म्याग्देलीहरुको एकताका लागि युएईमा रमाइलो वनभोज

  • २८ माघ २०७५, सोमबार
  • 2917 पटक पढिएको

काजिमान बुढाथोकी मगर
युएई ,सोमबार माघ २८ गते । म्याग्दी प्रबासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिती (मोना ) युएईको सामुहिक भाईचारा विकासका लागि आयोजना गरिएको वनभोज कार्यक्रम सम्पन्न भएको छ । मोना म्याग्दीको आयोजनामा शुक्रबार दुबैको माम्जार बिच पार्कमा विभिन्न कार्यक्रम गरि सामुहिक वनभोज कार्यक्रम सम्पन्न भएको हो । रोजगारिको शिलशिलामा युएईमा कार्यरत म्याग्देली तथा गैरम्याग्देलिहरुमा आपसी भाइचारको विकास गर्ने उदेश्यले आयोजित रमाइलो वनभोजको आयोजना गरिएको हो । विगत बर्षहरुमा झै यसबर्षमा पनि छरिएर रहेका म्याग्देलीहरुको पारिवारिक भेटघाट तथा गैर म्याग्देलीहरु संग मेलमिलाप र आपसी सद्भाव मजबुत गर्नलाई कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक हिमाल खड्काले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि ईन्जिनियर नन्द गर्बुजाले कर्मभुमी युएईमा कार्यरत म्याग्देली तथा गैर म्याग्देली नेपालीहरु बिचमा एकताको अनुपम उदाहरण कायमै राखी आपसी भाइचारा सम्बन्धको सौहार्दतापुर्ण बिनिमयलाई अझै उच्च राख्नमा बनभोज कार्यक्रमले ठूलो टेवा पुग्ने बताउनुभयो ।मोना युएईका कार्यबाहक अध्यक्ष रुद्र रोका मगरले कार्यक्रम सोचे भन्दा राम्रो भएको भन्दै खुशि व्यक्त गर्नुभयो । साथै उहाँले कार्यक्रम सफल बनाउनमा सहयोग पु¥याउने सबैलाई धन्यवाद दिंदै आगामी दिनहरुमा पनि यस्तै एकता सहितको कार्यक्रमहरु आयोजना हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा आयोजित तातो आलु खेल, पुरुष लठो तान्ने खेल ,पुरुष र महिलाको गुच्चा अड्यााउने खेल र अन्धनिसान प्रतियोगितामा प्रथम,द्धितिय र तृतिय स्थान हासिल गर्ने प्रतियोगिहरुलाई पुरस्कारले सम्मान गरिएको थियो । यसैगरि कार्यक्रममा मोना सास्कृतिक समुहका यमुना रोका मगर,पार्वती अर्मजा मगर र रुपा बोहोराले एकल नृत्य गर्नुभएको थियो भने थम सुनारले आफ्नो एकल भाकामा सालैजो पस्किएर माहोल तताएका थिए भने प्रकाश पुन, कुमार पाइजा, धिरज गर्बुजा र कुल प्रशाद पुर्जाले मगरहरुको मौलि सोरथी नाच देखाउनुभएको थियो । सोही कार्यक्रममा काजिमान बुढाथोकी मगर, दिर्घ जुग्जाली मगर, यमुना रोका मगर र रिङ माया पुन मगरले सालैजो भाकामा सामुहकि नृत्य प्रस्तुत गर्नुभएको थियो ।


मोना आईईसी मध्य पुर्व संयोजक ई गर्बुजा मगरको प्रमुख अतिथ्यता, मोना युएईका अध्यक्ष रोका मगरको सभापतित्व,मोना युएईका प्रमुख सल्लाहकार तथा बनभोज कार्यक्रमका संयोजक खड्काको स्वागत मन्तव्य र महासचिव सुवास राम्जालिको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा करिब २ सय ४५ जनाको सहभागि रहेको थियो ।