म्याग्दी समाचार

खेती र फार्म सञ्चालनमा मजदुर पाइन छाडे

म्याग्दी १२ कात्तिक । देशभरका कृषकलाई बाली भित्र्याउने चटारो छ । दसैँै, तिहार मनाएपछि पहाडी क्षेत्रका कृषकले धान र कोदो भित्र्याउन थालेका छन् । खेतीबाली लगाउने र भित्र्याउने तथा पशुपक्षी फार्म सञ्चालन गर्न मजदुर अभाव मुख्य चुनौती बनेको छ । खेती लगाउने, भित्र्याउने तथा गाईभैँसी, भेडाबाख्रा फार्म सञ्चालन गर्न मजदुर... पुरा पढ्नुहोस

गलेश्वर, पाखाथर र रुममा गठबन्धनको घरदैलो र कार्यकर्ता भेटघाट

बेनी, १२ कात्तिक । पाँच दलीय गठबन्धनको तर्फबाट म्याग्दीमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उमेद्वारहरुको टोलीले शुक्रबार बेनी नगरपालिका र मालिका गाउँपालिकाको विभिन्न ठाउँमा घरदैला तथा कार्यकर्ता भेटघाट गरेका छन् । मंसिर ४ गतेको चुनावका लागि गठबन्धनबाट उमेद्वार बन्नुभएका नेपाली काँग्रेसका खमबहादुर गर्बुजा (खम्बिर), प्रदेशसभा क्षेत्र (क)मा माओवादीका हरीबहादुर... पुरा पढ्नुहोस

भीरबाट घाँसको भारी ल्याउँदै

म्याग्दी ११ कात्तिक । म्याग्दीको मालिका गाउँपालिका–३ खानीबोट भीर छिचोलेर घाँसका भारी घरतर्फ ल्याउँदै स्थानीय महिला तथा बालबालिका । गत असार ९ गते सडकको माथिबाट खसेको पहिराले सडक बगाएपछि खानीबोट गाउँका स्थानीय जोखिमग्रस्त भीर वारपार गर्न बाध्य भएका छन् । तस्बिर ः ध्रुवसागर शर्मा÷रासस पुरा पढ्नुहोस

किसानलाई धान भित्र्याउन चटारो (तस्बिर )

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका किसान शुक्रबार धान झाँट्दै । दसैँतिहारलगायत चाडपर्व सकिएसँगै म्याग्दीका किसानलाई बाली भित्र्याउने चटारो छ । धान खेती यस क्षेत्रकाे प्रमुख खाद्य बाली मानिन्छ । तस्बिर ः रासस पुरा पढ्नुहोस

मार्फाका बोटमा फलेका स्याउ (तस्बिर)

स्याउ उत्पादनका लागि प्रसिद्ध मुस्ताङको मार्फा स्याउबारीको बोटमा पाक्दै गरेका स्याउ । यतिबेला मुस्ताङी स्याउले बजार लिएकाे छ । हिमाली भुगागमा चिसाे हावापानीमा उत्पादन हुने मूस्ताङी स्याउ स्वादिलाे हुने भएकाले काठमान्डाैका बजारसम्म पुग्ने गरेकाे छ । तस्बिर : रासस पुरा पढ्नुहोस

मनमोहक भू–दृश्यले फेरिँदै मुस्ताङको मुहार

मुस्ताङ, ११ कात्तिक । हिमालपारिको जिल्ला मुस्ताङबाट देखिने मनमोहक भू–परिदृश्यले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गर्दछन् । मुस्ताङको अनौठो भूगोल नै यहाँका बासिन्दाका लागि आम्दानीको अमूल्य स्रोत बनेको छ । धवलागिरि र नीलगिरि हिमाल पार गरेर आउनुपर्ने भएकाले ‘हिमालपारिको जिल्ला’ भनेर चिनिने मुस्ताङ प्राचीन सभ्यताका अवशेषहरूका कारण... पुरा पढ्नुहोस

चक्रिय धौलागिरी पदमार्ग : सम्भावना अथाह, पूर्वाधारको अभाब

कमल खत्री बेनी, ११ कात्तिक : पथप्रदर्शक छिरी राईले ७ बर्षपछि धौलागिरि चक्रिय पदमार्गमा पर्यटकहरुलाई लिएर आफै पुग्नुभयो । काठमाण्डौमा आसाकी टेक्स एण्ड एक्सपीटिसनका सञ्चालक समेत रहनुभएका राईले दर्जनौँ पटक धौलागिरी चक्रिय पदमार्गमा पर्यटकहरु लिएर आएको भएपछि पछिल्लो पटक भने ७ बर्षपछि मात्रै असोज अन्तिम सातादेखि कात्तिक पहिलो सातासम्म धौलागिरि... पुरा पढ्नुहोस

माटोमा अम्लियपना बढ्दा रैथाने खेती नासिँदै

[caption id="attachment_46870" align="alignnone" width="1024"] फाइल तस्बिर[/caption] म्याग्दी १० कात्तिक । तीन दशकदेखि म्याग्दीको बेनी नगरपालिका–२ खबरामा व्यावसायिक तरकारी र फलफूल खेती गर्दै आउनुभएका ५८ वर्षीय चन्द्रबहादुर कार्की आफ्नो खेतीबारीमा फलेका तरकारी र रैथाने जातका खाद्यान्न देखेर दङ्ग पर्नुहुन्थ्यो । कुनै पनि विषादीको प्रयोग नगरीकन खेतबारीमा लटरम्मै भएर फलेका तरकारी, फलफूल,... पुरा पढ्नुहोस

म्याग्दीका सुन्तलामा ‘स्केल’ रोग

म्याग्दी १० कात्तिक ।  म्याग्दीको प्रमुख निकासीयोग्य फलफूल सुन्तलामा नयाँ रोग देखिएको छ । दानाको बोक्रामा थोप्ला–थोप्ला दाग लागेर स्वरुप बिगार्ने ‘स्केल’ रोग देखिएको छ । कृषि ज्ञान केन्द्र्रका प्रमुख किरन सिग्देलले स्केलको दागले सुन्तलाका दानालाई विफर लागेको जस्तो स्वरुप बिगार्ने समस्या देखिएको बताउनुभयो । “अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेको बगैँचामा पुगेर... पुरा पढ्नुहोस

आम्दानीको माध्यम बन्यो झिनीया

म्याग्दी १० कात्तिक । म्याग्दीको बेनीमा झिनीया बनाउने व्यवसाय फस्टाएकाले यहाँका उद्यमीले झिनीयालाई आम्दानीको स्रोत बनाउन थालेका छन् । झिनीया बनाएर उद्यमीले अतिरिक्त आम्दानी गरेका हुन् । पाँच जनाको समूहमा झिनीया उत्पादन गर्दै आएकी बेनपा–८ शिक्षा मार्गकी गौरा पाइजाले दसैँ र तिहारको समयमा झिनीयाको माग बढी हुने गरेको बताउनुभयो । ... पुरा पढ्नुहोस