म्याग्दी समाचार

परीक्षणमै सीमित सहस्रधारा ‘क्यानोनिङ’

बागलुङ, २४ जेठ । दुई पटकको सफल परीक्षणले सहस्रधारा झरनामा साहसिक खेल छाँगावरोहण ९क्यानोनिङ० व्यावसायिक बन्नेमा यहाँका धेरैलाई आशा जगाएको थियो । विसं २०७४ फागुनमा गरिएको परीक्षण सफल भएपछि विसं २०७६ असारमा त खेलकै रुपमा ‘क्यानोनिङ’ आयोजना गरियो । २० जनाले शुल्क तिरेरै छाँगावरोहण गरे । गलकोट नगरपालिका–३ स्थित झरनामा... पुरा पढ्नुहोस

बेनी नगरपालिकामा मजदुर डेस्क र सहायता कोष स्थापना गरिने

म्याग्दी २४ जेठ । म्याग्दीको बेनी नगरपालिकाले मजदुर डेस्क र मजदुर सहायता कोष स्थापना गर्ने भएको छ । नगरकार्यपालिकाको पहिलो बैठकले आगामी आर्थिक बर्षदेखि कार्यान्वयन गर्ने गरि डेस्क र कोष स्थापना गर्ने निर्णय गरेको हो । नगर कार्यपालिका बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता रमेशकुमार श्रेष्ठले नगरपालिकाभित्र रहेका मजदुरहरुको... पुरा पढ्नुहोस

मानसिक रोगका विरामीलाई नि:शूल्क औषधी र ख बर्गको परिचयपत्रको माग

  म्याग्दी २४ जेठ । म्याग्दीका मानसिक रोगका विरामीहरुलाई निःशूल्क औषधी र ‘ख’बर्गको परिचयपत्रको माग गरिएको छ । मानसिक रोगका विरामीका अभिभावक र संरक्षकहरुले विरामीले नियमित रुपमा औषधी सेवन गर्नुपर्ने भएकाले उनीहरलाई निःशूल्क औषधीको उपलब्धता गराउन माग गरेका हुन् । मानसिक रोगका विरामीका संरक्षकहरुको आयआर्जनमा सघाउन विभिन्न कार्यक्रम सञ्चालन गरेको... पुरा पढ्नुहोस

बेनी नगरकार्यपालिकाको प्रवक्तामा रमेशकुमार श्रेष्ठ चयन

म्याग्दी २४ जेठ । बेनी नगरकार्यपालिकाको प्रवक्तामा रमेशकुमार श्रेष्ठ चयन हुनुभएको छ । सोमबार बसेका नगर कार्यपालिकाको पहिलो बैठकबाट बेनपा–७ का वडा अध्यक्ष समेत रहनुभएका श्रेष्ठलाई प्रवक्ता चयन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिनुभयो । ‘कार्यपालिकाको निर्णय पत्रकार सम्मेलनमार्फत सार्वजनिक हुन्छ’ ढकालले भन्नुभयो । कार्यपालिकाको बैठकले... पुरा पढ्नुहोस

धार्मिक वन हस्तान्तरण

म्याग्दी २३ जेठ । म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको पीपलबोटमा धार्मिक वन समुदायलाई हस्तान्तरण गरिएको छ । सार्वजनिक जग्गाको संरक्षण र वन विकासमार्फत पर्यटन विकास गर्ने उद्देश्यले पीपलबोटको कैलाशफाँटमा धार्मिक वन स्थापना गरिएको हो । १.०६५ हेक्टर क्षेत्रफलमा फैलिएको वन आइतबार समुदायलाई हस्तान्तरण गरिएको डिभिजन वन कार्यालय, म्याग्दीले जनाएको छ ।... पुरा पढ्नुहोस

ढोरपाटनमा नाउर घटे, झारल बढे

बागलुङ, २३ जेठ  : पछिल्लो गणनामा ढोरपाटन सिकार आरक्षमा नाउरको सङ्ख्या घटेको र झारल बढेको पाइएको छ । आरक्ष कार्यालयका अनुसार गणनाका बेला एक हजार २९० नाउर र ७४४ झारल भेटिएका थिए । विसं २०७२ को गणनासँग तुलना गर्दा नाउरको सङ्ख्या कम र झारलको बढी हो । त्यसबेला आरक्षमा दुई... पुरा पढ्नुहोस

‘कालीगण्डकी’माथि सय कविता

जेठ २३ बागलुङ। मध्य नेपालको प्रमुख नदी–प्रणाली कालीगण्डकी संरक्षणका पक्षमा थालिएको कविता शृङ्खला ‘नदी सप्तक’ एक सयौँ भागसम्म आइपुगेको छ । तेह्रथुमका कवि सरोज ओलीको ‘म कालीगण्डकी नागबेली बग्छु’ कवितासँगै ‘नदी सप्तक’ले सतक शृङ्खला पार गरेको हो । ‘कालीगण्डकी बचाऔँ अभियान’ले पर्यावरणको मुद्दामा सर्जकहरुको एक्यबद्धता खोज्न गत वर्षदेखि कविता शृंङ्खला... पुरा पढ्नुहोस

जिसस म्याग्दीको निर्वाचन असार ५ गते

म्याग्दी, २३ जेठ । स्थानीय तह निर्वाचन अन्तरगत जिल्ला समन्वय समिति म्याग्दीको निर्वाचन असार ५ गते हुने भएको छ । जिल्लासभाको निर्णय अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले आगामी असार ५ गते निर्वाचन गर्ने गरी समय तालिका निर्धारण गरेको हो । जिससको प्रमुख उपप्रमुख सहित नौ सदस्यीय समितिका लागि निर्वाचन गराउन... पुरा पढ्नुहोस

दानास्थित मोति बराहमा १०८ धारा निर्माण

म्याग्दी, २२ जेठ । म्याग्दीको अन्नपुर्ण गाउँपालीका– ३ दानाको मतिचौर स्थित रहेको धार्मिक पर्यटकिय स्थल मोति बराहमा १०८ धारा निर्माण गरिएको छ । समुन्द्री सतह देखि २ हजार २ सय मिटर उचाइमा रहेको धार्मिक एवम् पर्यटकीय स्थल मतिचौरमा निर्माण गरिएको १०८ धाराको वडा अध्यक्ष रमेश पुर्जाले गरेका हुन् । आर्थिक... पुरा पढ्नुहोस

म्याग्दीमा बढ्यो दूधको मूल्य

बेनी, २१ जेठ । म्याग्दीमा असार महिनादेखि लागू हुने गरी दूधको मुल्य बढाइएको छ । दुई वर्षयता दूधको मूल्य समायोजन नहुदाँ कृषक मर्कामा परेको गुनासोसँगै आइरहेको बेला दूधको मूल्य बढेपछि पशुपालन कृषकहरु खुसी भएका छन् । मूल्य निर्धारणका लागि बसेको बैठकले किसानले प्रतिलिटर रू ११० र व्यापारीले अधिकतम रू १३२... पुरा पढ्नुहोस