म्याग्दी जेसीजका नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण

  • २६ पुष २०८२, शनिबार
  • 9 पटक पढिएको

म्याग्दी, २७ पुस । म्याग्दी जेसीजको सन २०२६ का लागि नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण गरिएको छ । शनिवार बेनीमा सम्पन्न २७ औँ पदस्थापना तथा पुरस्कार वितरण समारोहमा म्याग्दी जेसीजका शाखा अध्यक्ष विनोद घर्तिले नवनिर्बाचित अध्यक्ष दिनेश विश्वकर्मालाई पद हस्तान्तरण गर्नुभएको हो । नवनिर्वाचित अध्यक्ष विश्वकर्मालाई शाखा अध्यक्ष घर्ति र नवनिर्वाचित पदाधिकारीहरुलाई नवनिर्वाचित अध्यक्ष विश्वकर्माले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो ।
दिनेश विश्वकर्माको नेतृत्वमा निर्वाचित म्याग्दी जेसीजको बरिष्ट कार्यकारिणी उपाध्यक्ष डेकमाया केसी, कानुनी सल्लाहकार सज्जन श्रेष्ठ, कार्यकारिणी उपाध्यक्षमा देवेन्द्र बहादुर घिमिरे र नविन पौडेल , महासचिब गोकुल सुनार ,कोषाध्यक्ष प्रतिश श्रेष्ठ, शाखा सम्पादक तेजिन्द्र बहादुर खत्री, सह सचिब कपिल बानिया ,सह कोषाध्यक्ष अभिनेश श्रेष्ठ उपाध्यक्ष दिनेश खत्री, शुष्मा खत्री, अरुण रेग्मि र मन्जुर कटुवाल तथा प्रकरण निर्देशक सुनिता श्रेष्ठले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको हो ।
कार्यक्रममा म्याग्दी जेसीजमा सन २०२५ मा शाखा अध्यक्ष घर्तिको नेतृत्वमा सम्पन्न भएका कार्यक्रमहरुको पुरस्कार वितरण समेत गरिएको छ । अध्यक्ष घर्तिले आफ्नो कार्यकालमा भएका कार्यक्रम तथा गतिविधिमा उत्कृष्ट भूमिका निर्वाह गर्ने व्यक्तिहरु, कार्यक्रम संयोजकहरु तथा विभिन्न क्षेत्रका सरोकारवालालाई अवार्डवाट पुरस्कृत गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य हरिबहादुर भण्डारीले युवाहरुको नेतृत्व र व्यक्तित्व विकास संगै जिल्लामा पर्यटन प्रवद्र्धन र सामाजिक कार्यहरुमा म्याग्दी जेसीजको भूमिका उत्कृष्ट रहेको बताउनुभयो । उहाँले युवाहरुलाई सामाजिक र सकरात्मक काममा क्रियाशिल हुन म्याग्दी जेसीजले भूमिका खेलेको बताउँदै नवनिर्वाचित समितिले एक बर्षको अवधिमा उत्कृष्ट काम गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ र नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष धनन्जयकुमार श्रेष्ठले जिल्लमा रहेका सामाजिक संघ संस्थाहरुमध्ये म्याग्दी जेसीजले सञ्चालन गर्ने गतिविधि र कार्यक्रम युवाहरुमाझ उत्कृष्ट रहेकोमा जोड दिँदै आगामी दिनमा समेत रचनात्मक गतिविधि सहित म्याग्दी जेसीजले आफुलाई अब्बल सावित गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा म्याग्दी जेसीजका पूर्व अध्यक्ष एंव म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, बागलुङ जेसीजका शाखा अध्यक्ष अञ्जिला श्रेष्ठलगायतले मन्तव्य राख्नुभएको थियो । सन २०२५ का शाखा अध्यक्ष घर्तिले आफ्नो कार्यकालमा उत्कृष्ट कार्यक्रम सहित कार्यकाल सफल गराउन सहयोग गर्नेहरुलाई आभार प्रकट गर्नुभएको थियो भने नवनिर्वाचित अध्यक्ष विश्वकर्माले सबैको साथ, सहयोग र सहकार्यले सन २०२६ लाई रचनात्मक, उपयोगी र सफल बर्षको रुपमा स्थापित बनाउन लागिपर्ने प्रतिवद्धता जनाउनुभएको थियो । म्याग्दी जेसीजका निवर्तमान अध्यक्ष निदेश बानियाँको स्वागत मन्तव्य रहेको कार्यक्रममा सुमन बानियाँ, देवेन्द्र घिमिरे र गोकुल सुनारले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । उक्त अवसरमा म्याग्दी जेसीजको पूर्व अध्यक्ष क्लबका अध्यक्ष उक्तमकुमार कर्माचार्यर्ल सन २०२६ का पूर्व अध्यक्ष क्लबका अध्यक्ष सुविन श्रेष्ठलाई पद हस्तान्तरण गर्नुभएको थियो । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा सक्रिय म्याग्दी जेसीजले म्याग्दीमा पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार, विद्यालय तहमा फुटवल खेलको विकास, धार्मिक र ऐतिहासिक स्थलहरुको चिनारी र सरसफाई संगै विभिन्न सामाजिक गतिविधिहरु गदै आएको छ ।