ताजा अपडेट

मालीकामा भक्तजनको घुईचो

मालीका, १७ बैशाख । म्याग्दीको मालीका गाउँपालिका ६, ७ र रघुगंगा ६ को सिमा क्षेत्रमा अवस्थित मालीकामा सोमबार चण्डीपूर्णीमा पर्वको अवसरमा दर्शन र पुजाआजा गर्ने भक्तजनहरुको घुइँचो लागेको छ । समुन्द्रि सतहदेखि तिन हजार ४०० मिटरको उचाईमा अवस्थित मालिकामा राती बाह् बजेदेखि अपराहन्नसम्म पुजाआजा भएको थियो । म्याग्दी, पर्वत, बागलुङ,... पुरा पढ्नुहोस

जालमा माछा परेपछि

हरेक मानिसलाई मेहनत अनुसारको सफलता मिलेपछि पक्कै खुशि हुन्छन । त्यस्तै खुशी कालिगण्डकी नदीबाट जालमा माछा परेपछि खुशी भएको अवस्थामा युवा । कालिगण्डकी नदीको माछा स्वादिलो हुनाले १ हजार किलोमा विक्रि गर्दा पनि ग्राहकलाई पु¥याउन नसकिएको माँझीहरु बताउछन । तस्विरः धिरन खत्री/पर्वत १७ बैशाख । पुरा पढ्नुहोस

धौलागिरि हिमाल आरोहणमा विदेशी पर्यटकको मृत्यु

  म्याग्दी,१७ बैशाख । धौलागिरि हिमाल आरोहणका लागि गएका विदेशी पर्यटकको मृत्यु भएको छ । १५ हिमाल आरोहणका लागि इटलीका ३७ वर्षीय सिमोन ला तेर्राको हिमपहिरोमा परी मृत्यु भएको हो । गत शुक्रबारदेखि हराएका उनको शव शनिबार फेला परेको प्रेस्टिज एडभेन्चरका डम्बर पराजुलीले जानकारी दिए । उनको शव सोमबार काठमाडौंको... पुरा पढ्नुहोस

बेनी दरवाङ सडकमा कडा चट्टान कटानका लागि एकहप्ता समय थप

म्याग्दी, १७ बैशाख ।  बेनी– दरबाङ सडकमा कडा चट्टान कटानका लागि एकहप्ता समय थप गरिएको छ । पश्चिम म्याग्दीलाई सदरमुकामसंग जोड्ने बेनी दरवाङ सडक स्तरोन्नतीको लागि कडा चट्टान भएको ठाउँमा एक हप्ताको समयमा कटान नसकिएको हुदाँ जिल्ला प्रशासनमा आईतबार बसेको बैठकले समय थप गरेको हो । आईतबार बसेको जिल्ला समन्वय... पुरा पढ्नुहोस

अाज बुद्ध जयन्ती

  १७ वैशाख । आज वैशाख शुक्ल पूणिर्माको दिन अर्थात् बुद्ध जयन्ती । आजको दिन बुद्ध जन्मिएका थिए । आजकै दिन उनले ज्ञान प्राप्त गरेका थिए भने महापरिनिर्वाण पनि आजकै दिन प्राप्त गरेका थिए । बुद्ध शव्दको अर्थ जागेको व्यक्ति भन्ने हुन्छ । बुद्ध पूर्ण रूपमा सांसारिक मोहको पीडावाट जागेका एक... पुरा पढ्नुहोस

नन्दहरि सृृजनशिल पत्रकारिता पुरस्कार म्याग्दीका ध्रुबसागर शर्मालाई

  राजेशचन्द्र राज भण्डारी, बाग्लुङ ।बैशाख,१७ नेपाल पत्रकार महासंघ बागलुङ शाखाका पुर्ब अध्यक्ष हरिनारायण गौतम र उनका परिवारले आफ्नो स्वर्गीय मातापिताको नाममा स्थापना गरेको पत्रकारिता पुरस्कार खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्माले म्याग्दीका पत्रकार धुब्रसागार शर्मालाई प्रमाणपत्र सहित नगद १५ हजार १ सय ५५ प्रदान गरेका हुन् । क्रियाशीलता र निरन्तररूपमा... पुरा पढ्नुहोस

महभिर झरनाको पर्यटन विकासका लागि पूर्वाधार निर्माण शुरु

म्याग्दी, १७ वैशाख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ हिस्तानको महभिर झरनाको पर्यटन विकासका लागि पूर्वाधार निर्माण शुरु भएको छ ।  ओझेलमा परेको महभिर झरनामा पर्यटक भित्र्याउनका लागि गाउँपालिका, वडा कार्यालय र स्थानीयवासीले पूर्वाधार निर्माण शुरु गरेका हुन् । गाउँपालिकाको रु पाँच लाख अनुदानमा झरनाको फेदीमा कृत्रिम पोखरी निर्माणको काम शुरु... पुरा पढ्नुहोस

बेनी अस्पतालको भवन निर्माणमा ढिलाई

म्याग्दी, १६ वैशाख । म्याग्दी सदरमुकाम बनी बजारमा रहेको तत्कालिन जिल्ला अस्पताल (हाल बेनी अस्पताल म्याग्दी)को कार्यालय परिसरमा बन्न लागेको आधुनिक सुविधासम्पन्न भवनको निमार्णकार्य सुस्त गतिमा हुँदा विरामीहरुले सास्ती खेप्न परेको छ । जिल्ला भित्र रहेको अस्पताल सुविधा सम्पन्न हुनुका साथै स्तरोन्नती हुनु आफैमा राम्रो भएपनि निर्माणकार्य सुरु भएको मितिले... पुरा पढ्नुहोस

सुशासन र सुरक्षालाई बलियो बनाउने प्रजिअ अधिकारीको प्रतिवद्धता

म्याग्दी,१६ बैशाख । म्याग्दीमा नवआगन्तुक प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जिल्लामा सुशासन र सुरक्षालाइबलियो बनाउने प्रतिवद्धता गर्नुभएको छ । आईतबार जिल्लामा क्रियाशिल पत्रकारहरुको भेटघाट कार्यक्रममा प्रजिअ अधिकारीले सो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले जिल्लामा रहेको विकास निर्माणका योजनाको अनगुमन, प्रशासनिक सेवालाई गुणस्तरिय बनाउन आफुले निरन्तर लागि पर्ने समेत बताउनुभयो ।... पुरा पढ्नुहोस

विद्यालयलाई कम्युटर सहयोग

म्याग्दी, १६ वैशाख । मंगला गाँउपलिका–३ खर्कमा रहेको जनप्रिय आधारभुत विद्यालयलाई भुतपुर्व वेलायती सैनिक गिरीबहादुर थापा द्वारा ७० हजार रुपौयाँ मुल्य बराबरको दुई थान कम्युटर सहयोग प्राप्त भएको छ । आईतबार विद्यालयमा एक औपचारीक कार्यक्रमगरी थापाकी श्रीमती कौशिला थापा र भाई राजु थापाले विद्यालयलाई कम्युटर सहयोग गरेको विद्यायलका शिक्षक केपी... पुरा पढ्नुहोस