म्याग्दी समाचार

मालढुङ्गा–बेनी सडक निर्माणले लियो गति

म्याग्दी, १० फागुन । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालिगण्डकी काेरिडोर सडक आयोजनाअन्तर्गत मालढुङ्गा–बेनी सडक निर्माणले गति लिएको छ । सडक निर्माणको जिम्मा लिएको निर्माण व्यावसायीको ढिलासुस्ती र लापरबाहीका कारण अलपत्र परेको यो आयोजना सरोकारवालाहरूको दबाबका कारण पछिल्ला केही महिना यता निर्माणले गति लिएको हो । निर्माण व्यावसायीले प्रयाप्त मात्रामा मजदुर र... पुरा पढ्नुहोस

मुदी जलविद्युत गाउँ बन्दै : एउटै वडामा तीन जलविद्युत आयोजनाको निर्माण सुरु

म्याग्दी  १० फागुन । म्याग्दीको धवलागिरि गाउँपालिका– ४ मुदीमा तीनवटा जलविद्युत अयोजना निर्माण सुरु भएको छ । धवलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदीबाट १५५ मेगावाट क्षमताको तीन जलविद्युत आयोजना निर्माण सुरु भएका हुन् । उर्जा डेभलपर्स प्रा.ली. अन्तर्गत म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको ५३ दशमलब पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१... पुरा पढ्नुहोस

गलेश्वर मावि तोरीपानीको ४४ औ वार्षिकोत्सव मनाइयो

  तोरीपानी, ९ फागुन । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीमा रहेको गलेश्वर माविले शुक्रबार ४४ औ वार्षिकोत्सव मनाएको छ । ­ कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शिक्षण क्रियाकलापलाई प्रविधीमैत्री बनाउन आवश्यक रहेको बताउनुभयो । बेनी नगर कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक तथा वडा नं.–९ का अध्यक्ष चक्रबहादुर केसीले विद्यार्थीहरुलाई... पुरा पढ्नुहोस

बृहत् घोप्टेखोला खानेपानी आयोजना निर्माण सुरु

म्याग्दी जिल्लाको बहुप्रतिक्षित गौरव आयोजनाको घोषणा गरिएको बृहत् घोष्टेखोला खानेपानी आयोजना निर्माण सुरु भएको छ। सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले ठेक्कामार्फत निर्माण सुरु गरेको आयोजनामार्फत रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकाका छवटा वडाका दुई हजार तीन सय ६९ घरपरिवार लाभान्वित हुने छन्। रु ३५ करोड ६३ लाख ३९ हजार सात... पुरा पढ्नुहोस

म्याग्दीका योजनाहरुमा बजेट अभाव र फापरखेतमा बेलिब्रिज जडान ढिलाईका विषयमा सांसद जुग्जालीद्धारा प्रदेश सरकारको ध्यानाकर्षण

बेनी, ८ फागुन । म्याग्दी १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बजेट अभावका कारण म्याग्दीका सडक आयोजनाहरु निर्माण रोकिएको र बेनी – दरवाङ सडकको फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज जडानका लागि भएको निर्णय कार्यान्वयनको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । गण्डकी प्रदेशसभाको बिहिबार बसेको बैठकको शून्य समयमा पुर्व भौतिक... पुरा पढ्नुहोस

म्याग्दीका असिना पिडित कृषकलाई राहत उपलब्ध गराउन सांसद भण्डारीको माग

बेनी, ८ फागुन । म्याग्दी १(१) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले असिना पिडित कृषकहरुलाई राहत उपलब्ध गराउन माग गर्नुभएको छ । प्रदेशसभाको बिहिबारको बैठकको शून्य समयमा बोल्दै सांसद भण्डारीले गत असोजमा बेनी नगरपालिका–२ ज्यामरुकोटको विभिन्न ठाउँमा असिनाले धानबाली नष्ट गरेर क्षति ब्यहोरेका किसानहरुलाई राहत उपलब्ध गराउन प्रदेश सरकारको... पुरा पढ्नुहोस

बेनी नगरपालिकामा गौरवका योजना कार्यान्वयन

म्याग्दी, फागुन ८ गते । म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा १२ गौरवका आयोजना कार्यान्वयन गरेको छ ।   सडक, पर्यटन, कृषि र शैक्षिक संस्थाका पूर्वाधार निर्माण सम्बन्धी रु. नौ करोड ४७ लाख बजेट विनियोजन भएका दुई वटा सम्पन्न, चार वटा निर्माणाधिन र तीन वटा ठेक्का प्रक्रियामा रहेका... पुरा पढ्नुहोस

दुर्गम बस्ती मुदीको बगर सडक सञ्जालमा जोडियो

म्याग्दी , ८ फागुन । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको दुर्गम बस्ती बगर गाउँमा सडक पुगेको छ । सोही वडाको नाउरामा पुगेको सडकलाई ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनाले पहुँचमार्ग निर्माणको क्रममा बगर स्थित जेल्टुङ बस्तीमा सडकको पहुँच पुगेको हो । नाउरादेखि म्याग्दी खोलाको किनार हुँदै भिर पहाड काटेर छ किलोमिर... पुरा पढ्नुहोस

साहित्यकार श्रेष्ठको २६औं कृति विमोचन

  म्याग्दी, ७ फागुन  । म्याग्दीका साहित्यकार अजयमिलन श्रेष्ठको २६औं कृति 'बलमान र बाह्र व्यक्तित्व' जीवनी सङ्‌ग्रहको विमोचन गरिएको छ । म्याग्दी जिल्लाको पहिलो राष्ट्रिय पञ्चायत सदस्य बलमान चोचाङ्‌गी पुन मगरको छैटौं स्मृति दिवस‌मा उक्त पुस्तक लोकार्पण गरिएको हो । पुन मगरको जन्मस्थान मालिका गाउँपालिका, वडा नं. ४, च्यूरीबोटमा विमोचन... पुरा पढ्नुहोस

५३ मेगावाटको अपर म्याग्दी –१को बाँध निर्माण कार्य सुरु (तस्बिर/भिडियो)

५३ दशमलब पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत आयोजनाको बाँध निर्माण थालिएको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाले धवलागिरी गाउँपालिका–४ खाम्लामा म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण थालेको हो । एक कार्यक्रमका बिच बाँध निर्माण कार्यको धवलागिरी गाउँपालिकाका अध्यक्ष... पुरा पढ्नुहोस