ताजा अपडेट

कृषि र पशुपालनमा सम्भावना खोज्दै मंगला

बेनी, ७ मंसिर । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा शुक्रबारदेखि ग्रामिण कार्यशाला गोष्ठि सुरु भएको छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेको आयोजना र मंगला गाउँपालिकाको व्यवस्थापनमा कृषि र पशुपालन सम्बन्धि समस्या पहिचान र निराकरणका उपायको खोजी गर्ने उद्देश्यले सुरु भएको गोष्ठि दुई दिन सम्म सञ्चालन हुने जनाइएको छ । ३५... पुरा पढ्नुहोस

दरवाङमा ब्यवसाय दर्ता तथा नविकरण शिविर

बेनी, ७ मंसिर । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा शुक्रबार तेस्रो कर दिवसको अवसरमा औद्योगिक परामर्श तथा दर्ता नविकरण शिविर सम्पन्न भएको छ । मालिका गाउँपालिका र घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयको आयोजनामा सम्पन्न शिविरबाट २५ जनाले व्यवसाय दर्ता तथा नविकरण सम्बन्धि सेवा पाएका छन् । ९ वटा नयाँ... पुरा पढ्नुहोस

धवलागिरी गाउँपालिकामा इन्टरनेट सेवा विस्तार 

बेनी, ८ मंङसिर । म्याग्दीको सबैभन्दा दुर्गम क्षेत्रमा अवस्थित धवलागिरी गाउँपालिकाको मुना स्थित कार्यालयमा शनिबार पहिलो पटक इन्टरनेट सेवाको पहुँच पुगेको छ । नेपाल टेलीकमको प्राबिधिक सहयोगमा गाउँपालिकाको पहलमा कार्यालयमा इन्टरनेट जडान भएको हो । मुदीको फालडाँडामा रहेको टेलीकमको रिपीटर टावरमा उपकरण जडान गरेर इन्टरनेट सेवा विस्तार गरिएको गाउँपालिकाको सूचना... पुरा पढ्नुहोस

धनजनतामा बालकक्षा भवन

मुना ७ मङसिर । धवलागिरी गाउँपालिका ३ फलीयागाउँमा रहेको धनजनता माध्यमिक विद्यालयमा बालकक्षा भवन निर्माण भएको छ । गुड नेवर्स इन्टरनेशनलको आर्थिक सहयोगमा कदम र संगम म्याग्दी मार्फत सञ्चालित म्याग्दी सामुदायिक विकास परियोजना अन्तरगत एक कोठे भवन निर्माण भएको हो । नौ लाख ७२ हजार १४० रुपैयाको लागतमा निर्माण भएको... पुरा पढ्नुहोस

मुटुरोगी अस्मिता परियारको उपचारका लागि लायन्स क्लव अफ बेनी म्याग्दीद्धारा ३० हजार सहयोग

म्याग्दी ७ मंसिर । मुटुरोग लागेकी पर्वत जलजला गाउँपालिका – २ मल्लाज बाखसर्क निवासी अस्मिता परियारको उपचारका लागि लायन्स क्लव अफ बेनी म्याग्दीद्धारा ३० हजार ५ सय रुपैया आर्थिक सहयोग गरिएको छ । आर्थिक अवस्था कमजोर भएकी परियारको उपचारका लागि लायन्सका बरिष्ठ उपाध्यक्ष नकुल ढकालको संयोजनमा सो रकम संकलन भएको... पुरा पढ्नुहोस

बेनीमा गरिमाको रक्तदान

बेनी ७ मङसिर । गरिमा विकास बैंकको १२ औ वार्षिक उत्सवको अवसरमा शुक्रबार बेनीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।बैंकको बेनीको न्युरोड स्थित शाखा कार्यालय परिसरमा आयोजना गरिएको कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाद्धारा सञ्चालित रक्तसञ्चार केन्द्रको प्राबिधिक सहयोगमा सञ्चालित कार्यक्रममा बैंकका सञ्चालक, संस्थापक,... पुरा पढ्नुहोस

विद्यालयलाई साढे दुई लाख सहयोग

  बेनी ६ मङसिर । अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा रहेको देउराली आधारभुत विद्यालयलाई एक परिवारले बिहीबार साढे दुई लाँख रुपैया आर्थिक सहयोग गरेका छन् । राम्चेमा जन्मनुभएका हाल पोखराको अर्घौ निवासी कुमबहादुर पुर्जाको परिवारबाट विद्यालयमा स्थापित अक्षयकोषमा दुई लाख पचास हजार रुपैया सहयोग प्राप्त भएको हो । गाउँ छाडेर गएको... पुरा पढ्नुहोस

रघुगंगाको दुर्गम बस्तीमा स्वास्थ्य सेवा लिन सकसः ‘स्टेचर छैन, डोकोको भर’

म्याग्दी, ७ मंसिर । रघुगंगा गाउँपालिका–८ कुईनेखानीका स्थानीयबासीलाई प्राथमिक स्वास्थ्य सेवा लिनको लागि पनी ४ घण्टा बढीको पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । भौगोलिक रुपमा बिकटता रहेको कुईनेदेखि वडाकै एकमात्रै स्वास्थ्य संस्था घ्याँसीखर्कमा रहेको स्वास्थ्य चौकीमा सेवा लिन जान घण्टौँ हिँड्नुपर्ने बाध्यता रहेको हो । छरिएर बस्तीहरु रहेको यस वडामा... पुरा पढ्नुहोस

बालबालिकाको शिक्षा र स्वास्थ्यमा सघाउँदै फ्रान्सेली ‘नमस्ते इनफान्स दीहिमालय’

म्याग्दी, ६ मंसिर । फ्रान्समा जन्मिएर नेपाली युवासंग बैबाहिक सम्बन्धमा बाँधिएकी एक युवतीको पहलमा स्थापना भएको संस्थाले नेपालका विभिन्न ठाउँमा बालबालिकाहरुको शिक्षा र स्वास्थ्य क्षेत्रमा सघाउन थालेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला पुख्र्यौली घर भई भैरवाको सुपौलीमा बसोबास गर्नुहुने रोशन पुनसंग बैबाहिक सम्बन्धमा बाँधिनुभएकी आन केलेयर पुनको पहलमा स्थापना... पुरा पढ्नुहोस

रघुगंगा गाउँपालिकाका अध्यक्षको सल्लाकारमा केवी भण्डारी

म्याग्दी,६ मंसिर । रघुगंगा गाउँपालिकाको अध्यक्ष भवबहादुर भण्डारीको सल्लाकारमा केवी भण्डारी चयन भएका छन् । नेपाली काग्रेस म्याग्दीका सदस्य रहेका सल्लाकार भण्डारी विज्ञान तथा प्रविधि क्षेत्रको विकासमा क्रियाशिल छन् । गाउँपालिकाको केन्द्र मौवाफाँटमा विहिबार बसेको कार्यपालिकाको बैठकले भण्डारीलाई सर्वसम्वत रुपमा सल्लाकारमा चयन गरिएको हो । सल्लाकारमा चयन भएका युवा नेता... पुरा पढ्नुहोस