थकाली सेवा समिति दरवाङ क्षेत्रमा नयाँ नेतृत्व

  • ३ चैत्र २०७५, आईतवार
  • 1379 पटक पढिएको

बेनी २ चैत । थकाली सेवा समिति दरवाङ क्षेत्रको शनिबार रातोढुङ्गामा सम्पन्न दसौ अधिवेशनबाट बिनोद भट्टचनको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ ।

समितिको उपाध्यक्षमा नरबहादुर शेरचन, सचिवमा धनबहादुर भट्टचन, सहसचिवमा दलप्रसाद शेरचन, कोषाध्यक्षमा बलबहादुर भट्टचन निर्वाचित हुनुभएको छ । सदस्यहरुमा गजेन्द्र तुलाचन, कुलबहादुर तुलाचन, छेमेन्द्र शेरचन, गोविन्द शेरचन, टंक तुलाचन, मिना भट्टचन, तिलकुमारी भट्टचन र हेलेन शेरचन चयन हुनुभएको छ ।

खड्गबहाद् भट्टचन, नरबहादुर भट्टचन, दिलीप शेरचन, ओमप्रकाश शेरचन र कृष्णप्रसाद तुलाचनलाई सल्लाहकारमा चयन गरिएको छ । खड्गबहादुर भट्टचनलको अध्यक्षता र केन्द्रिय सदस्य बलबहादुर भट्टचलनको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो ।