पूर्व विद्यार्थी अस्मिता भण्डारीद्धारा दृष्टिविहिन स्रोत कक्षालाई रु ४० हजार बराबरको सहयोग
- २७ पुष २०८२, आईतवार
- 261 पटक पढिएको
म्याग्दी, २७ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षालाई रु ४० हजार बराबरको सहयोग प्राप्त भएको छ । विद्यालयकी पूर्व विद्यार्थी कलेजाबाङ घर भई हाल डेनमार्कमा रहनुभएकी अस्मिता भण्डारीले आफ्नो जन्मदिनको अवसरमा दृष्टिविहिन विद्यार्थीहरुलाई नगद सहित स्रोत कक्षालाई खाद्यान्न र स्टेशनरी सामाग्री सहयोग गर्नुभएको हो । 
विद्यालयमा आयोजित कार्यक्रममा सहयोगदाता भण्डारीका आमा फुलु भण्डारीले विद्यालयका प्रधानध्यापक बिजय शर्मा, स्रोत शिक्षक दामोदर रिजाल(दुर्गादक्त), दृष्टिविहिन शिक्षक गणेश सुवेदी, विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष सुनिता शर्मा लगायतको उपस्थितिमा उक्त सहयोग हस्तान्तरण गर्नुभएको थियो । सहयोगदाता भण्डारीले विद्यालयमा रहेको दृष्टिविहिन स्रोत कक्षामा अध्ययनरत ८ जना विद्यार्थीहरुलाई नगद रु १ हजारको दरले सहयोग संगै विद्यालय पोशाक,न्यानो चप्पल, स्टेशनरी, खाद्यान्न, फलफुल, तरकारी लगायतका सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।