म्याग्दी समाचार

चिमखोलामा सार्वजनिक सुनुवाई ‘विकास बजेटमा उपेक्षा भएको स्थानीयबासीको गुनासो’

म्याग्दी २१ भदौ ।म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा विहिवार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा भएको उक्त कार्यक्रममा आर्थिक बर्ष २०७९÷०८० मा भएका विकास निर्माण, सेवा प्रवाह र सम्पन्न योजना तथा कार्यक्रमहरुको बार्षिक समिक्षा सहित सार्वजनिक सुनुवाई गरिएको हो । कार्यक्रममा सहभागी स्थानीयबासीले गाउँपालिकाको विकास बजेटमा चिमखोलालाई... पुरा पढ्नुहोस

अन्नपूर्णमा होटल तथा खाद्यान्न पसलहरुको अनुगमन

  म्याग्दी, २० भदौ । अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, भुरुङतातोपानी र दाना क्षेत्रमा संचालित होटल, खाद्यान्न, वर्कसप, मेडिकल कस्मेटिक, ईलेक्ट्रोनिक्स पसलहरुको अनुगमन गरिएको छ। अन्नपूर्ण गाउँपालिका र पर्यटन तथा उद्योग कार्यालयको संयुक्त आयोजनामा बेनी जोमसोम सडक अन्तरगत पर्ने पोखरेबगर, भुरुङतातोपानी र दाना क्षेत्रमा संचालित ७० वटा होटल तथा किराना लगायत पसलहरु... पुरा पढ्नुहोस

कालीगण्डकी नदीमा १५२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण हुँदै

  म्याग्दी, २० भदौ । आइएमई समूहद्वारा प्रवद्र्धित तिप्ल्याङ्ग–कालीगण्डकी जलविद्युत आयोजनाको विद्युत् खरिद विक्री सम्झौता सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग र तिप्ल्याङ्ग–कालीगण्डकी हाइड्रोपावर प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले मंगलवार नेपाल विद्युत् प्राधिकरणमा आयोजित एक कार्यक्रमका बीच उक्त खरिद विक्री सम्झौतामा हस्ताक्षर गरेका हुन् । अहिले... पुरा पढ्नुहोस

विकासका लागि साझा अवधारणा बनाएर अघि बढौँ– मन्त्री जुग्जाली

म्याग्दी, १९ भदौ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशम जुग्जालीले म्याग्दीको विकासका लागि साझा अवधारणा बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाको ५० औं बार्षिकोत्सवको (स्वर्ण जयन्ती ) उद्घाटन गर्दै म्याग्दीका जनताको चाहना अनुसार योजनाबद्ध विकास गर्नका लागि पूर्व र वर्तमान जनप्रतिनिधिहरुसहित जिल्लाका अगुवाहरुको... पुरा पढ्नुहोस

रेडक्रस म्याग्दीको स्वर्ण जयन्ती मनाईयो

म्याग्दी, १९ भदौ । नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाले ५० औं बार्षिकोत्सव (स्वर्ण जयन्ती ) विविध कार्यक्रम गरी मनाएको छ । प्रभातफेरी प्रश्चात मंगलबार बेनीस्थित नेपाल भाषा मंका: खलको सभाहलमा भएको रेडक्रसको ५० औँ बार्षिकोत्सवको उद्घाटन गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशम जुग्जालीले गर्नुभएको थियो । कार्यक्रममा रेडक्रस... पुरा पढ्नुहोस

दरबाङमा पाँच शैया क्षमताको अस्पताल संचालन

  म्याग्दी, १९ भदौ । पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र एवम् मालिका गाउँपालिकाको मुकाम दरबाङ बजारमा सोमबार दरबाङ आधारभूत अस्पतालको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री नरदेवी पुनले पाँच शैया क्षमताको उक्त आधारभूत अस्पतालको उद्घाटन गर्दै अस्पतालको क्षमता विकासका साथै विशेषज्ञ चिकित्सक सहितको सेवा आवश्यक रहेको... पुरा पढ्नुहोस

अस्पतालचोकमा सार्वजनिक जग्गामा बनेका कच्ची संरचना भत्काइयो

म्याग्दी, १८ भदौ । बेनी नगरपालिकाले सार्वजनिक जग्गामा बनाइएका अतिक्रमित संरचनालाई हटाउन थालेको छ । बेनीको कालिपुलमा सार्वजनिक जग्गामा बनाइएका संरचना हटाएर बसपार्क विस्तार र विरेन्द्रचोकका अस्थायी संरचना हटाएर सडक विस्तार गरेको बेनी नगरपालिकाले बेनी बजारभित्रका अतिक्रमित जग्गाको खोजी गर्न थालेको हो । सोमबार बेनी नगरपालिका–८ अस्पताल चोकमा सार्वजनिक जग्गा... पुरा पढ्नुहोस

मन्त्री र साँसदलाई भाङ्ग्रा लगाएर सम्मान (तस्बिर)

बेनी, १८ भदौ (रासस) ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुुर जुुग्जाली र प्रदेश सभा सदस्य हरि बहादुर भण्डारी तथा वडा सचिब कुलप्रसाद आचार्यलाई परम्परागत पोशाक भाङ्ग्रा(गादा) लगाएर सम्मान गर्दै स्थानीयबासी । भाङ्ग्रा स्थानीय स्तरमा घाँस दाउँरा गर्न जाँदा समेत सहयोगी मानिन्छ... पुरा पढ्नुहोस

एघार वर्षपछि चार पाङग्रे सवारी चालक लाइसेन्सको आवेदन खुुल्यो

म्याग्दी, १८ भदौ : म्याग्दी लगायत साविक धौलागिरी क्षेत्रका सेवाग्राहीलाई लक्षित गरेर बागलुङमा एघार वर्षपछि पुनः चारपाङग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन गर्न आवेदन संकलन हुन थालेको छ । बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राहीलाई चारपाङ्ग्रेको लाइसेन्सका लागि पोखरा लगायतका स्थानमा पुुग्नुुपर्ने बाध्यता हट्ने भएको छ । यातायात व्यवस्था... पुरा पढ्नुहोस

सडक, पदमार्गबाट पर्यटकीय क्षेत्र डढेकोत पुग्न सहज ( फोटोफिचर )

  म्याग्दी, १७ भदौ । सडक, पदमार्गले म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरस्थित रहेको डढेकोत डिलमा पुग्न सहज भएको छ । धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा चिनिएको जगन्नाथ मन्दिरबाट डढेकोत दरबारको डिलसम्म पुग्न पदमार्गले सहज बनाएको हो । जगन्नाथ मन्दिरसम्म सडक सुविधा र त्यहाँबाट डढेकोतसम्म पदमार्ग आन्तरिक पर्यटकलाई डिलमा पुग्न सहज भएको... पुरा पढ्नुहोस