अन्नपर्ण– ७ मा माओवादीको वडा कमिटी गठन

  • २३ आश्विन २०८०, मंगलवार
  • 309 पटक पढिएको

 

म्याग्दी, २३ असोज । अन्नपूर्ण गाउँपालिकामा पुरानै पाटी नेकपा (माओवादी केन्द्र)मा कार्यकर्ता फर्किने लहर बढेको छ । मंगलबार अन्नपूर्ण गाँपालिका– ७ दोसल्लेमा भएको कार्यक्रममा कांग्रेस र एमाले पाटी परित्याग गरी पुरानै पाटी माओवादीमा नेता तथा कार्यकर्ता फर्किनुभएको हो ।


‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ भन्ने नारासहित तीन महिने अभियान अन्तरगत सोमबार अन्नपूर्णको वडानम्वर ७ दोसल्लेमा भएको कार्यक्रममा बेगबहादुर पाईजाको नेतृत्वमा वडा कमिटी गठन गरिएको छ । वडा कमिटीको उपाध्यक्षमा सुदिप पाईजा, सचिवमा प्रेम पाईजा, कोषाध्यक्षमा आशा पाईजा रहेका छन् । कमिटिको सदस्यहरुमा विनोद पुन, कुमार पाईजा, प्रविन पाईजा, श्रीप्रसाद पाईजा, सविन पुन, अधि पुर्जा, दिलप्रसाद पुन, कुमार पाईजा, प्रेम पुर्जा, पुर्ण पाईज, कल्पना गर्वुजा, मनिषा पाईजा रहेका छन् ।
पुरानै घर फर्केर वडा कमिटीमा बसेका कार्यकर्ताले अब सम्पूर्ण माओवादीहरु एक ठाउँमा जुटेर देश विकासमा अघि बढ्नुपर्ने भनाई राख्नुभएको थियो ।


अन्नपूर्ण गाउँपालिका कमिटी अध्यक्ष थमबहादुर विकको अध्यक्षतामा भएको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा म्याग्दीका ईन्चार्ज एवम् पार्टीका केन्द्रीय सदस्य गुप्तबहादुर हमाल, पाटीका गण्डकी प्रदेश सचिवालय सदस्य एवम् प्रदेश सभा क्षेत्र क का इन्चार्ज विनोद केसी, गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारी लगायतकोे उपस्थित भएको थियो । कार्यक्रममा माओवादी पार्टीले गरेका काम, अभियानको गतिबिधि, योजना र राजनीतिक उपलब्धीका बारेमा जनतालाई जानकारी गराउनुभएको थियो । अभियान अन्तरगत वडा र टोलमा भएको कार्यक्रमले पार्टीलाई बलियो बनाउन मदत पुगेको अनुभव नेताहरुले गरेका छन् ।