्द रिमालले जानकारी दिनुभयो ।... पुरा पढ्नुहोस
म्याग्दीको मङ्गला र बागलुङको ताराखोला जोड्ने सडक स्तरोन्नति सुरु
- 3 महिना, 22 दिन अगाडि
- १३ फाल्गुन २०८१, मंगलवार
म्याग्दीको मङ्गला र बागलुङको ताराखोला गाउँपालिका जोड्ने पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला सडक मार्ग खुलेको १५ वर्षपछि स्तरोन्नति थालिएको छ । विसं २०६६ मा मार्ग खुलेको मङ्गला गाउँपालिकाको ३, ४ नम्बर वडा र बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने यो सडक सामान्य मर्मत गरेर यातायात सञ्चालन हुँदै आएको थियो । बरङ्जा म्याग्दीको धेरै जनघनत्व... पुरा पढ्नुहोस
सडकको पहुँचमा जाेडीदै धौलागिरिका दुर्गम गाउँ
- 3 महिना, 23 दिन अगाडि
- १२ फाल्गुन २०८१, सोमबार
म्याग्दीको धौलागिरि गाउँपालिका–४ बगरका हरिप्रसाद तिलिजालाई नजिकको बजार मालिका गाउँपालिकाको केन्द्र दरवाङ पुग्न पूरै दिन पैदल यात्रा गर्नुपर्दथ्यो ।'किन मेलाका लागि दरवाङ, मुदीको वडा र मुनाको गाउँपालिका कार्यालय पुग्न पूरै दिन पैदल यात्रा गर्नुपर्ने अवस्था थियो," वडा सदस्यसमेत रहेका उनले भने, 'खच्चड, भरियामार्फत दैनिक उपभोग्य, निर्माण सामग्री ढुवानीका क्रममा महँगो... पुरा पढ्नुहोस
माथिल्लो म्याग्दी जलविद्युत आयोजना निर्माण शुरु
- 3 महिना, 24 दिन अगाडि
- ११ फाल्गुन २०८१, आईतवार
बेनी, ११ फागुन : म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजना निर्माण शुरु भएको छ । हाइड्रो इम्पाएर प्रा.ली. प्रर्वद्धक रहेको आयोजनाले सिम्कोश दोभानको बाँध देखि घिम्लेटी जोड्ने चार किलोमिटर लामो सुरुङ निर्माण कार्यको आइतबार गण्डकी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्रि रेशमबहादुर जुुग्जाली (सुविन)ले शिलन्यास गर्नुभयो ।... पुरा पढ्नुहोस
पुलस्त्य पुलह क्षेत्र विकास कोषको अध्यक्षमा पुनः बानियाँ
- 3 महिना, 25 दिन अगाडि
- १० फाल्गुन २०८१, शनिबार
पुलस्त्य पुलह क्षेत्र विकास कोषको अध्यक्षमा पुनः लिलाबहादुर बानियाँ सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिवार सम्पन्न १०औं अधिवेशन तथा साधारणसभाले बानियाँको अध्यक्षतामा कोषको नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनबाट कोषको उपाध्यक्षमा भीमबहादुर बानियाँ, तेजप्रकाश बानियाँ, सचिवमा माधवप्रसाद रेग्मी, सहसचिवमा रामबहादुर बानियाँ र कोषाध्यक्षमा रामचन्द्र शर्मा पौडेल निर्वाचित हुनुभएको छ... पुरा पढ्नुहोस