ताजा अपडेट
युनियन लाईफद्धारा मृत्यु दावी रकम भुक्तानी
- 6 बर्ष, 3 महिना अगाडि
- १७ कार्तिक २०७५, शनिबार
बेनी १७ कात्तिक । युनियन लाईफ इन्सोरेन्स कम्पनी लिमिटेडले शनिबार म्याग्दीका एक विमितका परिवारलाई मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । बैदेशिक रोजगारीको क्रममा प्रवासमा ज्यान गुमाएका बेनपा १ रत्नेचौर सालधारीका राजु किसानका परिवारलाई बिमा वापतको १३ लाख ३८ हजार ६२ रुपैया हस्तान्तरण गरिएको हो । चार महिनाअघि दिवंगत भएका... पुरा पढ्नुहोस
तिहारलाई लक्षित गरि भेडाच्याङ्ग्रा बजारमा (फोटो फिचर)
- 6 बर्ष, 3 महिना अगाडि
- १७ कार्तिक २०७५, शनिबार
म्याग्दी, १७ कात्तिक । तिहार पर्वलाई लक्षित गरि भेडाच्याङ्ग्रा बजारमा भित्रिएका छन् । हिमाली जिल्ला मुस्ताङबाट म्याग्दी हुँदै मुलुकका विभिन्न ठाउँमा लेकाली हावापानीमा हुर्किएका भेडाच्याङ्ग्रा निर्यात गर्न थालिएको हो । दशैँमा भन्दा पनि तिहारका लागि ल्याईएका भेडाच्याङ्ग्रा महंगिएको छ । हिमाली भेगमा जडिबुटीयुक्त चरणमा हुर्किएका भेडाच्याङ्ग्राको मासु दशैँ तिहारको समयमा... पुरा पढ्नुहोस
घतानमा टिमुर खेतीमा आकर्षण : ‘काँडेबार आम्दानीको आधार’ (फोटो फिचर)
- 6 बर्ष, 3 महिना अगाडि
- १६ कार्तिक २०७५, शुक्रबार
बेनी, १७ कात्तिक । बेनी नगरपालिका–९ घतानका कृषक सागर बानियाँले टिमुर खेतीबाट बार्षिक लाखौँ आम्दानी गर्छन् । गाउँघरमा खेतवारीमा छेकबारको रुपमा परम्परागत रुपमा लगाउँदै आईएको काँडेबार ‘टिमुर’को फल विक्रि हुन थालेपछि युवा कृषक बानियाँले टिमुरलाई व्यवसायिक खेतीको रुपमा विस्तार गरेका छन् । ८ बर्षदेखि टिमुर खेतीमा लागेका कृषक बानियाँले यो... पुरा पढ्नुहोस
घुम्ती शिविरबाट गुर्जाबासीलाई गाउँमै लालपुर्जा , सरकारी सेवा सुविधाले स्थानीयबासी उत्साहीत
- 6 बर्ष, 3 महिना अगाडि
- १६ कार्तिक २०७५, शुक्रबार
म्याग्दी, १६ कात्तिक । धवलागिरि गाउँपालिका– १ गुर्जाका स्थानीयबासीले घुम्ती शिविरबाट लालपुर्जा पाएका छन् । जिल्ला प्रशासन कार्यालय र धवलागिरि गाउँपालिका कार्यालयको समन्वयमा सञ्चालन गरिएको एकिकृत घुम्ती शिविरबाट जिल्लाको सबैभन्दा दुर्गम र बिकट गाउँ गुर्जाबासीले आफुले उपभोग गर्दै आएको जग्गा जमिनको लालपुर्जा पाएका हुन् ।शिविरबाट लालपुर्जा लिएका ६५ बर्षका रेशविर... पुरा पढ्नुहोस
किन्दु ग्रामिण सडक, सामुदायिक भवन, सत्तल र खेलमैदानको उद्घाटन (फाेटाे फिचर)
- 6 बर्ष, 3 महिना अगाडि
- १६ कार्तिक २०७५, शुक्रबार
किन्दु १६ कात्तिक । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्री नरदेवी पुनले संघीय व्यवस्थासँगै जनताको विकासमा पहुँच बढेको बताउनुभएको छ । अन्नपूर्ण गाउँपालिका ५ मा रहेको किन्दु टोल विकास संस्थाले बिहीबार आयोजना गरेको ग्रामिण कृषि सडक, सामुदायिक सभाहल, छिर्केश्वर मन्दिरको सत्तल र खेलमैदानको उद्घाटन समारोहमा मन्त्रि पुनले यस्तो बताउनुभएको हो ।... पुरा पढ्नुहोस
म्याग्दीको रुईसेदेखि धौलागिरि आईसफल क्षेत्र नयाँ पर्यटकीय गन्तब्यमा समावेश
- 6 बर्ष, 3 महिना अगाडि
- १५ कार्तिक २०७५, बिहीबार
म्याग्दी, १५ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीय स्थल रुईसे देखि धौलागिरि आईसफल क्षेत्रलाई सरकारले नयाँ पर्यटकीय गन्तव्यको रुपमा घोषणा गरेको छ । ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन गर्न सरकारले घोषणा गरोको एक सय वटा नयाँ पर्यटकीय गन्तव्यमा रुइसेडाँडादेखि धौलागिरि आईसफल क्षेत्र समेटिएको हो । संस्कृति, पर्यटन तथा नागरिक... पुरा पढ्नुहोस
लेखफाटकाे सहस्रकमायमा शिवपुराण हुने
- 6 बर्ष, 3 महिना अगाडि
- १५ कार्तिक २०७५, बिहीबार
म्याग्दी, १५ कात्तिक । चन्द्रेश्वर शिवालय मन्दिर लेखफाट पर्वतमा शिव पुराण ज्ञान महायज्ञ हुने भएको छ । जलजला गाउ पालिका वडा नम्बर ५ लेखफाटको सहस्रकमायमा अवस्थित शिव मन्दिरमा आगामी पुष २ गते देखि १२ गते सम्म महायज्ञ संचालन हुने भएको हो । पौराणिक कालंजर पर्वत श्रीपुलेक स्वर्गद्वारी आश्रम प्युठान संगै... पुरा पढ्नुहोस
पर्यटकीय टोड्केमा करोडौँ लगानीमा रिसोर्ट ( फोटो फिचर)
- 6 बर्ष, 3 महिना अगाडि
- १५ कार्तिक २०७५, बिहीबार
म्याग्दी, १५ कात्तिक । म्याग्दीको रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको सिमा क्षेत्रमा पर्ने पर्यटकीय स्थल टोड्के क्षेत्रमा जाने पर्यटकहरुको सुविधाको लागि रिसोर्ट निर्माण सुरु गरिएको छ । समुद्री सतहबाट २ हजार ३५० मिटर उचाइमा अवस्थित मनोरम पर्यटकीय स्थल टोड्के क्षेत्रको भ्रमणमा जाने पर्यटकहरुको सुविधाको लागि टोड्के हिल रिसोर्ट... पुरा पढ्नुहोस
चिमखोले काइँलाद्वारा १० लाखको अक्षय कोष स्थापना
- 6 बर्ष, 3 महिना अगाडि
- १४ कार्तिक २०७५, बुधबार
म्याग्दी, १४ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका ७ चिमखोलाका समाजसेवी, पत्रकार तथा साहित्यकार दुत गर्वुजा पुन (चिमखोले काइँला) ले १० लाख रुपैयाँको अक्षय कोष स्थापना गर्नुभएको छ । आफ्नो दिवंगत माता पिता शेरबहादुर र जनिमा गर्बुजाको चौथो स्मृति दिवसको अवसरमा हाल बेलायत बस्दै आउनुभएका पुनले चिमखोलाका गरिब तथा जेहेन्दार विद्यार्थीका... पुरा पढ्नुहोस
डेढ महिनादेखि धौलागिरि आधार शिविर जाँदै गर्दा बेपत्ता भरियाको शव भेटियो
- 6 बर्ष, 3 महिना अगाडि
- १४ कार्तिक २०७५, बुधबार
म्याग्दी, १४ कात्तिक । म्याग्दीको धवलागिरि गाउँपालिका–४ स्थित धौलागिरि हिमालको आधार शिविर जाँदै गर्दा वेपत्ता भएका एक जना भरियाको डेढ महिनापछि शव भेटिएको छ । इटली आधार शिविरबाट धौलागिरि आधार शिवीर जाने क्रममा गत भदौ २५ गते खोलामा खसेर वेपत्ता भएका धादीङको जमुना गाउँपालिका–१ का ३९ वर्षीय कर्मा लामा तामाङको... पुरा पढ्नुहोस