म्याग्दी समाचार

ताकममा योग शिविर

ताकम, ३ कात्तिक । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा शुक्रबार योग शिविर सम्पन्न भएको छ । धवलागिरी गाउँपालिकाको आर्थिक सहयोग र वडा कार्यालयको आयोजनामा ताकम स्थित वडा कार्यालयमा १५ दिनसम्म शिविर सञ्चालन भएको थियो । दैनिक ६० देखि ७० जनाले योग अभ्यासमा सहभागिता जनाएका वडा सचिव तमबहादुर बिकले जानकारी दिनुभयो ।... पुरा पढ्नुहोस

राजनीतिले जुराएको संयोग : ‘एउटै मञ्चमा बाबु–छोरी, ससुरा–बुहारी’

बेनी, ३ कात्तिक : बेनी नगरपालिकाले शुक्रवार आयोजना गरेको एक कार्यक्रममा ‘एउटै मञ्चमा बाबु–छोरी र ससुरा–बुहारी’ सहभागी भएको रोचक संयोग देखियो । बिजया दशमी, तिहार, नेपाल सम्वत र छट लगायतका पर्वहरुको अवसरमा शुक्रवार बेनी नगरपालिकाले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमको स्टेजमा संविधान सभा सदस्य गोविन्द पोडेल, पौडेलकी बुहारी एवंम... पुरा पढ्नुहोस

तन्नेरी नहुँदा गाउँमा छैन दसैँको रौनक

गलेश्वर (म्याग्दी), कात्तिक ३- उत्तरतर्फ हेर्दा टलक्क टल्कने हिमाल । पूर्वतर्फ बागलुङको पञ्चकोट । हेर्दाखेरि निकै सुन्दर र मनमोहक लाग्छ ज्यामरुककोट । खेतका फाँटमा पहेलै पाकेका धान र धान थन्क्याउन लागेका महिला तथा पाका किसान । बेफुर्सदिला छन् उमेरले ५० काटेका पाका गाउँलेहरु पनि । केही वर्षअघि सम्म म्याग्दीको बेनी... पुरा पढ्नुहोस

बेनी नगरपालिकाको आयोजनामा विजय दशमीको शुभकामना आदान–प्रदान

  म्याग्दी, ३ कात्तिक। बेनी नगरपालिकाको आयोजना महान पर्व विजय दशमीको शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ। नगरपालिकाको कार्यालय परिसरमा शुक्रबार आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्थाका पदाधिकारी लगायतको उपस्थितमा विजयदशमी, शुभदिपावली र छठ पर्वको अवसरमा सुख, शान्ति, एकताको शुभकामना आदानप्रदान भएको हो नगरप्रमुख सुरत केसीको अध्यक्षतामा भएको... पुरा पढ्नुहोस

धार्मिक सद्भाव र सामाजिक सहकार्य कायम गरौ– नेता पौडेल

म्याग्दी, २ कात्तिक । नेकपा (माओवादी केन्द्र)का सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज देवेन्द्र पौडेलले धार्मिक सद्भाव र सामाजिक सहकार्यको वातावरण बनाउनुपर्ने बताउनु भएको छ । नेकपा माओवादी केन्द्रको बेनी नगर कमिटिले दशै तिहार लगायत चाडपर्वको अवसरमा बिहिबार बेनीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता पौडेलले धार्मिक र सामाजिक सद्भाव खलबलाउने... पुरा पढ्नुहोस

बेनी अस्पतालमा ओपिडी सेवा विहान ७ बजेदेखि बेलुका ८ बजेसम्म संचालन हुने

  म्याग्दी, २ कात्तिक । गण्डकी प्रदेश सरकारले बार्षिक नीति तथा कार्यक्रम अनुसार सरकारी अस्पतालमा विहान ७ बजेदेखि बेलुका ८ बजेसम्म ओपिडी सेवा संचालन गर्ने नीतिमा रहेर बेनी अस्पतालबाट सेवा सुरु गरिएको छ । विहिबार गण्डकी प्रदेश सरकार अन्तरगत सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाको उपस्थितमा विहान ७ बजेदेखि... पुरा पढ्नुहोस

मुुस्ताङका सडक र पुल निर्माणमा भएको ढिलाईप्रति मन्त्री जुुग्जालीको चासो

जोमसोम, १ कात्तिक । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुुर जुुग्जालीले मुुस्ताङ जिल्लामा सडक र पुल निर्माणमा भएको ढिलाईप्रति चासो दिनुुभएको छ । प्रदेश सरकार मार्फत सञ्चालित एक निर्वाचन क्षेत्र एक सडक आयोजना अन्तरगतका दुुई वटा सडक र कालीगण्डकीमा निर्माणाधिन तीन वटा सडक पुुल ढिलासुुस्तीका कारण... पुरा पढ्नुहोस

भ्रष्टाचार विरोधी अभियानले नयाँ उत्साह जागेको छ : प्रधानमन्त्री

जोमसोम, कात्तिक १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गरिरहेको बताउँदै भ्रष्टाचार विरोधी अभियानले नयाँ उत्साह जागेको बताउनुभएको छ । बुधबार मुस्ताङमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानका क्रममा आयोजित कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो... पुरा पढ्नुहोस

तीन महिनापछि लुलाङमा विजुली बल्यो

बेनी, १ कात्तिक : म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा तीन महिनापछि विजुली बलेको छ । गत असार २८ गते पहिरोले ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृह बगाएपछि विद्युत सुविधा उपभोगबाट बञ्चित भएका स्थानीयले लघुजलविद्युत मर्मत भएपछि पुनः विजुली वत्ति बाल्न पाएका हुन् । धवलागिरि गाउँपालिका र जिल्ला समन्वय समितिको... पुरा पढ्नुहोस

म्याग्दीका डिएसपी मदन कुँवर गण्डकी प्रदेशकै उत्कृष्ट जिल्ला प्रमुख

  जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक मदन कुँवर गण्डकी प्रदेशको उत्कृष्ट जिल्ला प्रमुख बनेका छन । गण्डकी प्रदेश प्रहरी कार्यालयले कुँवरलाई उत्कृष्ट जिल्ला प्रमुखको रुपमा छनोट गरेको हो । उत्कृष्ट जिल्ला प्रमुख कुँवरलाई ६८ औं प्रहरी दिवसको अवसर पारी आज सम्मान गरेको छ । बेनीमा जिल्ला प्रहरी... पुरा पढ्नुहोस