म्याग्दी समाचार

म्याग्दी उद्योग वाणिज्य संघको नवनिर्वाचित समितिको पदस्थापना

म्याग्दी उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई पदस्थापना गरिएको छ । संघको ३० औं साधारणसभा तथा १२ औं अधिवेशनबाट सर्वसम्मत रुपमा सुविन श्रेष्ठको नेतृत्वमा चयन भएको नयाँ कार्य समितिलाई सोमबार औपचारिक रुपमा पद हस्तान्तरण सहित पदस्थापना गरिएको हो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्रेष्ठ सहित वरिष्ठ उपाध्यक्ष राजेश शाक्य, प्रथम उपाध्यक्ष लिलाराम... पुरा पढ्नुहोस

टोड्केमा ढकमक्क लालीगुराँस फुलेपछि पर्यटककाे गन्तव्य बन्दै

म्याग्दी २८ फागुन ।  प्रकृतिसँग रमाउनेको लागि गुराँस फुलेर रङ्गीएको म्याग्दीको टोड्के क्षेत्रको जङ्गल आकर्षक गन्तव्य बनेको छ । रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको अवस्थित टोड्केको उचाइ समुद्री सतहदेखि दुई हजार तीन सय मिटर हो । टोड्केका अनिल बुढाथोकीले गुराँस फुल्न थालेपछि म्याग्दीका साथै छिमेकी जिल्ला र देशका विभिन्न... पुरा पढ्नुहोस

सरस्वती माविमा म्याग्दी जेसीजको आँखा जाँच कार्यक्रम सम्पन्न

म्याग्दी, २७ फागुन । म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा रहेको सरस्वती माध्यमिक विद्यालयमा म्याग्दी जेसीजको आँखा जाँच कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी जेसीजको आयोजना र नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र बेनीको प्राविधिक सहयोगमा आइतवार सम्पन्न शिविरमा विद्यालयका विद्यार्थी र शिक्षकहरुको आँखा जाँच  गरिएको छ । उक्त कार्यक्रममा विद्यालयका १... पुरा पढ्नुहोस

कुइनेखानीमा जंगलको डढेलोले गोठ जलेर नष्ट

म्याग्दी २७ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेखानीमा भिरमा अज्ञात व्यक्तिले लगाएको आगो फैलिएर फाँटमा रहेका पशु चौपायाका गोठ जलेका छन् । कुइनेको सिस्नेरी भीरमा लगाएको आगो भीरको तलको फाँटमा रहेको दलमान छन्त्यालका भैँसी, बाख्राका दुई वटा गोठमा पुगेपछि गोठहरु जलेका छन् । गोठमा आगलागी भएपछि गोठभिर रहेको भैँसी आगोको... पुरा पढ्नुहोस

म्याग्दी नारच्याङको छेम्दीमा ‘एक घर, एक धारा’

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको छेम्दी टोलमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । गोर्खा वेयलफेयर ट्रष्टको आर्थिक र प्राविधिक सहयोगमा स्थानीय उपभोक्ताले श्रमदान गरेर खानेपानी तथा सरसफाइ आयोजना निर्माण गरेका हुन् । मुलपानी र लट्टेखोरीयाको मुहानबाट पानी ल्याएर घरघरमा धारा बनाएर वितरण गरिएको कार्यवाहक वडाध्यक्ष श्याम... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकामा एमालेको नयाँ नेतृत्व,अध्यक्षतामा झलक आचार्य

झलक आचार्यको अध्यक्षतामा नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटीको नयाँ कमिटी गठन भएको छ । रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न भएको पार्टीको दोश्रो अधिवेशन पछिको वन्दसत्रबाट सर्वसम्मत रुपमा नयाँ कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा यामकुमारी गर्बुजा, सचिव तेजु शेरपुञ्जा, उपसचिवमा अमृत भण्डारी र रिम पाइजा चयन हुनुभएको छ ।... पुरा पढ्नुहोस

जलजलामा दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

फागुन २६ गते । पर्वतको जलजला गाउँपालिकाको आयोजनामा दोस्रो अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित खोलाखेत युवा क्लबको खेलमैदानमा शनिबार देखि सुरु भएको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोमबहादुर जिसीले उद्घाटन गर्नुभयो । खेल पूर्वाधारको विकास गरी... पुरा पढ्नुहोस

भाषा लोप हुँदा मेटिएको इतिहास खोजी गर्दै कुहूँ

बेनी । सिरानमा घना जङ्गल । जङ्गलको पुछारमा मालिकादेविलाई शिरमा राखेर लोप भएको खाम भाषा र मेटिएको इतिहासको झझल्को दिँदै छ म्याग्दीको कुहूँ गाउँले । जिल्लाको मङ्गला गाउँपालिका–१ मा पर्ने यो गाउँ चिटिक्क परेको छ । प्राकृतिक सौन्दर्य र यहाँको ऐतिहासिक महत्वले मगर बाहुल्यगाउँमा १७ औँ शताब्दीको सुरुङमार्ग र तत्कालीन... पुरा पढ्नुहोस

शिवरात्रिका दिन गलेश्वर मन्दिरमा चार लाख भन्दा बढी भेटी सङ्कलन

म्याग्दी, फागुन २६ । बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा महाशिवरात्रिका दिन रु चार लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । महाशिवरात्रि पर्वका अवसरमा शुक्रबार गलेश्वरमा पूजाआजा र दर्शन गर्न आएका भक्तजनले चढाएको भेटी आज बिहान गनिएको हो । यस वर्षको महाशिवरात्रि पर्वमा रु चार लाख २९ हजार तीन सय ८८... पुरा पढ्नुहोस

कालीगण्डकीको बाढीबाट जोगाउन नदी नियन्त्रण योजना

म्याग्दीको बेनी नगरपालिका–१ आनन्दबगरमा नदी नियन्त्रण योजना सञ्चालन भएको छ । कालीगण्डकी नदीको कटानबाट जोखिममा रहेको आनन्दबगरको बस्ती संरक्षणका लागि रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले योजना कार्यान्वयन गरेको हो । आनन्दबगर बस्ती संरक्षण योजना उपभोक्ता समितिका अध्यक्ष लालबहादुर थापाले कालीगण्डकी किनारमा ‘कम्पोजित’ प्रविधिको पर्खाल निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको... पुरा पढ्नुहोस