ताजा अपडेट

वेष्ट पोईन्ट चौथो पटक राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा बिजयी

बाबियाचौर, १९ फागुन । बेनीको न्यु वेष्ट पोईन्ट आवासीय मावीले लगातार चौथो पटक विद्यालय स्तरीय छात्रछात्रा राष्ट्रपती रनिङ शिल्ड खेलकुद प्रतियोगितामा बिजयी भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा शनिबार बाबियाचौरमा सम्पन्न चौथो राष्ट्रपती रनीङ शिल्डको उपाधी पनी वेष्ट पोईन्टले जितेको हो । उसले यसअघिका तिन वटा प्रतियोगिता जितेर... पुरा पढ्नुहोस

पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको साधारणसभा

बेनी, १९ फागुन । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला कार्यसमिति म्याग्दीको दसौ वार्षिक साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । साधारणसभामा मन्तब्य व्यक्त गर्नुहुदै म्याग्दीका जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले नयाँ शैक्षिक सत्रमा सबै विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउने वातावरण बनाउन शिक्षा कार्यालय, स्थानीय तह, विद्यालय र व्यवसायीहरुले समन्वय... पुरा पढ्नुहोस

कपडा तथा फेन्सी व्यवसायी समितिको अधिवेशन सम्पन्न

बेनी, १९ फागुन । कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीको शनिबार बेनीमा प्रथम साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अध्यक्ष सुवर्ण रिजालको अध्यक्षतामा समितिको कार्यसमिति चयन गरेको छ । उपाध्यक्ष रवीप्रसाद शर्मा, सचिवमा तुलसीनाथ सुवेदी (रामप्रसाद), कोषाध्यक्षमा दामोदर शर्मा, सहसचिव कमला जिसी खत्री, सदस्यहरु ईन्द्रप्रसाद सुवेदी, बिष्णुप्रसाद सुवेदी,... पुरा पढ्नुहोस

मालिकाको प्रोफाइल तयार

म्याग्दी, १९ फागुन । मालिका गाउँपालिकाले गाउँपालिकाको बस्तुगत विवरण (भिलेज प्रोफाइल) तयार पारेको छ । उक्त विवरणलाई दुईहप्ताभित्र सार्वजनिक गर्ने तयारी भएको छ । वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि गाउँपालिका प्रमुखमा श्रीप्रसाद रोका निर्वाचित भएपछि उनले एकबर्षभित्र बस्तुगत विवरण तयार पार्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए । गाउँपालिकाको बस्तुगत विवरण... पुरा पढ्नुहोस

प्रहरीको खोजी सूचीमा रहेका सांसद सिलवाल संसद भवन भित्र

काठमाडौं, १९ फागुन । प्रहरीको खोजी सूचीमा रहेका सांसद नवराज सिलवाल संघीय संसद भवनभित्र पुगेका छन् । एमाले–माओवादीतर्फबाट संघीय संसदमा निर्वाचित सांसदहरुलाई प्रशिक्षण दिन आयोजना गरिएको कार्यक्रममा भाग लिन सिलवाल संसद भवन नयाँ बानेश्वर पुगेका हुन् । उनी शनिबार बिहान करिव पौने ११ बजेतिर भवन पुगेका थिए । प्रशिक्षण कार्यक्रम... पुरा पढ्नुहोस

दैनिक ३५ करोड राजस्व लुट

काठमाडौं, १९ फागुन । भन्सारका कर्मचारी र आयातित व्यापारमा संलग्न उद्योगी व्यापारीसँगको मिलेमतोमा राज्यले दैनिक करोडौं रुपैयाँ राजस्व गुमाउँदै आएको खुलेको छ। चार दिनअघि अर्थमन्त्री बनेका युवराज खतिवडाले विभिन्न स्थानमा रहेका भन्सार कार्यालयका प्रमुखहरुलाई काठमाडौंमा बोलाएर कडा निर्देशन दिएकै दिन (शुक्रबार) मुलुकभरका भन्सार नाकाबाट करिब ३५ करोड रुपैयाँ राजस्व बढी... पुरा पढ्नुहोस

अनेरास्ववियू क्रान्तिकारी म्याग्दीको विस्तारित बैठक सम्पन्न

म्याग्दी, १८ फागुन । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन क्रान्तिकारी म्याग्दीको विस्तारित बैठक शुक्रबार सम्पन्न भएको छ । अनेरास्ववियु क्रान्तिकारी केन्द्रिय सचिव क्षितिज सापकोटाको प्रमुख आथित्यतामा विभिन्न निर्णय गर्दै विस्तारित बैठक सम्पन्न भएको हो । अनेरास्ववियु क्रान्तिकारी केन्द्रिय सदस्य एवम् जिल्ला अध्यक्ष सुदिन पौडेलको अध्यक्षतामा... पुरा पढ्नुहोस

समयमै पुरा तलब नपाएपछि बेनी नगरपालीकाका शिक्षकहरु आन्दोलनमा

बेनी, १८ फागुन । समयमै पुरा तलब नपाएपछि बेनी नगरपालीकाका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ, एकिकृत अखिल नेपाल शिक्षक संघ र नेपाल शिक्षक परिषद्का पदाधीकारी तथा नगरपालीका र प्रअहरुको टोलीले शुक्रबार नगरपालीका कार्यालय अगाडी तिन घण्टा धर्ना बसेका छन् । सामुदायीक विद्यालयका शिक्षक,... पुरा पढ्नुहोस

न्यु जेनेरेशन युथ क्लवको ग्राउण्ड तथा स्टेज निर्माणका लागि ३ लाख ८० हजार सहयोग जुट्यो

म्याग्दी, १८ फागुन । फागुपुर्णिमाको अवसरमा रघुगंगा गाउँपालिका २ सिजलगाउँमा न्यु जेनेरेशन युथ क्लवद्धारा विभिन्न खेलकुद तथा सास्कृति कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रमलाई उद्घाटन प्रदेश सांसद विनोद केसीबाट गरिएको हो । क्लवले आयोजित भलिबल, लठो प्रतियोगिता साथै ग्राउण्ड मर्मत तथा स्टेज निर्माण लागि क्लवले थालेको अभियानमा रोजगारको शिलशिलामा... पुरा पढ्नुहोस

शान्ति कोषलाई जापानबाट तिन लाख पचास हजार जुट्यो

  म्याग्दी, १८ फागुन । परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई जापानमा तिन लाख पचास हजार रुपैया सहयोग जुटेको छ ।म्याग्दी प्रवासी नेपाली संघ जापानको नागोया क्षेत्रिय समितिले बिहीबार आयोजना गरेको कार्यक्रममा सहभागीहरुले सो रकम सहयोगको घोषणा गरेका हुन् । गरिब तथा विपन्नको उपचारमा सहयोग गर्ने उद्देश्यले कोषले स्थापना गर्न लागेको... पुरा पढ्नुहोस