म्याग्दी समाचार
श्रमदान र सहयोग जुटाएर पदमार्ग निर्माण सुरु
- 2 बर्ष, 5 महिना अगाडि
- २७ आश्विन २०८०, शनिबार
बेनी २७ असोज। म्याग्दीको रघुगङ्गा गाउँपालिका-२, कुनौटादेखि माछखर्क जोड्ने पदमार्ग निर्माण सुरु भएको छ । बेनी-जोमसोम सडकखण्डअन्तर्गत माछखर्क जाने पुरानो घोरेटोबाटो जीर्ण भएपछि आवतजावत कठिन हुन थालेको भन्दै श्रमदान जुटाएर पक्की पदमार्ग निर्माण थालिएको हो । नेकपा (माओवादी केन्द्र)को वडा कमिटीले सुरु गरेको श्रमदान अभियानमार्फत उक्त पदमार्ग... पुरा पढ्नुहोस
रोजगारी सिर्जना हुने उद्योग स्थापनामा लगानी भित्र्याउन प्रवासीलाई आग्रह
- 2 बर्ष, 5 महिना अगाडि
- २७ आश्विन २०८०, शनिबार
म्याग्दी, २७ असोज । विभिन्न पेसा र व्यवसायका लागि प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको उद्घाटन सत्रमा बोल्ने जिल्लाका जनप्रतिनिधिहरुले रोजगारी सिर्जना हुने उद्योग स्थापनामा लगानी भित्र्याउन प्रवासी म्याग्देलीलाई आग्रह गरेका छन् । सांसद गर्बुजाले महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै... पुरा पढ्नुहोस
मोनाको पाँचौ महाधिवेशनको उद्घाटन
- 2 बर्ष, 5 महिना अगाडि
- २६ आश्विन २०८०, शुक्रबार
म्याग्दी, २६ असोज । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशन शुक्रबारदेखि बेनीमा सुरू भएको छ । विभिन्न देशमा ब्यावसाय, रोजगारी, शिक्षाको क्रममा विश्वभर छरिएर रहेका म्याग्देलिहरूको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारि समितिको नयाँ नेतृत्व चयनका लागि अधिवेशन गरिएको हो । खुल्लामञ्चमा... पुरा पढ्नुहोस
मोनाको पाँचौँ महाधिवेशन बेनीमा सुरु (फोटो फिचर)
- 2 बर्ष, 5 महिना अगाडि
- २६ आश्विन २०८०, शुक्रबार
बेनी, २६ असोज ः म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशन बेनीमा सुरु भएको छ । बेनीको खुल्लामञ्चमा आयोजना भएको सम्मेलनको उद्घाटन समारोह अघि बेनी बजारमा विभिन्न जातजाति, समुदाय र संघ संस्थाको पहिचान झल्कने झाँकी सहितको ¥याली निकालिएको छ । दुई बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन... पुरा पढ्नुहोस
कर्मचारी आन्दोलनमाः म्याग्दीका पालिकाको काम ठप्प
- 2 बर्ष, 5 महिना अगाडि
- २६ आश्विन २०८०, शुक्रबार
बेनी, २६ असोज ः सरकारले ल्याउन लागेको संघीय निजामती सेवा ऐनविरुद्ध स्थानीय तहका कर्मचारी आन्दोलनमा उत्रिएपछि म्याग्दीका पालिकाका कामकाज ठप्प भएका छन्। उक्त ऐनमार्फत सरकारले स्थानीय तहका कर्मचारीलाई विभेद गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन् । देशव्यापी रुपमा आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारीहरुले पेन डाउन गरेका छन् । काठमाण्डौमा धर्ना... पुरा पढ्नुहोस
बेनीमा २० युनिट रगत संकलन
- 2 बर्ष, 5 महिना अगाडि
- २५ आश्विन २०८०, बिहीबार
म्याग्दी, २५ असोज । प्रवासमा रहेका म्याग्देलीले म्याग्दीको सदरमुकाम बेनीमा आयोजना गरेको रक्तदान कार्यक्रमबाट २० युनिट रगत संकलन भएको छ । सामाजिन एवम् मानवीय सेवामा सक्रिय मोना कतार बहुउद्देश्यीय अक्षय कोषको आयोजनामा बिहिबार बेनी अस्पतालको प्राङ्गणमा आयोजना भएको कार्यक्रमको बेनी नगरपालिकालका मेयर सुरत केसीले पहिलो रक्तदाता मोना कतारका प्रमुख संरक्षक... पुरा पढ्नुहोस
मोना कप भलिबलको उपाधी पुरुषतर्फ बेनी र महिलातर्फ अन्नपूर्णलाई
- 2 बर्ष, 5 महिना अगाडि
- २५ आश्विन २०८०, बिहीबार
म्याग्दी, २५ असोज । म्याग्दीको सदरमुकाम बेनीमा भएको प्रथम मोना कप पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधी पुरुषतर्फ बेनी नगरपालिका र महिलातर्फ अन्नपूर्ण गाउँपालिकाले जितेको छ । म्याग्दी प्रवासी नेपाली (संघ)मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको अवसरमा आयोजित प्रतियोगितामा उपाधी जितेका हुन् । भलिबलप्रेमी दर्शकको भरिभराउ रहेको खुल्लामञ्चमा बिहिबार भएको... पुरा पढ्नुहोस
मोनाको पाँचौँ महाधिवेशनको तयारी अन्तिम चरणमा
- 2 बर्ष, 5 महिना अगाडि
- २५ आश्विन २०८०, बिहीबार
बेनी, २५ असोज ः म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिको बेनीमा हुने पाँचौ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । मोनाको बेनी स्थित कार्यालयमा आजा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष अमर छन्त्यालले पाँचौ महाधिवेशनको व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउनुभएको हो । असोज २६ गते (शुक्रबार) बेनीको... पुरा पढ्नुहोस
मोना कप भलिबल : पुरुषतर्फ मंगला, महिलातर्फ अन्नपूर्ण र मालिका फाईनलमा प्रवेश
- 2 बर्ष, 5 महिना अगाडि
- २४ आश्विन २०८०, बुधबार
बेनी, २४ असोज। सदरमुकाम बेनीमा प्रथम मोना कप पालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा संचालन भएको छ । म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको अवसरमा आयोजित प्रतियोगितामा पुरुषतर्फ मंगला गाउँपालिका फाईनलमा प्रवेश गरेको छ । भलिप्रेमी दर्शकको भरिभराउ रहेको खुल्लामञ्चमा भएको सेमिफाईनलमा रघुगंगा गाउँपालिकालाई २... पुरा पढ्नुहोस
बेनी बजारको सडक फराकिलो बन्दै
- 2 बर्ष, 5 महिना अगाडि
- २४ आश्विन २०८०, बुधबार
म्याग्दी, २४ असोज । घना बस्ती र अतिक्रमणको कारण साघुरो बनेका बेनी बजारका सडकलाई फराकिलो बनाउने अभियान थालिएको छ । सडकलाई अतिक्रमण गरेर ब्यक्तिगत प्रयोजनका लागि प्रयोग हुने पेटी र सिँढी लगायतका पूर्वाधार बनेपछि बेनी बजारभित्रका सडक साँघुरा बनेका थिए । सडकमा दोहोरो सवारी आवागमन हुन नसक्ने अवस्था आएपछि बजार... पुरा पढ्नुहोस